शनिबार, फागुन २३, २०८२

जापानद्वारा आफ्ना नागरिकलाई रुस यात्रा नगर्न चेतावनी

विदेश मन्त्रालयले रुसको लागि जोखिमको स्तर बढाएको छ (स्तर ३), जापानी नागरिकहरूलाई जुनसुकै उद्देश्यले भए पनि रुसको भ्रमण नगर्न आग्रह गरेको छ। युक्रेनसँग सीमा जोडिएका रुसी क्षेत्रहरूका लागि शीर्ष (स्तर ४) को चेतावनी दिइएको छ।
 |  सोमबार, फागुन २३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २३, २०७८

टोकियो- जापानी विदेश मन्त्रालयले युक्रेनका घटनाहरूलाई लिएर देशमा लगाइएको प्रतिबन्धका बीच आफ्ना नागरिकहरूलाई रुसको यात्रा नगर्न सल्लाह दिएको छ।

National life

विदेश मन्त्रालयले रुसको लागि जोखिमको स्तर बढाएको छ (स्तर ३), जापानी नागरिकहरूलाई जुनसुकै उद्देश्यले भए पनि रुसको भ्रमण नगर्न आग्रह गरेको छ। युक्रेनसँग सीमा जोडिएका रुसी क्षेत्रहरूका लागि शीर्ष (स्तर ४) को चेतावनी दिइएको छ।

जापानी विदेश मन्त्रालयले रुसमाथि लगाइएको प्रतिबन्धलाई ‘अझै बलियो’ बनाउन सकिने बताएको छ।

मन्त्रालयको तथ्याङ्कअनुसार हाल रुसमा २ हजार ४ सय जापानी नागरिक रहेका छन्। डोनेट्स्क र लुहान्स्क जनवादी गणतन्त्र (डीपीआर र एलपीआर) ले किभ सेनाहरू विरुद्ध आफ्नो रक्षा गर्न मद्दतको लागि अपील गरेपछि फेब्रुअरी २४ मा, रूसले युक्रेनमा विशेष सैन्य अपरेशन सुरु गर्यो। रुसले आफ्नो विशेष अपरेशनको उद्देश्य असैनिकीकरण गर्नु रहेको बताएको छ।

रुसको अपरेशनको प्रतिक्रियामा, पश्चिमी देशहरूले मस्को विरुद्ध व्यापक प्रतिबन्ध अभियान चलाएका छन् जसमा धेरै रूसी अधिकारीहरू, संस्थाहरू, मिडिया, र वित्तीय संस्थाहरूलाई लक्षित गर्ने हवाई क्षेत्र बन्द गर्ने र प्रतिबन्धात्मक उपायहरू समावेश छन्।  एएनआई

Laxmi sunrise bank
kumari


प्रकाशित: Mar 07, 2022| 14:40 सोमबार, फागुन २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।