आइतबार, वैशाख २७, २०८३

एमाले सांसदको नाराबाजीपछि संसद् बैठक स्थगित

 |  शुक्रबार, साउन २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २६, २०८०

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभा बैठकमा अवरोध कायमै राखेको छ।

National life

सुन तस्करी प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाउन माग गर्दै एमालेले संसद‍्‍मा आज पनि अवरोध कायम राखेको हो। एमालेका सांसदहरुले बेल घेरेर नाराबाजी गरेपछि सभामुखले नियमित कार्यसूची हटाएर बैठक स्थगित गरे। प्रतिनिधि सभाको बैठक साउन २९ गते सोमबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ।

आजको बैठकको सुरुमै एमालेका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सांसद ज्वालाकुमारी साहलाई बोल्न समय दिएका थिए। सांसद साहले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउन माग गरिन्। उनले उच्चस्तरीय समिति नबनेसम्म एमालेको अवरोध कायमै रहने बताइन्।

उनी बोलिरहँदा अन्य सांसदहरुले होहल्ला गरिरहेका थिए। एमाले सांसद साहले नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेकोमा आपत्ति जनाइन्। उनले भनिन्, ‘सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको आवाज उठाइरहेको व्यक्तिलाई कुन हिसाबले पक्राउ गरियो? कानुनले पनि मिल्दैन। उहिले नै म्याद सकिएको प्रमाणपत्रलाई अहिले बखेडा झिकेर समातिएको छ। त्यसको घोर आपत्ति जनाउँछु।’

ज्वालाकुमारीले बोलेको केही नसुनिएको, नबुझिएको भन्दै सभामुखले बस्न आग्रह गरे। उनी बसिसकेपछि एमालेका सांसदहरुले नाराबाजी सुरु गरे। नाराबाजी नरोकिएपछि सभामुखले बैठक स्थगित गरे।

 

प्रकाशित: Aug 11, 2023| 13:28 शुक्रबार, साउन २६, २०८०
प्रतिक्रिया दिनुहोस्