शनिबार, फागुन २३, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • युक्रेनका विस्थापित शरणार्थी एक-दुई दिनमै २० लाख पुग्छन् : राष्ट्रसंघ

युक्रेनका विस्थापित शरणार्थी एक-दुई दिनमै २० लाख पुग्छन् : राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीका प्रमुखले युक्रेनमा युद्धबाट भाग्ने शरणार्थीहरूको संख्या आगामी एक–दुई दिनमा २० लाख पुग्न सक्ने बताएका छन्।
 |  मंगलबार, फागुन २४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २४, २०७८

काठमाडौं– संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीका प्रमुखले युक्रेनमा युद्धबाट भाग्ने शरणार्थीहरूको संख्या आगामी  एक–दुई दिनमा २० लाख पुग्न सक्ने बताएका छन्।

National life

‘मलाई लाग्छ कि आज वा भोलितिरै विस्थापित शरणार्थीको संख्या २० लाख पार गर्नेछ,’ शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त फिलिपो ग्रान्डीले मंगलबार ओस्लोमा आयोजित पत्रकार सम्मेलनमा भने।

रुसी रक्षा मन्त्रालयका अनुसार चेर्निहिभ, सुमी, खार्किभ, मारिऊपोल र राजधानी किभबाट सर्वसाधारणलाई बाहिर निकाल्नका लागि सुरक्षित बाटो खोलिएको छ।

विगतमा गैरसैनिकहरू हताहतीमा परेपछि त्यस्ता निकास मार्गबाट सर्वसाधारणलाई निकाल्ने प्रयास असफल भएको थियो। युक्रेनका उपप्रधानमन्त्री इरिना भेरेश्चुकले भारत, चीन र अन्य देशका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई पनि बाहिर पुर्‍याउने योजना रहेको बताएकी छन्।


प्रकाशित: Mar 08, 2022| 16:09 मंगलबार, फागुन २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।