शनिबार, फागुन २३, २०८२

चीनले सैन्य बजेट ७.१ प्रतिशतले बढाउने

चीनले शनिबार सार्वजनिक गरेको बजेट प्रस्तावको मस्यौदामा सन् २०२२ मा ७.१ प्रतिशतले बढाएर २२९.५ अर्ब अमेरिकी डलर पुर्या‍उने भएको छ।
 |  आइतबार, फागुन २२, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २२, २०७८

बेइजिङ- चीनले शनिबार सार्वजनिक गरेको बजेट प्रस्तावको मस्यौदामा सन् २०२२ मा ७.१ प्रतिशतले बढाएर २२९.५ अर्ब अमेरिकी डलर पुर्या‍उने भएको छ।

National life

चीनको विधायिकाको सर्वोच्च निकायले वार्षिक अधिबेशनको उद्घाटनमा बजेटको मस्यौदा जारी गरेको हो। 'राष्ट्रिय रक्षा खर्चमा २२९.५ अर्ब अमेरिकी डलर छुट्याइएको हो। यो अघिल्लो बर्षको तुलनामा ७.१ प्रतिशतको वृद्धि हो।'

एक अर्को सरकारी प्रतिवेदनमा जानकारी गराइए अनुसार सन् २०२२ मा चीनले सैन्य शिक्षा र युद्ध प्रशिक्षण बढाउने बताएको छ। 

संयुक्त राज्य अमेरिकापछि चीनको विश्वकै दोस्रो सबैभन्दा उच्च सैन्य बजेट छ र यसले आफ्नो किनाराभन्दा बाहिर शक्ति विस्तार गर्न लामो दूरीका हतियार, सफल आणविक क्षेप्यास्त्र तथा अन्य हतियारहरूमा लगानी गरिरहेको अमेरिकी समाचार संस्था वाशिङ्गटन पोस्टले बताएको छ। 

सन् २०२१ को मार्चमा चीनले २०९ अर्ब अमेरिकी डलर रक्षा बजेट घोषणा गरेको थियो। यो अघिल्लो बर्षको तुलनामा ६.८ प्रतिशतले वृद्धि हो। यो सन् २०२० मा भएको ६.६ प्रतिशत वृद्धिभन्दा बढी थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 06, 2022| 06:00 आइतबार, फागुन २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।