शनिबार, फागुन २३, २०८२

युक्रेनमा रुसी सेनाद्वारा हवाई, जमिन र समुद्रबाट आक्रमण

सेनाले सोमबार युक्रेनी सहरहरूलाई हवाइ, जमिन र समुद्रबाट आक्रमण गरेका छन्। उनीहरूले राजधानी किभमा आक्रमणको तयारी गरिरहेको चेतावनी दिएका छन्। यसबाट आतंकित नागरिकहरू घेरामा परेको मारियुपोलमा फसेका छन्।
 |  मंगलबार, फागुन २४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २४, २०७८

मस्को- रुसी सेनाले सोमबार युक्रेनी सहरहरूलाई हवाइ, जमिन र समुद्रबाट आक्रमण गरेका छन्। उनीहरूले राजधानी किभमा आक्रमणको तयारी गरिरहेको चेतावनी दिएका छन्। यसबाट आतंकित नागरिकहरू घेरामा परेको मारियुपोलमा फसेका छन्।

National life

निरन्तर जारी रहेको आक्रमणको कारण युक्रेनको सिमानामा १५ लाख भन्दा बढी मानिस शरणार्थीका रूपमा बाहिएका छन्। यद्यपी, अरु धेरै आन्तरिक रूपमा विस्थापित भएका छन् वा रुसी बमबारीले भग्नावशेषमा परेका शहरहरूमा फसेका छन्। उता मस्कोलाई दण्डित गर्ने उद्देश्यले रुसलाई अन्तर्राष्ट्रिय प्रतिबन्धहरू लगाइएका भए पनि आक्रमणलाई कम गर्न भने सहयोग पुगेको छैन। वाशिंगटनले अब युरोपसँग रूसी तेल आयातमा प्रतिबन्ध लगाउने बारेमा छलफल गरिरहेको बताएको छ।

टोकियो र हङकङका बजारहरू ओरालो लागेको यस अवस्थामा ब्रेन्ट कच्चा तेलको मूल्य १४ वर्षकै उच्च बिन्दुमा पुगेको छ। राजधानी किभलगायत देशभरका शहरहरूमा साइरन बज्ने र खार्किभ शहरमा तीव्र हवाई बमबारी जारी रहेको छ। यस शहरहरुमा हालैका दिनमा लगभग निरन्तर आगो लागिरहेको देखिन्छ ।

युक्रेनको सशस्त्र बलका जनरल स्टाफले एक विज्ञप्तिमा भनेका छन् ‘दुश्मनले युक्रेन विरुद्धको आक्रामक कारबाही जारी राखेको छ, किभ, खार्किभ, चेर्निहाइभ, सुमी र माइकोलायभको घेराबन्द गरिएको छ।

रूसले देशको दक्षिणमा पर्ने ओडेसा क्षेत्रको तुज्ली गाउँमा समुद्रबाट गोलाबारी गरेको, क्षेत्रीय सैन्य अधिकारीहरूले जानकारी दिएका छन्। महत्वपूर्ण पूर्वाधार साइटहरूलाई निशाना बनाएको तर मानवीय हताहत भने नभएको जनाइएको छ। 

Laxmi sunrise bank
kumari

रुसको इन्टरफ्याक्सले रुस समर्थक पृथकतावादी विद्रोहीहरूले कब्जा गरेको सहर लुगान्स्कमा सोमबार बिहान एउटा इन्धन डिपोमा ठूलो विस्फोट भएको जनाएको छ। युक्रेनको खार्किभ एक विश्वविद्यालय र अपार्टमेन्ट ब्लकमा रुसतर्फबाट भएको आक्रमणमा भवनहरु ध्वस्त हुनुको साथै कैयौं व्यक्तिको ज्यान गएको छ। 

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बढ्दो विनाश र मृत्युको संख्याको बिरूद्ध आक्रोश व्यक्त गर्दै रसियाली सेनालाई एक सम्बोधनमा जानाजानी गरेको हत्या भएको बताएका छन्। ‘हामी माफ गर्दैनौं, भुल्ने छैनौं, हामी हाम्रो भूमिमा यो युद्धमा अत्याचार गर्ने सबैलाई सजाय दिनेछौं,’ उनले भनेका छन्। उनले यो पृथ्वीमा चिहान बाहेक कुनै शान्त ठाउँ नहुने बताएका छन्।  

यहाँ जारी रहेको करिब बाह्र दिनको लडाइँमा सयौं सर्वसाधारण मारिएका छन् र हजारौं घाइते भएका छन्। संयुक्त राष्ट्रसंघले दोस्रो विश्वयुद्धपछि युरोपको सबैभन्दा द्रुत रूपमा बढ्दो शरणार्थी संकट देखिएको जनाएको छ। युक्रेन र यसका छिमेकी देशहरूमा धेरैजसो महिला र बालबालिका रहेका छन् र उनीहरु शरणार्थीका रुपमा अझबढी संकटमा परेका छन्। 

दुवै पक्षले एकअर्कालाई युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाएका छन्। मानव पीडाको विनाशकारी दृश्यहहरु देखिएको छ। सहर छोड्ने एक परिवारले गर्मी वा बिजुली बिना एक हप्ता बिताएको र खाना र पानीको अभाव भएको वर्णन गरेका छन्। ‘सडकमा हामीले जताततै शवहरु देख्यौं, रुसी र युक्रेनीहरूलाई हामीले गाडिएको अवस्थामा पनि देख्यौं’ एक परिवारले बताएका छन्। 

किभ बाहिरको एउटा सानो सहर इरपिनका मेयरले दुई वयस्क र दुई बालबालिकालाई आफ्नो आँखै अगाडि गोली प्रहार गरेर हत्या गरेको आफूले देखेको बताएका छन्। यो निर्दयता हो र तिनीहरू राक्षस हुन् भनेर धेरैले रुसी सेनालाई भन्ने गरेका छन्। 


प्रकाशित: Mar 08, 2022| 05:30 मंगलबार, फागुन २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।