मंगलबार, वैशाख १५, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • माधव नेपालको निमन्त्रणामा फ्रान्सेली प्रतिनिधिमण्डल नेपालमा

माधव नेपालको निमन्त्रणामा फ्रान्सेली प्रतिनिधिमण्डल नेपालमा

फ्रान्सको संसदीय प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको काठमाडौंस्थित फ्रान्सेली राजदूतावासले जनाएको छ।
 |  मंगलबार, फागुन २४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २४, २०७८

काठमाडौं- नेकपा एकीकृत समाजावादीका अध्यक्ष तथा नेपाल-फ्रान्स अन्तर संसदीय समूहका अध्यक्ष माधवकुमार नेपालको निमन्त्रणामा फ्रान्सेली प्रतिनिधिसभाको फ्रान्स-नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोतोँ नेतृत्व समूहका उपाध्यक्षद्वय निकोलस फोरिसियर र ग्राजिएला मेल्चियर नेपाल भ्रमणमा आएका छन्। 

National life

फ्रान्सको संसदीय प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको काठमाडौंस्थित फ्रान्सेली राजदूतावासले जनाएको छ। 

नेपाल-फ्रान्स सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले नेपालको पाँच दिने औपचारिक भ्रमणमा रहेको फ्रान्सेली प्रतिनिधिसभाको फ्रान्स-नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोतोँ नेतृत्वको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गरेको छ।

परराष्ट्र मन्त्रालयमा मंगलबार दिउँसो भएको भेटमा दुवै पक्षले नेपाल-फ्रान्स सम्बन्धका विविध पक्ष, सहयोग र साझा हितका बहुपक्षीय मुद्दामा विचार आदानप्रदान गरेका थिए।  

नेपाल-फ्रान्स सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले को तीन सदस्यीय प्रतिनिधिमण्डल नेपालको पाँच दिने औपचारिक भ्रमणमा मंगलबार राजधानी काठमाडौं आइपुगेको हो।

kumari

प्रकाशित: Mar 08, 2022| 22:00 मंगलबार, फागुन २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।