बुधबार, फागुन २७, २०८२

नाइजेरियामा सर्पदंसबाट वर्षेनी दुई हजार मानिसको मृत्यु

नाइजेरियामा हरेक वर्ष सर्पको टोकाइबाट करिब दुई हजार मानिसको मृत्यु हुने गरेको पाइएको छ।
 |  बुधबार, असोज ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज ६, २०७८

नाइजेरिया- नाइजेरियामा हरेक वर्ष सर्पको टोकाइबाट करिब दुई हजार मानिसको मृत्यु हुने गरेको पाइएको छ। एक वरिष्ठ स्वास्थ्य अधिकारीका अनुसार त्यति बाहिर नआएको यस किसिमको स्वास्थ्य समस्याको बारेमा जागरुकता अपनाउन आवश्यक छ। 

National life

हालै सम्पन्न एक अन्तरराष्ट्रिय सर्पदंश जागरूकता दिवसको उपलक्ष्यमा मंगलबार जारी एक वक्तव्यमा नाइजेरियाका स्वास्थ्य राज्यमन्त्री ओलोरुनिम्बे मामोराले एक हजार ७०० देखि दुई हजार मानिसहरूको सर्पदंसको उपचारको क्रममा एउटा खुट्टा वा हात काट्नु परेको बताएका छन्।  सर्पदंसको उपचारमा प्रयोग हुने खोपको व्यवस्थापनको कार्य नाइजेरियाको ग्रामीण भेगमा निकै जटिल बनेको छ।  

विशेषतः कोब्रा वा नाजा निग्रीकोलिस, पफ एडर वा बिटिस एरियटन्स, र कार्पेट वाइपर वा इचिस ओसेलेटस नाइजेरियामा  पाइने सर्पका मुख्य प्रजाति हुन्।  यीमध्ये पनि कुल टोकाइको ९० प्रतिशत र कुल मृत्युको ६० प्रतिशत  कार्पेट वाइपरको टोकाइका कारणबाट हुने गरेको अध्ययनले देखाएको छ।

सर्पदंसबाट प्रायः गाउँका महिला, किसान र बालबालिका प्रभावित हुने गरेका छन्। मुख्य गरी  खेती लगाउने र स्यार्ने समयमा सर्पदंसका घटना बढ्ने गरेको पाइएको छ। 

अध्यधिक वर्षाले सर्पको बासस्थानमा प्रभावित पारेको र सर्पदंस विरुद्धको खोपको अभावले हालैका दिनमा यसबाट हुने मृत्युदर बढेको  स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसै बीच नाइजेरियामा हैजाका कारण वर्षेनी दुई हजार ४०० जनाको मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।  -सिन्ह्‍वा

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 22, 2021| 11:13 बुधबार, असोज ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।