मंगलबार, कात्तिक ६, २०८१
  • गृहपृष्ठ
  • भिडियो
  • देउवाले बाेलाए कांग्रेस केन्द्रीय समिति, यातायातमन्त्री विरुद्ध प्रहरीमा पुग्यो जाहेरी [२०७८-१०-१३]

Siddartha premir insuranceSiddartha premir insurance

देउवाले बाेलाए कांग्रेस केन्द्रीय समिति, यातायातमन्त्री विरुद्ध प्रहरीमा पुग्यो जाहेरी [२०७८-१०-१३]

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई कारबाही गर्न माग गर्दै प्रहरीमा जाहेरी परेको छ।
 |  बिहीबार, माघ १३, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १३, २०७८

काग्रेसले बोलायो बैठक

triton college

स्थानीय निर्वाचनबारे धारणा बनाउन नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक बोलाएका छन्। बैठक शुक्रबार भर्चुअल माध्यमबाट बस्नेछ। कांग्रेस महामन्त्री गगन थापाले कोभिड संक्रमणको जोखिमका कारण भर्चुअल बैठक बोलाइएको बताए। 

कोभिडप्रति सजग रहँदै राष्ट्रिय राजनीतिका महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने भएकोले भर्चुअल बैठक बस्न लागेको बताएका छन्।

बैठकमा राष्ट्रियसभा निर्वाचनको समीक्षासँगै स्थानीय निर्वाचनको बारे छलफल हुने बताइएको छ। कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाले आजै निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गर्दैछन्।

राष्ट्रपति-प्रधानमन्त्रीबीच भेट

Metro Mart
vianet

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। 

राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेका हुन्।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच एक घण्टा छलफल भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आर्चायले जानकारी दिए। 

प्रधानमन्त्रीले राष्ट्रपतिज्यूसमक्ष सरकारका नियमित कामकारबाहीबारे जानकारी गराएको उनको भनाइ छ।

सरकारले स्थानीय तहको निर्वाचनसम्बन्धी ऐन संशोधन र एमसीसी परियोजना संसद्मा प्रस्तुत गर्ने तयारी गरिरहेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने भदौ अन्तिम सातादेखि लगातार संसद् अवरोध गर्दै आएको छ।

मन्त्री रेणुलाई कारबाही गर्न माग

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई कारबाही गर्न माग गर्दै प्रहरीमा जाहेरी परेको छ।

५ माघमा रौतहटमा आयोजित मधेश बलिदान दिवसलाई सम्बोधन गर्दै मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिएकाले उनीमाथि कारबाही गर्न जाहेरीमा माग गरिएको छ।

पूर्वसांसद तथा नेपाली कांग्रेसका नेता रञ्जित कर्णले मन्त्री यादवले साम्प्रदायिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएकाले उनीमाथि राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न माग गरेका छन्। 

उनले जिल्ला प्रहरी कार्यालय सप्तरीमार्फत् जाहेरी दिन खोज्दा लिन नमानेपछि जिल्ला प्रहरी कार्यालय रौतहटमा हुलाकमार्फत जाहेरी पठाएको छ। 

चिकित्सा शिक्षा आयोगका उपाध्यक्षमाथि आक्रमण

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीमाथि अज्ञात समूहले आक्रमण गरेको छ। 

बिहीबार आयोगले विज्ञप्ति जारी गर्दै गिरीमाथि भएको आक्रमण भएको पुष्टि गरेको हो।

बिहीबार बिहान ११ बजे काँडाघारीको उकालोमा गिरी सवार ००२ झ ४९१५ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहारका साथै भौतिक आक्रमणको प्रयास भएको आयोगले जनाएको छ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन तथा नियमावलीको प्रवाधानभित्र रहेर निष्पक्ष र निष्ठापूर्वक सेवा प्रवाह गरिरहेको अवस्थामा उपाध्यक्ष गिरीमाथि भएको आक्रमणको आयोगले भत्र्सना गरेको छ। 

गिरीले आफू निवासबाट कार्यलयतर्फ जाँदैगर्दा सो आक्रमण भएको र प्रहरीमा उजुरीसमेत दिइसकेको बताएका छन्। ढुंगा प्रहारबाट गाडीको पछाडिको सिसा फुटेको छ।

गिरीमाथि भएको आक्रमण्मा संलग्न समूहको पहिचान गरी कडाभन्दा कडा काबाही गर्न आयोगको माग छ।

भिजिट भिसामा पठाएर अलपत्र पार्नेलाई कारबाही

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले भिजिट भिसामा विदेश पुर्‍याई अलपत्र बनाउने बैदेशिक रोजगार ब्याबसायीहरुलाई सरकारले कारबाही गर्ने बताएका छन्। 

बिहीवार मन्त्रालयमा भिजिट भिसामा यूएई पुगेर अलपत्र भइ फर्केकाहरुसँगको छलफलमा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्। 

विदेशमा अलपत्र बनाउने दलाल र म्यानपावर कम्पनीकोे फन्दाबाट युवालाई जोगाउन सरकारले मन्त्रालयका उपसचिव तथा सिआईबीका प्रहरी नायब उपरिक्षक सम्मिलित मार्सल टिम गठन गरेको उनले जानकारी दिए। मन्त्रालयमा २४ सै घण्टा सेवा उपलब्ध हुनेगरी आईतबारदेखि गुनासो सेन्टर स्थापना हुने उनको भनाइ छ। 

पीडितहरुले एक महिनासम्म काम लगाइदिने आशा गरेर बसेपनि काम नपाएपछि नेपाल सरकारलाई गुहारेको बताउँछन्। आकर्षक पारिश्रमिक हुन्छ भन्ने आशाले भिजिट भिसामा यूएई गएपनि दलालहरुले कुनै रोजगारी नदिएको गुनासो गरेका छन्। 

भिजिट भिसाले निम्त्याएको समस्याका विषयमा लामो समय बेखबर बनेको नेपाल सरकार केही दिनयता सक्रिय बनेको छ। 

८ हजार १७ संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ भने एकै दिन १५ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जना गरी ८ हजार १७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हो। 

पछिल्लो २४ घण्टामा ५ हजार २९२ जना कोरोना संक्रमण मुक्त भएका छन्। बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ६२ हजार १०५ पुगेको छ।

यस्तै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ६८७ पुगेको छ। मन्त्रालयका अनुसार हाल देशभरमा ९० हजार ५७६ सक्रिय संक्रमित छन्। 

यातायातमा प्रदेशमन्त्रीको अनुगमन

बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा बिचौलियाको प्रवेश रोक्न निर्देशन दिएका छन्।

बिहीबार ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन गर्दै यातायातका काममा बिचौलियाको प्रवेश रोक्नुपर्ने बताएका हुन्। 

यातायात सेवालाई चुस्त दुरुस्त ढंगबाट सञ्चालन गर्न यातायात क्षेत्र सुधारका लागि व्यवहारिक र कानूनी एकसाथ अघि बढाएर लैजाने उनको दाबी छ। यातायात कार्यालयमा रहेको विभिन्न समयदेखिका ठूला ढड्डाहरुलाई अनलाइनमा राख्नको लागि समस्या भइरहेको भन्दै त्यसलाई क्रमशः समाधान गर्दै लैजाने उनको भनाइ थियो। 

मन्त्री दाहालले यातायात कार्यालयमा लाइसेन्स नवीकरणको समस्या बढीरहेकोले यसलाई पनि समाधान गरेर अघि बढ्ने बताए।

विकासका मुद्दामा सत्ता र प्रतिपक्ष एकैठाउँ हुनुपर्छ : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेशको समृद्धिका लागि सत्ता र प्रतिपक्ष एकैठाउँ हुनुपर्ने बताएका छन्। 

राष्ट्रियसभा सदस्य निर्वाचन–२०७८ मा गण्डकी प्रदेशबाट निर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण कार्यक्रममा उनले अब्बल प्रदेश बनाउन राजनीतिक दल र नेतृत्वका बीच मिठासपूर्ण सम्बन्ध आवश्यक रहेको उल्लेख गरे। 

मुख्यमन्त्री पोखरेलले निर्वाचित सदस्यले संविधानको व्यवस्था अनुसार छ वर्षको कार्यकालमा देश, सरकार र जनताको हितमा काम गर्ने विश्वास व्यक्त गरे। 

कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, नेकपा एमालेका प्रदेश अध्यक्ष नवराज शर्मा र माओवादी केन्द्र गण्डकीका अध्यक्ष गायत्री गुरुङ तथा प्रदेश निर्वाचन कार्यालय प्रमुख हुमनाथ पराजुलीले धारणा राखेका थिए। 

अवकाश रकममा ५ प्रतिशत कर

सरकारी कर्मचारीले अवकाश हुँदा पाउने रकममा ५ प्रतिशत मात्र करकट्टी हुने भएको छ। 

राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीले अदालतमा दायर रिटमाथि सुनुवाइ गर्दै सर्वाेच्च अदालतको फैसलामा पाँच प्रतिशत मात्र कर लाग्ने उल्लेख छ।

यसअघि सरकारले १५ प्रतिशतका दरले कर कट्टी गर्दै आएकोमा अदालतले सरकारको उक्त कदमलाई उल्टाइदिएको हो। 

आयकर ऐन २०५८ का व्यवस्था बाझिँदा करकट्टीमा विवाद भएको थियो। 

अफगानिस्तानमा संकट

संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा तत्काल करिब ३ अर्ब ६० करोड अमेरिकी डलर बराबरको मानवीय सहायताको खाँचो रहेको बताएको छ। 

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसका प्रवक्ता स्टेफन डुजाकिरकका अनुसार हाल अफगानिस्तानमा संयुक्त राष्ट्रसंघको एक समूहले मानवीय सहयताको वितरण गरिरहेको छ। 

उनीहरुले आधारभूत खाद्यान्न, उनीहरुलाई न्यानो कपडा र आधारभूत औषधि वितरणमा सहयोग गरिरहेका छन्। 

जनवरी मात्र राष्ट्रसंघले यस वर्षका लागि ४ अर्ब ४० करोड डलर बराबरको मानवीय सहायताको खाँचो रहेको बताएको थियो। 

तालिबानहरुको शासन सुरु भएपछि अफगानीले वैदेशिक सहायता प्राप्त गरेका छैनन्। 

जिते श्रेय खेलाडीलाई 

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मरिससविरुद्धको मैत्रीपूर्ण खेलमा जित हात पारे त्यसको श्रेय खेलाडीलाई जाने बताएका छन्।

नेपालले अफ्रिकी राष्ट्र मरिससविरुद्ध जनवरी २९ र फेबु्रअरी १ तारिखका लागि तय भएको दुई खेल हुुनुपूर्व मुख्य प्रशिक्षलेक फेसबुकमार्फत् श्रेय खेलाडीलाई जाने बताएका हुन्। 

खेलमा पराजय भोगे त्यसको जिम्मेवार आफू मात्र हुने उनको भनाइ छ। मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले टोली समेत घोषणा गरिसकेको छ।

प्रकाशित: Jan 27, 2022| 20:19 बिहीबार, माघ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।