मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • एमसीसीका पक्षमा खुल्यो लोसपा, पल शाहविरुद्ध बलात्कार आरोपमा उजुरी [२०७८-११-११]

एमसीसीका पक्षमा खुल्यो लोसपा, पल शाहविरुद्ध बलात्कार आरोपमा उजुरी [२०७८-११-११]

लोतान्त्रिक समाजवादी पार्टीका १३ जना सांसद छन्। सरकारले एमसीसी सम्झौता गत आइतबारको प्रतिनिधिसभा बैठकमा टेबल गरेको थियो। उक्त प्रस्तावलाई अगाडि बढाउन बिहीबार प्रतिनिधिसभामा छलफल सुरु हुँदैछ।
 |  बुधबार, फागुन ११, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ११, २०७८

एमसीसीका पक्षमा खुल्यो लोसपा

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एमसीसी सम्झौता अनुमोदनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको लोसपा संसदीय दलको बैठकले एमसीसी अनुमोदन गर्ने प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको हो। 

बैठकमा सहभागी सांसद चन्दा चौधरीले विकासका लागि ल्याइएको परियोजना भएकाले एमसीसी अनुमोदनको पक्षमा मत दिने निर्णय भएको जानकारी दिइन्। उनका एमसीसी पारित नगरे भविष्यमा नेपालको विकास अनुदानमा समस्या हुन सक्ने भएकाले पनि एमसीसी अनुमोदनको पक्षमा खुल्ने निर्णय भएको हो। 

लोकतान्त्रिक समाजवादी पार्टीका १३ जना सांसद छन्। सरकारले एमसीसी सम्झौता गत आइतबारको प्रतिनिधिसभा बैठकमा टेबल गरेको थियो। उक्त प्रस्तावलाई अगाडि बढाउन बिहीबार प्रतिनिधिसभामा छलफल सुरु हुँदैछ। 

भेटघाट तीव्र

प्रतिनिधिसभाको बैठक नजिकिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले आफूनिकट नेताहरूलाई राजनीतिक भेटमा व्यस्त बनाएका छन्। 

एमसीसीमा समर्थन जुटाउन सरकार र कांग्रेसका नेताहरूको दौडधुप बढेको छ। एमसीसीमा समर्थन जुटाउन प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, कांग्रेस नेता रामचन्द्र पौडेललगायतका नेताहरूले भेटघाटमा सक्रियता बढाएका हुन्। 

एमसीसीलगायतका विषयमा छलफल गर्न गृहमन्त्री खाँड बिहीबार बिहान एमाले अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेका थिए। यसअघि देउवा र ओलीबीच पनि पटक पटक छलफल भइसकेको छ। यस्तै रामचन्द्र पौडेल र शेखर कोइरालाले पनि ओलीनिवासमा भेट गरेका थिए। 

प्रधानमन्त्री देउवाले गठबन्धनका नेताहरूसँग पनि पटकपटक भेटघाट गरेका थिए। देउवाले सहमति जुटाउन तीव्र पहल गरिरहँदा माओवादी अध्यक्ष प्रचण्डलाई भने एसमीसीमा निर्णय लिन चौतर्फी दबाब परेको छ। 

यसैबीच नेपाली कांग्रेसले भोलि बिहीबारको प्रतिनिधिसभा बैठकमा अनिवार्य रुपमा उपस्थित हुन पार्टीका सांसदहरुलाई निर्देशन दिएको छ। एमसीसीमाथि सैद्धान्तिक छलफल हुने भएकाले उपस्थिति अनिवार्य गरिएको हो। 

गठबन्धनकै जनता समाजवादी र नेकपा एकीकृत समामाजवादीका नेताहरूले पनि माओवादीलाई एमसीसीबारे ठोस निर्णय लिन आग्रह गरिरहेका छन्। एमसीसीको विषयमा माओवादी सांसदहरूको अभिव्यक्ति बाझिँदै आएकाले पनि माओवादीले ठोस निर्णय दिनुपर्ने दबाब छ।

गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन्।  

बुधवार नेकपा(माओवादी केन्द्र)को बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गरी फर्किने क्रममा न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष दाहालले गठबन्धन र सरकार टुटाउने षड्यन्त्र भइरहेको बताएका हुन्। राजनीतिक परिवर्तनहरुलाई कमजोर पार्ने खतरा बढिरहेको उनले बताए। 

एमालेलाई कसैले हराउन सक्दैन : ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी कसैले पनि हराउन नसक्ने योद्धा भएको दाबी गरेका छन्। 

आफ्नो ७१औं जन्मदिनको अवसरमा बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले आफ्नो पार्टीले देश र जनताको हितका लागि जन्मिएको समेत दाबी गरेका थिए। ओलीले जनताको खुशियालीका विरुद्ध कुनै पनि काम नगर्ने समेत बताएका थिए। 

कार्यक्रममा ओलीले विभिन्न कार्यक्रममा व्यक्त गर्नु भएको विचारहरुको संगालो ‘समवेत दृष्टि’ नामक पुस्तक पनि विमोचन गरिएको थियो।

रुस भ्रमण नगर्न सरकारको आग्रह

रुस-युक्रेनबीच तनाव बढेपछि परराष्ट्र मन्त्रालयले अति आवश्यक अवस्थामा बाहेक युक्रेन भ्रमण नगर्न आग्रह गरेको छ।

मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई उपलब्ध हवाई उडानको प्रयोग गरी स्वदेश फर्कनसमेत अनुरोध गरेको छ। 

अहिलेसम्म युक्रेनमा रहेका ३८ नेपाली नागरिक सम्पर्कमा आएको र उनीहरू सुरक्षित रहेको परराष्ट्रले बताएको छ। युक्रेनमा रहेका नेपाली नागरिकले आवश्यक परे जर्मनीको बर्लिनमा रहेको नेपाली राजदूतावासमा सम्पर्क गर्न भनिएको छ। 

युक्रेनमा रहेका नेपालीको तथ्यांक संकलन गर्ने काम भइरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। 

पलविरुद्ध उजुरी

अभिनेता पल शाहविरुद्ध एक नाबालिग किशोरीमाथि यौनजन्य अपराध गरेको अभियोगमा उजुरी परेको छ। 

१७ वर्षिया किशोरीलाई विवाह गर्छु भन्दै अनेक प्रलोभनमा पारेर यौन शोषण गरेको पीडितको आरोप छ।

पछिल्लो केही दिनयता मनोरञ्जन वृत्तमा पलसँग एक गायिकाको विवाद चर्चामा आएको थियो। 

पीडित किशोरी परिवारसहित यसअघि नै जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता गर्न पुगेकी थिइन्। तर आफ्नो कार्यक्षेत्र नपरेको भन्दै कास्की प्रहरीले तनहुँ प्रहरीमा जान सुझाएको थियो। 

स्रोतका अनुसार आफूविरुद्ध भएको यौन शोषण बाहिर ल्याउन किशोरीले पटक पटक प्रयास गरे पनि पलले प्रलोभनमा पारी पल गोप्य राख्न सफल भएका थिए। तर, अडियो नै सार्वजनिक भएपछि भने बुधबार किशोरीले पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दर्ता गराएकी हुन्। 

मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ। 

अधिवक्ता अरुण पौड्यालका अनुसार १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने कानुनी व्यवस्था छ।

रुसमाथि अमेरिकाको नाकाबन्दी

अमेरिकाले रुसविरुद्ध नाकाबन्दीको घोषणा गरेको छ ।

युक्रेनका दुई क्षेत्रलाई रुसले स्वतन्त्र देशको मान्यता दिंदै तिनीहरुको सुरक्षाका लागि भन्दै सेना पठाएको बताएपछि अमेरिकाले रुसमाथि नाकाबन्दी लगाएको हो। 

अमेरिकी राष्ट्रपति जो बाइडेनले गएराती जारी गरेका नाकाबन्दी सम्बन्धीआदेश अनुसार अब रुसलाई पश्चिमा वित्त बजारमा निषेध गरिने छ। रुसले पश्चिमा देशहरुबाट कुनै पनि आर्थिक सहयोग गर्न पाउने छैन। त्यस्तै रुसले युरोपसहित पश्चिमा देशहरुसँग नयाँ ब्यापार गर्न पनि पाउने छैन। 

राष्ट्रपति बाइडेनले रुसले छिमेकी देश युक्रेनको सार्वभौमिकतामाथि हनन गरेको भन्दै नरोके आफूहरु कठोर जवाफ दिन तयार रहेको समेत चेतावनी दिएका छन्। 

यता रुस–युक्रेन युद्ध रोक्न माग गर्दै नेपालमा प्रदर्शन गरिएको छ।  मानव अधिकार तथा शान्ति समाजले बुधबार प्रदर्शन गरेको हो। 

प्रदर्शनमा सहभागी मानव अधिकार कर्मीहरुले युक्रेनमाथि अतिक्रमण बन्द गर्, तत्काल सैनिक फिर्ता गर्, शान्ति प्रवद्र्धनमा जोड दिऔँ, युद्ध रोकौँ लगायतका नारा लगाएर प्रदर्शन गरेका थिए। प्रदर्शनपछि मानव अधिकार तथा शान्ति समाजको तर्फबाट रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई लेखिएको पत्र राजदूतावासका अधिकारीहरुलाई बुझाएका छन्। 

तीन स्थान खस्कियो नेपालको टी-२० बरियता

नेपालको टी २० वरीयता दुई हप्तामै तीन स्थान खस्किएको छ। बुधबार आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल अहिले १५औं स्थानमा छ।

नेपाली क्रिकेट टिम ग्लोबल क्वालिफायर खेल्न ओमन जानुअघि नेपाल विश्व वरीयताको १२ औं स्थानमा थियो। एसोसिएट देशहरुमध्ये त्यो वरीयता निकै माथिको हो। गएको वैशाखमा नेपालले घरेलु मैदानमा सानदार प्रदर्शन गर्दै तीन देशबीचको सिरिज जितेपछि नेपालको वरीयता १२ औं स्थानमा पुगेको थियो।

यसअघि १५ फेब्रुअरीमा जारी गरिएको वरीयता अनुसार नेपालले एक स्थान गुमाएको थियो। त्यसपछि नेपाल १३ स्थानमा  थियो। ओमनमा फेब्रुअरी १४ मा सम्पन्न चारदेशीय सिरिजका दुई खेलमा नेपालले हार व्यहोरेपछि नेपालको वरीयता खस्किएको थियो।

नेपालको वरीयता खस्किएपछि नेपाललाई पछि पार्दै यूएई तेस्रो स्थानमा उक्लिएको थियो। ग्लोबल क्वालिफायरमा चार खेलमध्ये तीन खेलमा जित निकालेर एक खेलमा हार बेहोरेपछि नेपालले थप दुई स्थान गुमाएको हो।

अहिले नेपालभन्दा अघि १४औं स्थानमा आयरल्यान्ड रहेको छ। नेपालभन्दा पछि नामिबिया, नेदरल्यान्ड र ओमन क्रमशः १६ औं, १७ औं र १८ औं स्थानमा छन्। 

वरीयताको शीर्षदेखि १०औं स्थानसम्म क्रमशः भारत, इंग्ल्यान्ड, पाकिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अष्ट्रेलिया, वेस्ट इन्डिज, अफगानिस्तान, श्रीलंका र बंगलादेश रहेका छन्। एक दिवसीय वरीयतामा भने नेपाल १६ औं स्थानमा छ।


प्रकाशित: Feb 23, 2022| 21:01 बुधबार, फागुन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।