किशोरावयमा हवाइ राज्यमा हुँदा उनले मस्तै गाँजा पिएका थिए र पैसा हुँदा कोकिन पनि सुँघेका थिए। ‘जंकी। गँजडी। त्यसैतर्फ उन्मुख हुँदै थिए,’ उनले लेखेका छन्, ‘थपमा म काला जातिमा पर्थें।’
सन् २०२१ को अन्त्यसम्ममा थप पाँच लाखभन्दा बढी अफगानिस्तान नागरिकलाई विदेशमा शरणार्थीका रूपमा ब्यवस्थापन गर्नका लागि तयारी गरिएको संयुक्त राष्ट्रसंघले शुक्रबार जनाएको छ।
'आज सर्वाधिक बढी भ्याक्सिन लगाइएको छ। १ करोडभन्दा बढी डोज खोप एकैदिन लगाउनु ठूलो उपलब्धि हो। भ्याक्सिन लगाएका र भ्याक्सिन लगाइदिने काममा खटिएका सबैलाई बधाई,' प्रधानमन्त्री मोदीले गरेको ट्विटमा उल्लेख...
कम्तीमा ९० जनाको मृत्यु र सयौं घाइते भएको उक्त आक्रमण गराउने समूह जसको पूरा नाम इस्लामिक स्टेट खोरासन प्रोभिन्स अफगानिस्तान र पाकिस्तानमा सक्रिय चर्चित आईएस समूहको क्षेत्रीय सहयोगी हो।
विश्वको प्रसिद्ध विश्वविद्यालयबाट दुई–दुई वटा विषयमा मास्टर्स गरेको मान्छेले के काम गर्ला जस्तो लाग्छ? त्यसमाथि पूर्वमन्त्री पनि रहेका मान्छेले कुनै ठूलै काम गरिरहेको होलान् भन्ने अनुमान गरिन्छ?
अमेरिकी नेतृत्वको सेनाले विमानमार्फत अझै हजारौँको उद्धार बाँकी रहेको बताइरहँदा अफगानिस्तानको काबुल विमानस्थलबाहिर ठूलो विस्फोट भएको अमेरिकी सेनाले बिहीबार पुष्टि गरेको छ।
अफगानिस्तानमा तालिवानले सम्पूर्ण नागरिकलाई काबुल विमानस्थल जान र महिलालाई घरबाहिर निस्कन प्रतिबन्ध लगाएको छ। पश्चिमा फौजसँगै देश छोड्न चाहने अफगानीको संख्या बढेसँगै तालिवानले बुधबार आफ्ना नागरिकलाई यस्ता प्रतिबन्ध लगाएको हो।