बुधबार, कात्तिक १९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • इमरान खानले भने - तालिबानले महिलाहरुलाई शिक्षा हासिल गर्न रोक्‍नु गैर-इस्लामिक

इमरान खानले भने - तालिबानले महिलाहरुलाई शिक्षा हासिल गर्न रोक्‍नु गैर-इस्लामिक

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले छिमेकी देश अफगानिस्तानमा महिलाहरुलाई शिक्षा हासिल गर्न रोक्‍नु गैर-इस्लामिक भएको बताएका छन्।
 |  मंगलबार, असोज ५, २०७८

बीबीसी

बीबीसी

मंगलबार, असोज ५, २०७८

इस्लामावाद- पाकिस्तानका प्रधानमन्त्री इमरान खानले छिमेकी देश अफगानिस्तानमा महिलाहरुलाई शिक्षा हासिल गर्न रोक्‍नु गैर-इस्लामिक भएको बताएका छन्। 

Kumaribank

बीबीसीसँगको एक विशेष अन्तर्वार्ताका क्रममा पाकिस्तानी प्रधानमन्त्री खानले तालिबान सरकारलाई मान्यता दिने विषयमा केही शर्तहरु अघि सारेका छन्। उनले तालिबान नेतृत्वको सरकार समावेशी बन्‍नुपर्नेसमेत बताएका छन्। 

त्यसैगरि तालिबान सरकालाई मानवअधिकारको सम्मान गर्नसमेत अपिल उनले गरेका छन्। प्रधानमन्त्री खानले अफगानिस्तानमा कुनै पनि आतंकवादलाई प्रोत्साहित गर्ने गतिविधिमा तालिबान संलग्‍न हुन नहुनेसमेत बताएका छन्। 

अफगानिस्तानमा हुने आतंकवादी गतिविधिहरुले पाकिस्तानलाई खतरामा पुर्‍याउनसक्ने भएकोले त्यस्ता गतिविधिहरु जारी रहेमा तालिबान सरकारलाई मान्यता दिन नसकिनेसमेत उनले बताएका छन्। 

गत साता तालिबान सरकारले माध्यमिक विद्यालयहरु खुला गर्ने निर्णय गरेको थियो। तर, छात्राहरुलाई विद्यालय जान दिने विषयमा भने कुनै पनि निर्णय गरेको थिएन। तर, प्रधानमन्त्री खानले तालिबानले छात्राहरुलाई पनि विद्यालय जान दिने निर्णय गर्ने विश्वास व्यक्त गरेका छन्। 

Metro Mart

प्रकाशित: Sep 21, 2021| 23:35 मंगलबार, असोज ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।