सोमबार, जेठ ७, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • श्रम बजार सुरक्षित बनाउन छलफलमा जुटे प्रधानमन्त्री प्रचण्ड

श्रम बजार सुरक्षित बनाउन छलफलमा जुटे प्रधानमन्त्री प्रचण्ड

अर्थतन्त्र धानिरहेका नेपाली श्रमिकको सम्मान र हितरक्षा गर्न सरोकारवालालाई प्रधानमन्त्री प्रचण्डको निर्देशन।
 |  शुक्रबार, साउन २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २६, २०८०

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा श्रम बजारलाई मर्यादित र सुरक्षित बनाउन सरोकारवाला पक्षसँग छलफल भएको छ।

triton college

आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भएको छलफलमा वैदेशिक रोजगारीमा रहेका नेपालीले भोगिरहेका समस्या र समाधान, श्रम बजार व्यवस्थापनलगायत विषयमा छलफल भएको हो। 

वैदेशिक रोजगारीमा रहेका, स्वरोजगार तथा अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नेबारे समेत छलफल भएको थियो। यसका निम्ति ३१ साउनमा औपचारिक कार्यक्रम आयोजना गरिनेछ।

प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीका क्रममा नेपालीले विभिन्न समस्या भोग्नुपरेको चर्चा गर्दै ती समस्याको दीर्घकालीन निराकरणका उपायबारे विस्तृत अध्ययन गरी अर्को बैठकमा प्रस्ताव पेस गर्नसमेत निर्देशन दिए।

उनले वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाएर देशको अर्थतन्त्र धानिरहेका नेपाली श्रमिकको सम्मान र हितरक्षा गर्नुपर्नेमा प्रधानमन्त्रीको प्रचण्डले जोड दिए।

corrent noodles
Metro Mart

छलफलमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, अर्थसचिव, परराष्ट्र सचिव, श्रम सचिव, प्रधानमन्त्री कार्यालयका प्रशासन महाशाखा हेर्ने सचिवलगायत विशिष्ट पदाधिकारी सहभागी थिए।

प्रकाशित: Aug 11, 2023| 12:16 शुक्रबार, साउन २६, २०८०
प्रतिक्रिया दिनुहोस्