बुधबार, फागुन २७, २०८२

७६ औं महासभामा खोप नलगाएका पहिलो नेता बोल्सोनारो

संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा कोरोनाविरुद्धको खोप नलगाएका पहिलो नेता ब्राजिलियन राष्ट्रपति जयर बोल्सोनारोले सम्बोधन गरेका छन्।
 |  मंगलबार, असोज ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ५, २०७८

न्युयोर्क  - संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा कोरोनाविरुद्धको खोप नलगाएका पहिलो नेता ब्राजिलियन राष्ट्रपति जयर बोल्सोनारोले सम्बोधन गरेका छन्। 

National life

कोरोना महामारीका मापदण्ड र लकडाउनको खुलेरै विरोध गर्ने बोल्सोनारोले हालसम्म कोरोनाविरुद्धको खोप नलगाएको दाबी गरेका छन्। 

न्युयोर्कमा पूर्ण खोपलाई मान्यता दिएको छ भने राष्ट्रसंघले पनि खोप लगाउनुपर्ने अनिवार्य गरेको छ। उनले कोरोना भाइरस नियन्त्रणका लागि जारी गरिएका मापदण्डहरुले अर्थतन्त्रलाई ध्वस्त बनाउनेसमेत बताएका छन्। 

उनले आफ्नो सरकारले खोप अभियानलाई समर्थन गर्ने भए पनि भ्याक्सिन पासपोर्ट अथवा अन्य कुनै खोपको अनिवार्यतलाई भने समर्थन नगर्ने बताएका हुन्। 

उनले मंगलबारदेखि सुरु भएको जनरल डिबेटमा आफ्नो धारणा राखिसकेका छन्। उनले जलवायु परिवर्तनलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन्। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 21, 2021| 22:48 मंगलबार, असोज ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।