बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • जम्मु-काश्मीर : चरमपन्थीसँग सम्बन्ध रहेको २ प्रहरीसहित ६ जना बर्खास्त

जम्मु-काश्मीर : चरमपन्थीसँग सम्बन्ध रहेको २ प्रहरीसहित ६ जना बर्खास्त

समाचार एजेन्सी पीटीआईका अनुसार चरमपन्थीसँग सम्बन्ध रहेको आरोपमा ६ जनालाई बर्खास्त गरिएको हो।
 |  बुधबार, असोज ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज ६, २०७८

नयाँ दिल्ली- भारतको केन्द्र प्रशासित राज्य जम्मु-काश्मीरका ६ जना सरकारी कर्मचारीलाई बर्खास्त गरिएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार चरमपन्थीसँग सम्बन्ध रहेको आरोपमा ६ जनालाई बर्खास्त गरिएको हो। 

National life

जसमा दुई जना प्रहरीसहित ६ जना रहेको जनाइएको छ। भारतको संविधानको धारा ३११ को उपधारा २ (सी) अनुसार जम्मु काश्‍मीर सरकारसँग जाँचबुझ कमिटी गठन नगरेर नै जागिरबाट बर्खास्त गर्ने अधिकार रहेको छ। सोही अधिकारको प्रयोग गरी ६ जनालाई बर्खास्त गरिएको बताइएको छ। 

राज्यको सुरक्षाविरुद्धको गतिविधिमा संलग्‍न भएको आरोपमा कारबाही सुरु गर्न एक टास्कफोर्स गठन गरिएको थियो। उक्त टास्क फोर्सको सहमतिमा ६ जनालाई बर्खास्त गरिएको हो। 

जसमा हामिद वानी र लियाकत अलि काकरु नामका दुई जना सरकारी शिक्षक, जफर हुसेन बट्ट र शौकत अहमद खान नामका दुई प्रहरी जवान, मोहम्मद रफी बट्ट नामका एक भवन विभागका जुनियर असिस्टेन्ट र तारिक महमूद कोहली नामका एक वन विभागका अधिकारी रहेका छन्। 


Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 22, 2021| 23:25 बुधबार, असोज ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।