सोमबार, साउन ५, २०८२

चितवनका कैदीबन्दीमा आँखा पाक्ने समस्या  

 |  शुक्रबार, साउन २६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २६, २०८०

vianetvianet

चितवन- चितवन कारागारमा रहेका कैदीबन्दीमा आँखा पाक्ने समस्या देखिएको छ। क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी भएकाले रोग फैलने डर छ।

कार्यालयका निमित्त प्रमुख लेखनाथ पौडेलका अनुसार ३० जनामा आँखा पाक्ने समस्या देखिएको छ। चार दिनदेखि समस्या देखिन थालेको हो। क्रमशः सङ्क्रमण फैलँदै गएको उहाँले जानकारी दिए। सङ्क्रमितलाई छुट्टै कोठामा राखिएको छ। 

उनीहरूलाई आवश्यक औषधि व्यवस्था गरिएको पौडेलले जानकारी दिनुभयो। कारागारको क्षमता दुई सय ५५ पुरुष र २५ महिलाको रहेको छ। हाल कारागारमा सात सय १३ पुरुष र ४७ महिला कैदीबन्दी छन्। यसैगरी आश्रित पाँच बालबालिका रहेको प्रमुख पौडेलले जानकारी दिए।

छिटो रोग फैलने भएकाले अरुलाई सर्नबाट रोक्न सकेसम्मको प्रयास गरिएको उहाँको भनाइ छ। जिल्लामा आँखा पाक्ने समस्या निकै बढेर गएको छ। जसका कारण शिक्षण संस्था बन्द छन्। भीडभाडमा नहिँड्न र आँखा पाकेका बिरामीले सावधानी अपनाउन अनुरोध गरिएको छ। भरतपुर आँखा अस्पतालमा बिरामीको सङ्ख्या झन्डै दोब्बर पुगेको छ। बिरामी बढेपछि सहजरूपमा औषधिसमेत पाउन कठिन भएको अस्पतालले जनाएको छ। आँखा पाक्न सुरु गरेपछि निको हुन एक हप्ता हाराहारी लाग्ने गरेको छ।  

प्रकाशित: Aug 11, 2023| 10:19 शुक्रबार, साउन २६, २०८०
प्रतिक्रिया दिनुहोस्