बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • सन् २०५० सम्म कार्बन उत्सर्जन शून्यमा झार्ने ब्राजिलियन राष्ट्रपतिको प्रतिबद्धता

सन् २०५० सम्म कार्बन उत्सर्जन शून्यमा झार्ने ब्राजिलियन राष्ट्रपतिको प्रतिबद्धता

ब्राजिलका राष्ट्रपति जयर बोल्सोनारोले सन् २०५० सम्म कार्बन उत्सर्जनलाई शून्यमा झार्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
 |  बुधबार, असोज ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज ६, २०७८

न्युयोर्क- ब्राजिलका राष्ट्रपति जयर बोल्सोनारोले सन् २०५० सम्म कार्बन उत्सर्जनलाई शून्यमा झार्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

National life

संयुक्त राष्ट्रसंघको ७६ औं महासभाको जनरल डिबेटमा सहभागी भएका ब्राजिलियन राष्ट्रपति बोल्सोनारोले जलवायु परिवर्तनका लागि सबैको भूमिका महत्वपूर्ण भएकोमा जोड दिएका हुन्। 

अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा जारी महासभामा उनले भने, 'सन् २०६० देखि २०५० सम्म जलवायु परिवर्तनलाई नियन्त्रण गर्ने लक्ष्य प्राप्त हुनेछ। अवैध वन कटानलाई रोक्‍ने, मानव र वित्तीय संसाधनहरुलाई पर्यावरण एजेन्सीहरुको सुदृढीकरणको लागी केन्द्रित गरेमा उक्त लक्ष्य हासिल गर्न सकिने हाम्रो अनुमान रहेको छ।'

उनले अमेजमा अवैध वन फडानी ३२ प्रतिशतले नियन्त्रणमा एको उल्लेख गर्दै यसलाई पूर्ण नियन्त्रण गरिने बताएका हुन्। उनले ब्राजिलमा करिब ८३ प्रतिशत नवकरणीय उर्जाको स्रोत भएकोसमेत बताएका छन्। 

उनले थपे,'औद्योगिक मुलुकहरुले आफ्नो वित्तिय प्रतिबद्धता अनुसार वातावरणमा लगानी गर्नुपर्ने र प्रतिबद्धता व्यक्त गरिएको मापदण्ड पूरा गर्नेछन् भन्‍ने अपेक्षा राखेका छौं।' 

Laxmi sunrise bank
kumari

कोरोना महामारीका कारण ७५ औं महासभा भर्चुअल भए पनि ७६ औं महासभा भने हाइब्रिड प्रकृतिको रहेको छ। केही राष्ट्रप्रमुखले भर्चुअल माध्यमबाट आफ्नो सन्देश व्यक्त गर्ने भएका छन्।


प्रकाशित: Sep 22, 2021| 05:10 बुधबार, असोज ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।