सोमबार, फागुन १८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • राष्ट्रसंघको महासभामा सहभागी गराउन तालिबानको माग, गुटेरेसलाई पठायो पत्र

राष्ट्रसंघको महासभामा सहभागी गराउन तालिबानको माग, गुटेरेसलाई पठायो पत्र

अफगानिस्तानमा कब्जा गरेको तालिबान सरकारले संयुक्त राष्ट्रसंघको ७६ औं महासभाको जनरल डिबेटमा सम्बोधनका लागि माग गरेको राष्ट्रसंघका प्रवक्ता स्टेफान डुजारिकले जनाएको छ।
 |  बुधबार, असोज ६, २०७८

अलजजिरा

अलजजिरा

बुधबार, असोज ६, २०७८

न्युयोर्क- अफगानिस्तानमा कब्जा गरेको तालिबान सरकारले संयुक्त राष्ट्रसंघको ७६ औं महासभाको जनरल डिबेटमा सम्बोधनका लागि माग गरेको राष्ट्रसंघका प्रवक्ता स्टेफान डुजारिकले जनाएको छ। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई सम्बोधन गर्दै उक्त पत्र पठाएको जनाइएको छ। 

तालिबानले राष्ट्रसंघमा अफगानिस्तानको प्रतिनिधिको विषयमा प्रश्‍न उठाउँदै आफ्नो सहभागीताका लागि अपिल गरेको जनाइएको छ। 

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छोडेपछि सत्ता कब्जा गरेको तालिबानले सेप्ट्म्बर ७ मा अन्तरिम सरकार गठन गरेको थियो। तालिबानले राष्ट्रसंघका लागि अफगानी राजदूत गुलाम इसाजाइको वैधानिकतामाथि प्रश्‍न उठाएका छन्।

तालिबानले २० वर्षपछि अफगानिस्तानमा कब्जा गरेको हो। अफगानिस्तान कब्जा गरेपछि तालिबालने राष्ट्रसंघमा आफूले प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै सोमबार पत्र पठाएकोबारेमा राष्ट्रसंघका प्रवक्ता डुजारिकले जानकारी दिएका हुन्। 

राष्ट्रसंघका प्रवक्ता डुजारिकले यसअघि सेप्टेम्बर १५ मा अफगानिस्तानबाट ७६ औं महासभामा सहभागी हुने व्यक्तिहरुको नाम पठाएको बताएका छन्। त्यसको पाँच दिनपछि राष्ट्रसंघले अर्को पत्र इस्लामिक इमिरेट्सको विदेश मन्त्रालयको नाममा प्राप्त भएको बताइएको छ। उक्त पत्रमा विदेशमन्त्री भनेर तालिबानी विदेशमन्त्री आमिर खान मुत्ताकीको हस्ताक्षर रहेको प्रवक्ता डुजारिकले जनाएका छन्। 

kumari

सेप्टेम्बर २७ मा अफगानिस्तानले आफ्नो धारणा राख्‍नुपर्ने राष्ट्रसंघको कार्यतालिका रहेको छ। विदेशमन्त्री मुत्ताकीले राष्ट्रपति घानी अहिले निर्वतमान भइसकेको र उनलाई विश्‍वका कुनै पनि मुलुकले मान्यता नदिएको उल्लेख गर्दै उनले नियुक्त गरेका प्रतिनिधिले पनि राष्ट्रसंघमा अफगानिस्तानको प्रतिनिधित्व गर्न नसक्ने बताएका हुन्। 

उक्त पत्रमा तालिबानले राष्ट्रसंघको स्थायी प्रतिनिधिमा मोहम्मद शाहाइल शाहिनलाई नियुक्त गरेको पनि जानकारी गराएका छन्। यस विषयमा राष्ट्रसंघको नौ सदस्यीय समितिले कसलाई प्रतिनिधित्व गराउने भन्‍ने विषयमा निर्णय गर्न बाँकी रहेको जनाइएको छ। 

प्रकाशित: Sep 22, 2021| 18:45 बुधबार, असोज ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।