शुक्रबार, साउन ८, २०८३

भारतमा पटाका गोदाममा विस्फोट हुँदा २ जनाको मृत्यु

भारतको बैंग्लोरमा पटाका गोदाममा भएको विस्फोटमा दुई जनाको मृत्यु भएको छ।
 |  बिहीबार, असोज ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ७, २०७८

नयाँ दिल्ली - भारतको बैंग्लोरमा पटाका गोदाममा भएको विस्फोटमा दुई जनाको मृत्यु भएको छ। भारतीय समाचार एजेन्सी एएनआईका अनुसार बैंग्लोरको थरगुपेट इलाकामा रहेको पटाका गोदाममा विस्फोट भएको हो। 

दिपावलीका लागि बनाएका पटाकाको बक्स गोदामको बाहिर खसेको बताइएको छ। शिवकाशी उद्योगबाट ल्याइएका ८० वटा बक्समध्येका दुईवटा बक्स खसेपछि विस्फोट भएको हो। 

उक्त पटाका बक्सहरुलाई कर्नाटकका विभिन्‍न जिल्लामा पठाउनका लागि गोदाममा पुर्‍याइएका थिए। डीसीपी हरिस पाण्डेका अनुसार गोदामको गोदामको बाहिर पटाकाका दुई वटा बक्स ६ फिटको उचाईबाट खसेपछि विस्फोट भएको हो। 

बाँकी रहेका ७८ वटा बक्स भने सुरक्षित भएको उनले बताएका छन्। विस्फोटपछि उक्त गोदाममा कार्यरत कामदार मनोहर र नजिकैको एक पसलमा बसेका असलम पाशाको मृत्यु भएको छ। 


प्रकाशित: Sep 23, 2021| 21:05 बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।