माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनलाई नै चुनावमा लैजाने विषयमा सहयोग गर्न कांग्रेस नेता शेखर कोइरालासँग आग्रह गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गरेका छन्। थापाले मंगलबार विज्ञप्ति जारी गर्दै आफू पार्टीबाट अलग भएको घोषणा गरेका हुन्।
कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले खाद्यवस्तुका कारणले मृत्यु भए उद्योगी/व्यवसायीलाई मात्र दोषी मान्ने गरी कानुन बनाउन नहुने बताएका छन्।
सारजहाबाट आएका शेर्पाको साथबाट बेलनाकार बनाइएको १ किलोग्राम ५५ ग्राम सुनका बरामद भएको छ। उनले मलद्वारभित्र लुकाएर उक्त सुन नेपाल भित्र्याउन लागेका थिए।
सरकारले खानेपानी महशुल निर्धारण आयोग गठन प्रक्रिया अघि बढाएको छ। आइतबार खानेपानीमन्त्री उमाकान्त चौधरीले पत्रकार सम्मेलन गरी मन्त्रालयले खानेपानी महशुल निर्धारण आयोग गठन प्रक्रिया अगाडी बढाएको बताएका हुन्।