बुधबार, कात्तिक ११, २०८३

कति पुग्यो सुनचाँदीको मुल्य ?

 |  बुधबार, कात्तिक ११, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ११, २०८३

काठमाडौं- नेपाली बाजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मुल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक सयले घटेर दुई लाख ८२ हजार २०० रुपैयाँ कायम भएको छ। 

यसअघि मंगलबार सुन तोलाको दुई लाख ८२ हजार ३ सयमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य भने सामान्य बढेको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर ३९८० मा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। यसअघि मंगलबार चाँदी तोलाको ३९७० मा कारोबार भएको थियो।

प्रकाशित: Oct 28, 2026| 11:39 बुधबार, कात्तिक ११, २०८३
प्रतिक्रिया दिनुहोस्