बुधबार, कात्तिक १९, २०८२

विकासशील राष्ट्रलाई थप ५० करोड खोप दिने बाइडेनको घोषणा

अमेरिकी राष्ट्रपति जो बाइडेनले विकासशील राष्ट्रलाई थप ५० करोड कोरोनाविरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेका छन्।
 |  बुधबार, असोज ६, २०७८

बीबीसी

बीबीसी

बुधबार, असोज ६, २०७८

वाशिङ्टन- अमेरिकी राष्ट्रपति जो बाइडेनले विकासशील राष्ट्रलाई थप ५० करोड कोरोनाविरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेका छन्। 

Kumaribank

अमेरिकी राष्ट्रपति बाइडेनले संयुक्त राष्ट्रसंघको ७६ औं महासभाका क्रममा भएको कोभिड-१९ साइडलाइन सम्मेलनलाई सम्बोधन गर्दै विकासशील राष्ट्रहरुलाई ५० करोड फाइजर खोप उपलब्ध गराउने घोषणा गरेका हुन्। 

अमेरिकाले पछिल्लो समय घोषणा गरेको खोप जोड्दा एक अर्ब डोज अनुदानमा उपलब्ध गराउने भएको हो। अमेरिकाले यसअघि विभिन्‍न मुलुकहरुलाई प्रत्यक्ष अनुदान र कोभ्याक्समार्फत ५० करोड डोज खोप उपलब्ध गराएको थियो। 

विश्‍वको करिब ७० प्रतिशत जनसंख्यालाई कोरोनाविरुद्धको खोप लगाउनका लागि ११ अर्ब डोज खोप आवश्यक पर्ने बताइएको छ। 

विश्व स्वास्थ्य संगठनले सन् २०२१ को अन्तिसम्ममा हरेक मुलुकमा कम्तिमा ४० प्रतिशत जनसंख्यालाई खोप लगाइसक्ने लक्ष्य राखेको छ। तर, उक्त लक्ष्य पूरा हुने सम्भावना टर्दै गएको छ। 

Metro Mart

केही विकसित र खोप उत्पादक मुलुकहरुले भने आफ्नो आधाभन्दा बढी जनसंख्यालाई कम्तिमा पहिलो डोज खोप लगाइसकेका छन्। 

प्रकाशित: Sep 22, 2021| 22:25 बुधबार, असोज ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।