सरकारले संघीय संसद्को चालू अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले संसद्को चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो।
एमसीसीसम्बन्धी व्याख्यात्मक टिप्पणीसहित प्रतिनिधि सभाबाट सम्झौता सम्झौता पारित भएको छ। एमसिसी पारित गर्न दलहरूले १२ बुँदे व्याख्यात्मक टिप्पणी बनाएका थिए।
नेपालबाट थप बिजुली किन्न भारत सहमत भएको छ। नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त संयन्त्र (जेएससी)को बिहीबार काठमाडौंमा बसेको बैठकमा भारत नेपालबाट थप बिजुली किन्न सहमत भएको हो।
लोतान्त्रिक समाजवादी पार्टीका १३ जना सांसद छन्। सरकारले एमसीसी सम्झौता गत आइतबारको प्रतिनिधिसभा बैठकमा टेबल गरेको थियो। उक्त प्रस्तावलाई अगाडि बढाउन बिहीबार प्रतिनिधिसभामा छलफल सुरु हुँदैछ।
सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकलाई प्रमुख प्रतिपक्षी दल एमालेले बहिष्कार गरेको छ। सिंहदरबारस्थित संघीय संसद सचिवालयमा डाकिएको सर्वदलीय बैठकलाई बहिष्कार गरेको हो।