बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • पाकिस्तानका विदेशमन्त्रीले भने - मान्यता पाउनका लागि तालिबान संवेदनशील हुनुपर्छ

पाकिस्तानका विदेशमन्त्रीले भने - मान्यता पाउनका लागि तालिबान संवेदनशील हुनुपर्छ

पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेशीले अफगानिस्तानमा नयाँ सरकार गठन गरेको तालिबानले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नका लागि थप संवेदनशील हुनुपर्ने बताएका छन्।
 |  मंगलबार, असोज ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ५, २०७८

न्युयोर्क- पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेशीले अफगानिस्तानमा नयाँ सरकार गठन गरेको तालिबानले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नका लागि थप संवेदनशील हुनुपर्ने बताएका छन्। 

National life

संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युयोर्क पुगेका पाकिस्तानी विदेशमन्त्री कुरेशीले पत्रकारसँगको कुराकानीमा तालिबानले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नका लाग आफ्नो व्यवहारमा सुधार ल्याउनुपर्ने र थप संवेदनशील हुनुपर्ने बताएका छन्। 

तालिबान नेतृत्वको सरकारलाई मान्यता दिने विषयमा उसका व्यवहारलाई मूल्यांकन गरिरहेको अन्तर्राष्ट्रिय समुदायलाई तालिबानले विश्‍वास दिलाउनुपर्ने, अन्तर्राष्ट्रिय परामर्श गर्नुपर्ने र अन्तर्राष्ट्रिय कानुनका विषयमा गम्भिर बन्‍नुपर्ने बताएका छन्। 

उनले भने, 'तालिबानले यही व्यवहारले मलाई लाग्दैन कि कुनै पनि मुलुकले मान्यता दिनेछ। तालिबानले यस विषयमा ध्यान दिन आवश्यक छ।'

उनले पाकिस्तानको उद्देश्य अफगानिस्तानमा शान्ति स्थापना गर्नु रहेकोसमेत बताएका छन्। उनले थपे, 'हामी अफगानी नागरिकहरुलाई आग्रह गर्न चाहन्छौं कि उनीहरुको एक समावेशी सरकार बनोस्।' 

Laxmi sunrise bank
kumari

अगस्त १५ मा अफगानिस्तान कब्जा गरेको तालिबाले सेप्टेम्बर ७ मा नयाँ सरकार गठन गरेको थियो। उक्त सरकार समावेशी नभएको भन्दै आलोचना भएको छ। पाकिस्तानले भने अफगान सरकारको स्वागत गरेको छ। 



प्रकाशित: Sep 21, 2021| 23:00 मंगलबार, असोज ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।