युक्रेन र रुसबीच बढ्दो तनावबीच यो घोषणा आएको हो। जेलेन्स्कीले राष्ट्रका नाममा सम्बोधन गरेको विषय फेसबुकमा पोस्ट गर्दै, ‘हामीलाई भनिएको छ कि फेब्रुअरी १६ आक्रमणको दिन हुनेछ।’ उनले भने।
जापानले युक्रेनबाट आफ्ना दूतावासका लगभग सबै कर्मचारीहरूलाई फिर्ता गरिरहेको छ र त्यहाँ रहेका जापानी नागरिकहरूलाई तुरुन्तै देश छाड्न आह्वान गरिरहेको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेको छ।
'यस निर्णयले पठाएको सन्देशबाट हामी निराश छौं,' यूएसओपीसीका सीईओ सारा हिर्शल्याण्डले भने, 'यो रूसद्वारा चालिएको स्वच्छ खेलको लागि प्रणालीगत र व्यापक उपेक्षाको अर्को अध्याय जस्तो देखिन्छ।'
विद्रोहीसँगको युद्धमा रणनीतिक महत्वको मानिएको उक्त सहरमा नियन्त्रण कायम राख्ने प्रयासमा कम्तीमा ६० भन्दा बढी सैनिकको मृत्यु हुनुका साथै अन्य १४० बढी घाइते भएका सैनिक स्रोतले बताएको छ।
भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या पचास हजारमा झरेको छ। भारतमा दुई साताअघि दैनिक तीन लाखभन्दा बढी कोरोना संक्रमित थपिने गरेका भए पनि पछिल्लो २४ घण्टामा भने यो संख्या ५०...
हङकङमा पछिल्लो २४ घण्टामा १५ सयभन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन्। हङकङ सरकारले शनिबार दिएको जानकारीअनुसार २४ घण्टाको अवधिमा १५१० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
रुसले युक्रेनमाथि जुनसुकै बेला आक्रमण गर्न सक्ने अमेरिकले चेतावनी दिएको छ। रुसले जुनसुकै बेला आक्रमण गर्नसक्ने भएकाले आफ्ना नागरिकलाई युक्रेन छाडन अमेरिकाले फेरि ताकेता गरेको छ।
'वास्तवमा अमेरिकी पक्षले राष्ट्रपति पुटिनसँग वार्तालाप गर्न आग्रह गरेको छ। शनिबार दुई राष्ट्रपतिले वार्तालाप गर्ने कार्यक्रम छ,' क्रेमलिनका प्रवक्तालाई उद्धृत गर्दै स्पुतनिक समाचार एजेन्सीले उल्लेख गरेको छ।
संघीय स्वास्थ्य मन्त्रालयले सोही अवधिमा अरु एक हजार २१७ जनाको मृत्यु भएको जनाएको छ। यससँगै भारतमा अहिलेसम्म कुल मृतकको संख्या पाँच लाख पाँच हजार २७९ पुगेको छ।
महामारीको तेस्रो चरण सुरु भएपछिको पछिल्लो एक महिनापछि दैनिक संक्रमितको संख्या एक लाखभन्दा कम भएको सोमबार दोस्रो दिन हो। कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन फैलिन थालेपछि संक्रमितहरुको संख्या...
म्याक्रोन र पुटिनबीच करिब ५ घण्टा कुराकानी भएको बताइएको छ। म्याक्रोनलाई पुटिनले डिनर पनि गराएका थिए। डिनरमा मृगको मासु, सुठुनी र किम्बु पनि समावेश थियो।
भारतको नयाँ दिल्ली र उत्तर प्रदेशका मुख्यमन्त्रीबीच सामाजिक सञ्जालमा जुहारी चलेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार संसद्मा दिएको अभिव्यक्तिलाई लिएर उनीहरूबीच भनाभन नै चलेको छ।
जानकारीका अनुसार अभिनेता लामो समयदेखि रोग र आर्थिक संकटसँग जुधिरहेका थिए। प्रवीण कुमार सोबतीले अभिनयको दुनियाँमा मात्रै नभई खेलकुदको दुनियाँमा पनि धेरै नाम कमाएका थिए।
पुटिनले सोमबार फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग वार्ता गरेका थिए। वार्तापछि आयोजित पत्रकार सम्मेलनमा पुटिनले म्याक्रोनसँग मालीको अवस्थाबारे छलफल गरेको बताइएको छ।