बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • ७६ औं यूएनजीए जलवायु परिवर्तन, कोभिड-१९ र सुरक्षाका मुद्दामा केन्द्रित

७६ औं यूएनजीए जलवायु परिवर्तन, कोभिड-१९ र सुरक्षाका मुद्दामा केन्द्रित

संयुक्त राष्ट्रसंघको ७६ औं महासभा (यूएनजीए) जलवायु परिवर्तन, कोभिड-१९ को नियन्त्रण र सुरक्षाका मुद्दामा केन्द्रित हुने भएको छ।
 |  मंगलबार, असोज ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ५, २०७८

न्युयोर्क - संयुक्त राष्ट्रसंघको ७६ औं महासभा (यूएनजीए) जलवायु परिवर्तन, कोभिड-१९ को नियन्त्रण र सुरक्षाका मुद्दामा केन्द्रित हुने भएको छ। 

National life

७६ औं महासभाको 'जनरल डिबेट' मंगलबारदेखि सुरु भएको छ। जलरल डिबेटमा सदस्य राष्ट्रका राष्ट्र प्रमुख र सरकार प्रमुखहरुले आफ्नो धारणा व्यक्त गर्नेछन्। यस वर्षको महासभा हाइब्रिड प्रकृतिको रहेको छ। केही राष्ट्र र सरकार प्रमुखहरुले भौतिक उपस्थितिमा आफ्नो धारणा व्यक्त गर्ने भएका छन् भने केहीले भर्चुअल माध्यमबाट आफ्नो धारणा व्यक्त गर्नेछन्। 

राष्ट्रसंघको ७५ औं महासभा कोरोना महामारीका कारण पूर्णरुपमा भर्चुअल भएको थियो। मंगलबार सुरु भएको सत्रमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, अमेरिकी राष्ट्रपति जो बाइडे, ब्राजिलका राष्ट्रपति जयर बोल्सोनाराो कतारी आमिर शेख तामिम बिन हमाद अल थानी, इरानी राष्ट्रपति इब्राहिम रइसी, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआन र चिनियाँ राष्ट्रपति सी जिन पिङलगायतले आफ्नो धारणा राख्‍ने कार्यक्रम रहेको छ। 

जसमा राष्ट्र संघका महासचिव गुटेरेस, अमेरिकी राष्ट्रपति बाइडेन, कतारी आमिर अल थानी, ब्राजिलका राष्ट्रपति बोल्सोनारोलगायतले आफ्नो धारणा व्यक्त गरिसकेका छन्। 

राष्ट्रसंघका महासचिव गुटेरेसले बृहत बहुपक्षीय संगठनका विषयमा जोड दिएका छन्। उनले भने, 'अहिलेको बहुपक्षीय प्रणाली निकै सीमित देखिएको छ। उपकरण र क्षमताका हिसाबमा यो सीमितजस्तो देखिएकोले प्रभावकारी सुशासन र विश्वव्यापी सार्वजनिक संसाधनको व्यवस्थापनका लागि यो निकै सीमित छ।' 

Laxmi sunrise bank
kumari

उनले विश्‍वले मुख्य छ वटा कुराहरु शान्ति, सम्पत्ति, लिंग, प्रविधि र पुस्तान्तरणमा विभाजित भएकोले यस्ता कुरामा सम्बोधन गर्नुपर्ने बताएका हुन्। 

त्यसैगरि महासभाका प्रमुख अब्दुल्लाह साहिदले ७६ औं महासभामा सबैलाई स्वागत गर्दै भौतिक उपस्थितिमा सहभागी भएका नेताहरुलाई विशेष धन्यवाद व्यक्त गरे। उनले करिब १०० नेताहरुले भौतिक उपस्थिति जनाउनेसमेत उनले बताएका छन्। 

अमेरिकी राष्ट्रपति जो बाइडेले अर्को शताब्दी निकै निर्णायक हुने बताएका छन्। उनले विकासशील राष्ट्रहरुलाई जलवायु परिवर्तन नियन्त्तणमा दोब्बर सहायता उपलब्ध गराउनुपर्नेसमेत बताएका छन्। अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता, इन्डो-प्यासिफिक रणनीतिका विषयमा पनि उनले आफ्नो धारणा व्यक्त गरेका छन्। 

ब्राजिलका राष्ट्रपतिले पनि जलवायु परिवर्तनलाई ध्यान दिनुपर्नेमा जोड दिएका छन्। उनले अवैध वन फडानीलाई नियन्त्रण गर्नुपर्ने बताएका हुन्। त्यस्तै कतारी आमिर अलथानीले कोरोना महामारीले विश्‍वलाई धेरै ठूलो पाठ सिकाएको बताएका छन्। 

उनले भने,'कोरोना महामारीले निम्त्याएको संकटले विश्वलाई ठूलो पाठ सिकाएको छ। स्वास्थ्य प्रणालीमा सन्तुलन र आर्थिक चक्रको सुरक्षा गर्नु महत्वपूर्ण रहेको भन्‍ने शिक्षा दिएको छ।'

प्रकाशित: Sep 21, 2021| 22:20 मंगलबार, असोज ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।