आइतबार, वैशाख २७, २०८३

एमाले अवरोधले राष्ट्रिय सभा बैठक स्थगित

एमाले सांसदबाट भएको राष्ट्रिय सभा बैठक अवरोधको विरोधमा सत्तापक्षीय सांसदले नाराबाजी गरेपछि आगामी ३१ साउनसम्मलाई स्थगित।
 |  शुक्रबार, साउन २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २६, २०८०

National life

काठमाडौं– अवैध एक क्विन्टल सुन बरामदलाई लिएर प्रतिपक्षी एमालेले आजको राष्ट्रिय सभा बैठक पनि चल्न दिएन। एमाले अवरोधका कारण राष्ट्रिय सभा बैठक ३१ साउन १ बजेसम्मका लागि स्थगित गरिएको अध्यक्ष अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताए।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै एमाले १० साउनदेखि सदनका दुवै बैठक अवरोध गर्दै आएको छ। एमाले सांसदबाट भएको राष्ट्रिय सभा बैठक अवरोधको विरोधमा सत्तापक्षीय सांसद पनि उभिएका थिए।

बैठकको आकस्मिक समयमा सांसदले आ–आफ्ना भनाइ राखेपछि बैठक अवरुद्ध भएको थियो। झन्डै १० मिनेट सत्तापक्ष र प्रतिपक्षका सांसद बैठकमा उभिएपछि अध्यक्ष तिमिल्सिनाले बैठक स्थगित गरेका हुन्।

प्रकाशित: Aug 11, 2023| 12:34 शुक्रबार, साउन २६, २०८०
प्रतिक्रिया दिनुहोस्