सोमबार, साउन ५, २०८२

सरकारको १० अर्ब ऋण उठाउँदै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले विकास ऋणपत्रमार्फत सरकारको ऋण उठाइदिन लागेको हो ।
 |  शुक्रबार, साउन २६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २६, २०८०

vianetvianet

काठमाडौं– आठ वर्षे अवधिको १० अर्ब बराबरको विकास ऋणपत्र–२०८८ बोलकबोल माध्यमबाट बिक्री हुने भएको छ। नेपाल राष्ट्र बैंकले विकास ऋणपत्रमार्फत सरकारको ऋण उठाइदिन लागेको हो।

विकास ऋणपत्र २८ साउन आइतबार अपराह्न ३ बजेसम्म बोलकबोल हुनेछ भने २९ साउनमा निष्कासन हुनेछ। यो विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा सर्वसाधारण व्यक्तिले पनि खरिद गर्न सक्नेछन्। यो ऋणपत्र धितो राखी कर्जासमेत लिन पाइने राष्ट्र बैंकले जनाएको छ।

२९ साउन २०८८ मा साँवा भुक्तानी हुने यो ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ। आर्जित ब्याजमा ब्याजकर लाग्नेछ। प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड र १ अर्ब ५० करोड छुट्याइएको छ।

अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालालाई बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ।

बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ब्याजदरको सीमालाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालालाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइनेछ।

घटीमा ५० हजार र बढीमा कूल निष्कासित रकमको सीमा नबढाई ५० हजारले भाग लिँदा निशेष भाग जाने अंकमा खरिद गर्न पाइनेछ। यो ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्जबाट हुनेछ।

प्रकाशित: Aug 11, 2023| 13:14 शुक्रबार, साउन २६, २०८०
प्रतिक्रिया दिनुहोस्