बुधबार, फागुन २७, २०८२

चीनमा परमाणु संयन्त्रको परीक्षण तयारी

चीन चाडै थोरियमबाट चल्ने परमाणु संयन्त्रको परीक्षण गर्ने तयारीमा छ। यो परीक्षण गोबी रेगिस्तानस्थित वुवेई नामक ठाउँमा हुने बताइएको छ।
 |  बिहीबार, असोज ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ७, २०७८

काठमाडौं- चीन चाडै थोरियमबाट चल्ने परमाणु संयन्त्रको परीक्षण गर्ने तयारीमा छ। यो परीक्षण गोबी रेगिस्तानस्थित वुवेई नामक ठाउँमा हुने बताइएको छ। थोरियमलाई परमाणु ऊर्जा बनाउने सस्तो र अपेक्षाकृत सुरक्षित स्रोत मानिन्छ। यसको संयन्त्रलाई चिसो गर्नका लागि पानीको आवश्यकता पर्दैन। अहिले थोरियमबाट व्यापारिक स्तरको परमायु ऊर्जा बनाउने क्षमता कुनै देशसँग छैन।

National life

जर्मनीको वेबसाइट स्पेक्ट्रम डीमा प्रकाशित खबर अनुसार व्यापारिक उद्देश्यका साथ परमाणु संयन्त्र परीक्षण गर्ने चीन पहिलो देश हुने छ। यस रिपोर्टका अनुसार यो परीक्षण सफल भएमा लामो अवधिसम्म रेडियो एक्टिभ रहने फोहोर परम्परागत रिएक्टरको तुलनामा यो कम मात्रामा पैदा गर्ने छ।

जुन संयन्त्रको परीक्षण हुनेछ त्यसको सञ्चालन संघाइ इन्टिट्युट अफ एप्लाइड फिजिक्सको हातमा हुनेछ। यस रिएक्टरबाट केवल दुई मेगावाट बिजुली पैदा हुनेछ। जुन एक हजार घरको आवश्यकता पुरा गर्न लायक हुनेछ।

प्रयोग सफल भएको खण्डमा चीन २०३० सम्म ३७५ मेगावाट क्षमताको एक रियाक्टर लगाउने दिशामा अगाडि बढ्ने छ। उक्त संयन्त्रले लाखौं घरको बिजुलीको आवश्यकता पुरा गरिदिने छ।

चीनको गान्सु प्रान्त सरकारलाई उद्धृत गर्दै वेबसाइट खबरले वुवेईस्थित प्लान्टको निर्माण कार्य यसै महिना आरम्भ पुरा भएको उल्लेख गरेको छ। परीक्षणपछि यसको सञ्चालन यसै महिनाबाट सुरु गरिने उल्लेख गरिएको छ। 

Laxmi sunrise bank
kumari

वेबसाइट एसिया टाइम्समा प्रकाशित एक रिपोर्ट अनुसार थोरियम सिल्बर कलरको रेडियो एक्टिव धातु हो। जो चट्टानको बीचमा पाइन्

छ। अहिले यसको औद्योगिक स्तरमा निकै कम प्रयोग हुन्छ। चीनमा खनिज पदार्थ रेयर अर्थको खननका दौरान बाइ प्रोडक्टको रूपमा थोरियम प्राप्त भइरहेको छ। त्यसैले चीनलाई अहिलेको अवस्थामा यसको आयात गर्नु आवश्यक छैन।

सिडनीस्थित अस्ट्रेलियन न्यूकलीयर साइन्स एन्ड टेक्नोलोजी अर्गनाइजेशनमा परमाणु इन्जिनियर लिन्डन एडवर्ड्सले एसिया टाइम्सलाई भनेका छन्, 'थोरियमको भण्डार यूरेनियमको तुलनामा अधिक मात्रामा छ। त्यसैले थोरियमबाट बिजुली उत्पादन आगामी ५० देखि १०० वर्षसम्मका लागि उपयोगी हुनेछ। त्यसपछि थोरियमको भण्डारण खतम हुने अनुमान छ।'

- एजेन्सी

प्रकाशित: Sep 23, 2021| 07:02 बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।