बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • राष्ट्रसंघको महासभामा सहभागी ब्राजिलका स्वास्थ्यमन्त्रीलाई कोरोना पोजेटिभ

राष्ट्रसंघको महासभामा सहभागी ब्राजिलका स्वास्थ्यमन्त्रीलाई कोरोना पोजेटिभ

संयुक्त राष्ट्रसंघमा सहभागी भएका ब्राजिलियन राष्ट्रपति जयर बोल्सोनारोसँगै न्युयोर्क पुगेका स्वास्थ्यमन्त्रीलाई कोरोना पोजेटिभ देखिएको रोयटर्सले जनाएको छ।
 |  बुधबार, असोज ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज ६, २०७८

न्युयोर्क- संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा सहभागी ब्राजिलका स्वास्थ्यमन्त्री मार्सेलो क्युरोगलाई कोरोना भाइरसको संक्रमण देखिएको हो । संयुक्त राष्ट्रसंघमा सहभागी भएका ब्राजिलियन राष्ट्रपति जयर बोल्सोनारोसँगै न्युयोर्क पुगेका स्वास्थ्यमन्त्रीलाई कोरोना पोजेटिभ देखिएको रोयटर्सले जनाएको छ। 

National life

ब्राजिलका स्वास्थ्यमन्त्री क्यरोग अहिले न्युयोर्कमा नै क्‍वारेन्टाइनमा रहेको ब्राजिलको सञ्‍चारमन्त्रालयले जनाएको छ। सञ्‍चारमन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'मन्त्रीको अवस्था राम्रो छ। उनीसँगका अन्य प्रतिनिधिहरुलाई कोरोना परीक्षण गर्दा नेगेटिभ देखिएको छ।'

उनले राष्ट्रसंघको परिसरमा रहँदा आफूले मास्क लगाएको बताएका छन्। ब्राजिलका राष्ट्रपति बोल्सोनारोले राष्ट्रसंघले लागु गरेको अनिवार्य खोपको नीतिलाई उल्लंघ गर्दै महासभामा सहभागी भएका थिए। 

महासभामा सहभागी प्रतिनिधिमध्ये खोप नलगाएको उनी पहिलो राष्ट्र प्रमुख हुन्। उनले आफूले खोप नलगाएको बताएका थिए। विश्‍वका नेताहरुले महासभामा कोरोना महामारी अहिलेको मुख्य एजेण्डा भएको बताइरहँदा उनले भने आफूले भ्याक्सिन पासपोर्टलाई खासै मान्यता नदिने बताएका थिए। 

उनले ब्राजिलमा कोरोनाविरुद्धको खोप अभियान सफल भएको र नोभेम्बरसम्म खोप लगाउन चाहने सबैलाई खोप लगाइसक्नेसमेत दाबी गरेका थिए। 

Laxmi sunrise bank
kumari

राष्ट्रसंघको महासभामा सहभागीमध्ये कोरोना पोजेटिभ देखिने ब्राजिलियन राष्ट्रपति दोस्रो व्यक्ति हुन्। यसअघि बोल्सोनारोकै टोलीका एक कूटनीतिज्ञहरुलाई कोरोना पोजेटिभ देखिएको थियो। उनलाई साताको सुरुमा नै आइसोलेट गरिएको बताइएको छ। 

कोरोना महामारीका कारण ब्राजिलमा हालसम्म पाँच लाख ९१ हजार ४४० जनाको मृत्यु भइसकेको छ। - रोयटर्स


प्रकाशित: Sep 22, 2021| 17:01 बुधबार, असोज ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।