आइतबार, साउन ३, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • मानवीय सहायताका लागि रुसद्वारा युक्रेनमा युद्ध विरामको घोषणा

मानवीय सहायताका लागि रुसद्वारा युक्रेनमा युद्ध विरामको घोषणा

रुसी समाचार संस्था स्पुतनिकका अनुसार मानवीय सहायताका लागि शनिबार जिएमटी (ग्रिनविच मिन टाइम) अनुसार बिहान दश बजेदेखि युद्धविराम भएको छ।
 |  शनिबार, फागुन २१, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २१, २०७८

काठमाडौं- रुसले छिमेकी देश युक्रेनमाथि आक्रमण गरेको दशौं दिनमा मारिउपोल र भोल्नोभाखा सहरमा अस्थायी युद्धविरामको घोषणा गरेको छ। रुसी  समाचार संस्था स्पुतनिकका अनुसार मानवीय सहायताका लागि शनिबार जिएमटी (ग्रिनविच मिन टाइम) अनुसार बिहान दश बजेदेखि युद्धविराम भएको छ।

यसअघि रुस र युक्रेनका अधिकारीबीच भएको दोस्रो चरणको वार्तामा मानवीय सहायताका लागि दुई करिडोर खुला राख्ने सहमति भएको थियो। यद्यपि युक्रेनको तर्फबाट भने यस विषयमा कुनै प्रतिक्रिया आएको छैन। यसअघि मारिउपोलका मेयर भादिम बोइचेन्कोले सहरका मानिसहरुलाई मानवीय सहायता आवश्यक परेको उल्लेख गरेका थिए।

अब ती करिडोरबाट मानिसहरू बाहिर निस्कन पाउनेछन्। रुसले अघिल्लो बिहीबार युक्रेनमाथि जमिन र आकाशबाट तीन तिरबाट आक्रमण गरेको थियो।

प्रकाशित: Mar 05, 2022| 13:09 शनिबार, फागुन २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।