शनिबार, फागुन २३, २०८२

रुसमा नेटफ्लिक्सको पनि सेवा बन्द

नेटफ्लिक्सले रुसमा आफ्नो सेवा बन्द गरेको छ। युक्रेनमाथि रुसी आक्रमणको विरोधमा नेटफ्लिक्सले यस्तो कदम चालेको हो।
 |  सोमबार, फागुन २३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २३, २०७८

काठमाडौं– नेटफ्लिक्सले रुसमा आफ्नो सेवा बन्द गरेको छ। युक्रेनमाथि रुसी आक्रमणको विरोधमा नेटफ्लिक्सले यस्तो कदम चालेको हो।

National life

रुसमा सबैखाले कन्टेन्ट उत्पादन र त्यहाँका फिल्मको अधिकार खरिद गर्ने कार्य पनि स्थगित गरिएको नेटफ्लिक्सले जनाएको छ। नेटफ्लिक्सले चारवटा रुसी कम्पनीसँग मिलेर काम गरिरहेको थियो।

ब्लुमबर्ग म्यागजिनका अनुसार अहिले रुसमा नेटफ्लिक्सका करिब १० लाख उपभोक्ता छन्। यसअघि डिज्नी, सोनी, प्यारामाउन्ट र युनिभर्सल स्टुडियोले पनि रुसमा फिल्म प्रदर्शन नगर्ने निर्णय गरिसकेका छन्।

सामाजिक सञ्जाल टिकटकले पनि रुसले लागू गरेको फेक न्युजविरुद्धको कानुनको विरोधमा नयाँ भिडियो पोस्ट गर्न र लाइभ स्ट्रिमिङ गर्न रोक लगाएको छ। 

त्यसैगरी एप्पल, गुगल, फोर्ड, हार्ले–डेभिडसन, एक्सन मोबाइलजस्ता कम्पनीले पनि रुसको कदमको विरोध गर्दै आफ्ना उत्पादन र सेवा रुसमा बन्द गरेका छन्। केही ठूला सामाजिक सञ्जालहरूले रुसी समाचार संस्थाहरूलाई आफ्ना प्लेटफर्ममा प्रतिबन्ध लगाउने घोषणा गरिरहेका छन्।

Laxmi sunrise bank
kumari

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा गरेको आक्रमणको प्रतिक्रियास्वरुप एप्पलले आइफोन र एप्पलका अन्य उत्पादनलाई रुसमा बिक्री–वितरण नगर्ने बताएको छ। एप्पलले रुसी अतिक्रमणप्रति आफ्नो गहिरो चासो रहेको र आफू सधैं हिंसा पीडितको पक्षमा उभिने जनाएको छ। कम्पनीले एप्पल पे, एप्पल म्याप्स जस्ता सेवा रुसमा नचल्ने बनाएको छ।

गएको साता युक्रेनी उपप्रधानमन्त्री मिखेइलो फेडेरोभले एप्पललाई आफ्ना उत्पादन, सेवा र एप स्टोरबाट रुसलाई बाहिर निकाल्न ट्विटरमार्फत अनुरोध गरेका थिए। 

गुगलले भने आरटीजस्ता रुसी सरकारी टेलिभिजन संस्थालाई आफ्नो फिचर सूचीबाट हटाइदिएको छ। युट्युब, फेसबुक र टिकटकजस्ता प्रमुख सामाजिक सञ्जालले पनि सरकारी स्वामित्वका रुसी सञ्चार माध्यमलाई युरोपमा प्रतिबन्ध लगाएका छन्। 

माइक्रोसफ्टले पनि रुसी समाचार एपहरूलाई माइक्रोसफ्ट एप स्टोरबाट हटाइदिएको छ। यसले आफ्नो सर्च इन्जिन, बिङमा रुसी सञ्चारमाध्यमका समाचारलाई कम प्राथमिकतामा राखिदिएको छ भने रुसी सरकारका विज्ञापनमा प्रतिबन्ध लगाउने बताएको छ।

प्रकाशित: Mar 07, 2022| 12:40 सोमबार, फागुन २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।