आइतबार, वैशाख २७, २०८३

प्रतिनिधि सभामा आज पनि 'लफडा'

 |  शुक्रबार, साउन २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २६, २०८०

काठमाडौं- प्रतिनिधि सभाको बैठक आज पनि सुचारु हुन सकेन। सभामुखले बैठक सुरु भएको  जनाउ दिनेबित्तिकै सांसदहरुले उठेर टेबुल ठटाउँदै अवरोध गरेका छन्।

National life

सभामुखले सांसद ज्वालाकुमारी साहलाई बोल्न समय दिएका छन् तर उनी बोलिरहँदा अन्य सांसदहरुले होहल्ला गरिरहेका छन्। एमाले सांसद साहले नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेकोमा आपत्ति जनाइन्। उनले भनिन्, ‘सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको आवाज उठाइरहेको व्यक्तिलाई कुन हिसाबले पक्राउ गरियो? कानुनले पनि मिल्दैन। उहिले नै म्याद सकिएको प्रमाणपत्रलाई अहिले बखेडा झिकेर समातिएको छ। त्यसको घोर आपत्ति जनाउँछु।’

ज्वालाकुमारीले बोलेको केही नसुनिएको, नबुझिएको भन्दै सभामुखले बस्न आग्रह गरे। उनी बसिसकेपछि एमालेका सांसदहरुले नाराबाजी सुरु गरेका छन्।

सय किलो सुन तस्करीको छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग राखेर प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार सदन अवरुद्ध गर्दै आएको छ।

प्रकाशित: Aug 11, 2023| 13:17 शुक्रबार, साउन २६, २०८०
प्रतिक्रिया दिनुहोस्