मंगलबार, वैशाख १५, २०८३

युरोपतर्फ ग्यास आपूर्ति बन्द गरिदिने रुसको चेतावनी

उनका अनुसार रुसी तेलमाथि प्रतिबन्ध लगाएको खण्डमा अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ दोब्बरभन्दा धेरै बढेर ३ सय डलर प्रतिब्यारेलसम्म पुग्नसक्ने उनको चेतावनी छ।
 |  मंगलबार, फागुन २४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २४, २०७८

काठमाडौं- रुसले पश्चिमा मुलुकहरूले आफ्नो तेलमाथि प्रतिबन्ध लगाए युरोपतर्फ ग्यास निकासी ठप्प पार्ने रुसी उपप्रधानमन्त्री अलेक्जाण्डर नोभाकले चेतावनी दिएका छन्। नोभाकले राष्ट्रिय टेलिभिजनमार्फत यस्तो चेतावनी दिएका हुन्।

National life

उनका अनुसार रुसी तेलमाथि प्रतिबन्ध लगाएको खण्डमा अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ दोब्बरभन्दा धेरै बढेर ३ सय डलर प्रतिब्यारेलसम्म पुग्नसक्ने उनको चेतावनी छ।

युक्रेनमाथि आक्रमण गरेको रुसलाई सजाय दिन भन्दै अमेरिकाले रुसी तेलमाथि प्रतिबन्ध लगाउनेबारे विचार गरिरहेको समाचार आइरहेका बेला रुसले चेतावनी दिएको हो।

‘हामीसँग पनि यस्तै निर्णय लिई नोर्डस्ट्रिम ग्यास पाइपलाइनमार्फत जाने ग्यासमाथि नाकाबन्दी लगाउने सम्पूर्ण अधिकार छ।’ उनले भने, ‘रुसी तेललाई अस्वीकार गर्दा विश्व बजारमा भयानक परिणाम आउने छ।’ अलेक्जाण्डर नोभाक भने।

युरोपले आफूलाई चाहिनेमध्ये ४० प्रतिशत ग्यास र ३० प्रतिशत तेल रुसबाट आयात गर्छ। विश्व बजारमा तेलको भाउ अकासिएका बेला रुसबाट यस्तो प्रतिक्रिया आएको हो। सोमबारमात्रै ब्रेन्ट क्रुडको बजारमा तेलको भाउ बढेर १३९ डलर प्रतिब्यारेलसम्म पुगेको थियो।

kumari

प्रकाशित: Mar 08, 2022| 11:18 मंगलबार, फागुन २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।