आइतबार, साउन ३, २०८३

मस्जिदमा बम विस्फोट हुँदा पाकिस्तानमा ३० जनाको मृत्यु

पाकिस्तानको पेशावरस्थित एक मस्जिदमा भएको बम विस्फोटमा ३० जनाको मृत्यु भएको छ।
 |  शुक्रबार, फागुन २०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २०, २०७८

काठमाडौं– पाकिस्तानको पेशावरस्थित एक मस्जिदमा भएको बम विस्फोटमा ३० जनाको मृत्यु भएको छ। शुक्रबार कोचा रिसालदार क्षेत्रमा रहेको शिया मस्जिदमा बम विस्फोट भएको हो। 

विस्फोटमा परेर ५० जना घाइते भएको पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ। आक्रमणकारीले मस्जिदको प्रवेशद्वारमा रहेका प्रहरीलाई गोली हानेर भित्र प्रवेश गरेको बताइएको छ। अहिलेसम्म कसैले पनि विस्फोटको जिम्मा भने लिएको छैन।

प्रकाशित: Mar 04, 2022| 16:32 शुक्रबार, फागुन २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।