आइतबार, वैशाख २७, २०८३

सबै घोटालाको निष्पक्ष छानबिन गर्न बाबुराम भट्टराईको माग

सत्तामा हुँदा विपक्षीलाई तर्साउन भ्रष्टाचारका फाइल खोल्ने गरिए पनि ठूला दलहरुबीच लाभका पदमा भागबन्डा गरेर अनुसन्धान बीचमै तुहाइने चलन रहेको भट्टराईको दाबी।
 |  शुक्रबार, साउन २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २६, २०८०

काठमाडौं– नेपाल समाजवादी पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लडाकु शिविरदेखि सुन तस्करीसम्मका सबै घोटालाको निष्पक्ष छानबिनका लागि अधिकारसम्पन्न आयोग गठनमा विलम्ब गर्न नहुने बताएका छन्।

National life

पूर्वमाओवादीसमेत रहेका नेता भट्टराईले ठूला भ्रष्टाचारका फाइल खोलेर त्यसमा संलग्न सबैलाई कारबाही गर्नुपर्ने धारणा व्यक्त गरेका हुन्। 

नेसपाको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा आयोजित पत्रकार सम्मेलनमा नेता भट्टराईले क्यान्टोन्मेन्टसहित विमान घोटालासम्म सबैको उच्चस्तरीय छानबिन आयोग गठन गरेर निष्पक्ष छानबिन हुनुपर्ने बताएका हुन्।

व्यक्ति हेरेर भ्रष्टाचारको विषय उठान गर्नुभन्दा सबै भ्रष्टाचारको छानबिन गरी निष्कर्षमा पुग्न सक्नुपर्ने उनको भनाइ छ। सत्तामा हुँदा विपक्षीलाई तर्साउन भ्रष्टाचारका फाइल खोल्ने गरिए पनि ठूला दलहरुबीच लाभका पदमा भागबन्डा गरेर अनुसन्धान बीचमै तुहाइने चलन रहेको भट्टराईले दाबी गरे।

ललिता निवास प्रकरणमा नाम मुछिएका बाबुरामले छानबिनमा सघाउने र प्रहरी, अदालत जोसुकैले बोलाए बयान दिन जाने बताए। एमालेले एक क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन माग गर्नु गलत नभए पनि संसद् बैठक अवरोध गर्नु भने अनुचित रहेको उनको भनाइ छ।

प्रकाशित: Aug 11, 2023| 15:03 शुक्रबार, साउन २६, २०८०
प्रतिक्रिया दिनुहोस्