बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • तालिबानद्वारा मन्त्रीको थप सूची सार्वजनिक, महिलालाई छैन स्थान

तालिबानद्वारा मन्त्रीको थप सूची सार्वजनिक, महिलालाई छैन स्थान

अफगानिस्तानमा शासन गरिरहेको आतंकवादी संगठन 'तालिबान'ले मन्त्रीको सूची सार्वजनिक गरेको छ। तालिबानले महिलाहरूलाई अधिकार दिइने बताइरहेको भए पनि यस पटक सार्वजनिक गरिएको मन्त्रीको सूचीमा महिलाहरू अटाउन सकेका छैनन्।
 |  बुधबार, असोज ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज ६, २०७८

काठमाडौं- अफगानिस्तानमा शासन गरिरहेको आतंकवादी संगठन 'तालिबान'ले मन्त्रीको सूची सार्वजनिक गरेको छ। तालिबानले महिलाहरूलाई अधिकार दिइने बताइरहेको भए पनि यस पटक सार्वजनिक गरिएको मन्त्रीको सूचीमा महिलाहरू अटाउन सकेका छैनन्।

National life

तालिबानले उल्टै महिला मन्त्रालय हटाइदिएको छ। यसले अफगानिस्तानमा पुरुषले मात्रै राज्य सञ्चालन गर्ने देखिएको छ।

तर, तालिबानले अफगानिस्तानमा महिलाहरूका लागि स्कुल गएर बढ्ने वातावरण मिलाइने भन्दै आस्वासन दिएको छ। तर, जनतालाई यो कुरामा विश्वास लागिरहेको छैन।

तालिबानका प्रवक्ता जबीहुल्ला मुजाहिदले  अफगानिस्तानको राजधानी काबुलमा पत्रकार सम्मेलन गर्दै मन्त्रीहरूको सूची सार्वजनिक गरेका हुन्।

यसले तालिबानलाई अन्तराष्ट्रिय आलोचनाको कुनै प्रवाह नभएको र समावेशिता तथा महिलाको अधिकारमा जिम्मेवार नभएको प्रस्ट भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। तर, प्रवक्ता मुजाहिदले हजारा जस्ता अल्पसंयकलाई मन्त्री मण्डलमा समावेश गरिएको र महिलाहरूलाई पनि पछि समावेश गर्न सकिने बताएका थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 22, 2021| 06:40 बुधबार, असोज ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।