आइतबार, साउन ३, २०८३

रुस र युक्रेनबीच तेस्रो चरणको वार्ता सोमबार हुने

रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला अर्को चरणको शान्ति वार्ता सोमबार हुने भएको छ।
 |  आइतबार, फागुन २२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २२, २०७८

काठमाडौं– रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला अर्को चरणको शान्ति वार्ता सोमबार हुने भएको छ। यसअघि पनि दुई देशबीचमा वार्ता भएको थियो र सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो।

तर यस पटक भने वार्ता कहाँ भन्ने बारेमा केही खुलाइएको छैन। रुसी र युक्रेनी अधिकारीहरूबीच भएको पहिलो र दोस्रो चरणको वार्तामा कुनै निष्कर्ष ननिस्किएको अधिकारीहरुले जनाएका छन्। तेस्रो चरणको वार्ता सोमबार हुने जानकारी युक्रेनका तर्फबाट वार्ता टोलीका सदस्य डेभिड आरकसानले दिएका छन्। उनले आफ्नो फेसबुक स्टाटसमा युक्रेन र रुसका बीचमा अर्को अर्थात् तेस्रो चरणको वार्ता सोमबार हुने बारेमा जानकारी दिएको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन्। 

युक्रेनका अधिकारीहरुले यसअघिका दुई चरणको वार्तामा कुनै सफलता प्राप्त नभएकाले यस वार्तामा पनि त्यस्तो कुनै ठूलो नतिजा निकाल्ने अपेक्षा नगरिएको बताएका छन्। दुई दिनअघि दोस्रो चरणको वार्ता सकिएपछि वार्तामा सहभागी अधिकारीहरु दुवै पक्ष आ–आफ्नो राजधानी फर्किएर आवश्यक परामर्श गरी यो तेस्रो चरणको वार्ता गर्ने बताएका छन्।

रुस पछिल्लो चरणमा वार्ता जारी राख्न सहमत भएको थियो। सोही बमोजिम नै दुवै पक्ष वार्तामा बसेका थिए। रुस र युक्रेनले आगामी केही दिनभित्र नै अर्को उच्चस्तरीय वार्तामा बस्ने भएका शुक्रबार बताइएको थियो।

उता रुसले भने पछिल्ला दिनमा युक्रेनको राजधानी किभका आवासीय क्षेत्रहरूमा हवाई आक्रमण गरेको छ। रुसले त्यहाँका आवासीय क्षेत्रहरुमै गोलाबारी गरिरहेको आरोप लगाइएको छ। युक्रेनी राजधानी किभमा खतराको जनाउ दिने साइरनहरु अहिले पनि बजेका बताइएको छ। त्यस्तै युक्रेनको उत्तरी शहर चर्निभमा पनि गोलाबारी भइरहेको छ।

गएको हप्ता दिनभन्दा लामो समयदेखि रुसले युक्रेनमाथि धेरै स्थानबाट हमला गरिरहेको छ। ती स्थानहरुमा युक्रेनी फौजको प्रतिवाद भने जारी छ, जसका कारण रुसी सेना अगाडि बढ्ने गति कम भएको छ। यसैले पनि रुस वार्ताका लागि तयार भएको विभिन्न विश्व समुदायको भनाइ छ।

प्रकाशित: Mar 06, 2022| 11:29 आइतबार, फागुन २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।