मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • महाभियोगबारे पार्टीको निर्णय लिने जिम्मा नेतृत्वलाई, भ्यालेन्टाइनमा करोडको गुलाब कारोबार [२०७८-११-०२]

महाभियोगबारे पार्टीको निर्णय लिने जिम्मा नेतृत्वलाई, भ्यालेन्टाइनमा करोडको गुलाब कारोबार [२०७८-११-०२]

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकलाई प्रमुख प्रतिपक्षी दल एमालेले बहिष्कार गरेको छ। सिंहदरबारस्थित संघीय संसद सचिवालयमा डाकिएको सर्वदलीय बैठकलाई बहिष्कार गरेको हो।
 |  सोमबार, फागुन २, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २, २०७८

महाभियोगबारे एमाले

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग स्थानीय तह निर्वाचनलाई सार्नको लागि ल्याइएको आरोप लगाएका छन्। 

सोमबार बसेको एमालेको संघीय संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानन्यायाधीश जबरामाथि सत्तारुढ गठबन्धनले महाअभियोग लगाएर स्थानीय तहको निर्वाचन सार्न खोजेको बताएका हुन्। 

प्रधानन्यायाधीशलाई बोकेर हिँड्ने आफ्नो पार्टीको मनसाय नभएको बताएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। सत्तारुढ गठबन्धनले एमसीसी परियोजना संसदबाट पारित गर्नका लागि पनि महाअभियोगको अस्त्र ल्याएको प्रमुख सचेतक भट्टराईले उल्लेख गरे। 

एमालेले न्यायाधीश र सभामुखमाथि महाअभियोग प्रस्ताव ल्याउने भनेर अनुमानको भरमा समाचार सम्प्रेषण गरिएको समेत उनको भनाइ थियो। विषयको सम्बन्धमा पार्टीको उच्च तहका नेताहरु बसेर यथोचित समयमा निर्णय लिइने पनि उनले जानकारी दिनुभयो। 

संसदीय दलको बैठकमा सांसदहरु भीम रावल, घनश्याम भुसाल, महेश बस्नेत, गोकुल बास्कोटा, झपट रावल, विमला विश्वकर्मा लगायतले पनि आफ्नो धारणा राखेका थिए। 

एमालेले ४ न्यायाधीशविरुद्ध महाभियोग लगाउन मिल्दैन : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतका चार न्यायाधीशविरुद्ध एमालेले महाअभियोग प्रस्ताव ल्याउन नमिल्ने टिप्पणी गरेका छन्। 

सत्तारुढ प्रमुख घटक कांग्रेसका वरिष्ठ नेता पौडेलले एमालेले संसद पुनःस्थापनाको मुद्धामा आफूलाई हराएवापत् सर्वोच्च अदालतको निर्णय विपरित सो महाअभियोग प्रस्ताव ल्याउन नमिल्ने तर्क गर्नु गरेका हुन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सर्वोच्च अदालतको निर्णय अन्तिम हुने र त्यसलाई चुनौती दिने गरी एमालेले कुनै पनि न्यायाधीशविरुद्ध संसदमा महाअभियोग प्रस्ताव ल्याउन नमिल्ने बताए।

वरिष्ठ नेता पौडेलले आफूहरुले प्रधानन्यायाधीश जबरालाई सम्मानजनक बर्हिगमनका लागि राजीनामा दिन पटकपटक सुझाएको पनि स्मरण गरेका थिए।

एमालेद्वारा सर्वदलीय बैठक बहिष्कार

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकलाई प्रमुख प्रतिपक्षी दल एमालेले बहिष्कार गरेको छ। सिंहदरबारस्थित संघीय संसद सचिवालयमा डाकिएको सर्वदलीय बैठकलाई बहिष्कार गरेको हो। 

माधवनेपाल सहित १४ सांसदमाथि आफूहरूले गरेको कारबाही कार्यान्वयन नगरेको भन्दै एमाले सभामुख सापकोटाको राजीनामा माग गर्दै आएको छ। उसले सभामुखको राजीनामालाई प्रतिष्ठाको विषय बनाएकाले बैठक बहिष्कार गरेको हो। 

सभामुखले डाकेको बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत दलका शीर्ष नेताहरू सहभागी थिए। 

सभामुखले समसामयिक विषयमा छलफल गर्नका लागि सर्वदलीय बैठक बोलाएको सभामुखको सचिवालयले जानकारी दिएको छ।  

प्रतिनिधि सभामा दर्ता भएको एमसीसी सम्झौता अनुमोदन गर्ने प्रस्तावलाई सभामुखले करिब अढाई वर्षदेखि रोकेर राखेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन ४ गते बस्ने बैठकमा एमसीसीसम्बन्धी प्रस्तावलाई पेस गर्न आग्रह गर्दै आएका छन्। 

करोड रुपैयाँको गुलाब कारोबार

'भ्यालेन्टाइन्स् डे' अर्थात प्रणय दिवसका लागि झन्डै एक करोड रुपैयाँ बराबरको गुलाब आयात भएको छ।

प्रणय दिवसमा गुलाबको फूल उपहार दिने चलन रहेकाले आजको दिन गुलाबको धेरै कारोबार हुने गरेको छ। तर, हरेक वर्ष गुलाबको माग बढ्दै गए पनि स्वदेशमा उत्पादन नबढ्दा भारतको भर पर्नु पर्ने अवस्था छ।

यसपाली ९० प्रतिशत गुलाब भारतबाट आयात गरिएको नेपाल फ्लोरिकल्चर एसोसिएशनका अध्यक्ष मिनबहादुर तामाङले जानकारी दिए। कोरोना महामारीका कारण यसपालि पुष्प व्यवसायमा असर परेकाले आयात बढेको उनको भनाइ छ। 

प्रणय दिवसमा २ लाख ३० हजार वटा गुलाबका फूल कारोबार भएको अनुमान गरिएको छ।

सर्वोच्चको आदेश लिएर पुगेका क्षेत्रीले हाजिर गर्नै पाएनन्

सर्वोच्च अदालतले जारी गरेको अल्पकालीन आदेश लिएर नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्री कार्यालय पुगेपनि हाजिर नगरी फर्किएका छन्। 

सोमबार बबरमहलस्थित प्राधिकरणको प्रधान कार्यालयमा पुगेर पनि महानिर्देशक क्षेत्रीले कार्यालयमा हाजिर भने गर्न नपाइ फर्किएका हुन्। 

डेढ महिनापछि सर्वोच्च अदालतले दिएको आदेश पत्र लिएर उहाँ प्राधिकरण महानिर्देशकको कार्यकक्षमा पुगेका थिए। प्राधिकरणका कानुन अधिकृतले महान्यायाधीवक्ताको कार्यालयबाट थप ब्याख्या हुनु पर्ने भन्दै हाजिर गर्न नदिएपछि क्षेत्री हाजिर नलगाइकनै फर्किएका हुन्। 

महानिर्देशक क्षेत्रीले आगामी फागुण ९ गते अदालतमा दुवै पक्षलाई बोलाएकाले अदालतले जे निर्णय गर्छ त्यो आफूलाई स्वीकार हुने बताए। आइतबार सर्वोच्च अदालतले प्राधिकरणको महानिर्देशकबाट राजकुमार क्षेत्रीलाई नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो। सरकारले क्षेत्रीलाई हटाएर महानिर्देशकमा प्रदीप अधिकारीलाई नियुक्त गरिसकेको छ। 

क्रिप्टोको कारोबार गरे कडा कारबाही

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले क्रिप्टोकरेन्सी, हाइपरफन्ड तथा डिजिटल नेटवर्किङ जस्ता व्यवसायमा संलग्न भए कडा कारबाही हुने चेतावनी दिएको छ।

बिटक्वाइन लगायत क्रिप्टो करेन्सीको कारोबार गैरकानूनी भएकाले कारबाही गरिने भन्दै सीआईबीले सचेत गराएको हो। 

क्रिप्टोको कारोबारीहरूमाथि सूक्ष्म निगरानी भइरहेको तथा विगतमा संलग्न व्यक्ति उपर अनुसन्धान गरी कानूनी कारवाही समेत जारी रहेको सीआईबीले स्मरण गराएको छ। 

यसअघि नेपाल राष्ट्र बैंकले माघ ९ गते क्रिप्टोकरेन्सीको कारोबार तथा डिजिटल नेटवर्किङ व्यापार गैरकानूनी रहेको भन्दै त्यस्ता गतिविधिमा संलग्न नहुन सचेत गराएको थियो। 

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९६ बमोजिम क्रिप्टोको कारोबारमा संलग्न भए बिगो जफत गरी बिगोको तीन गुणासम्म जरिवाना तथा तीन वर्ष कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ। बिगो कायम हुन नसकेका अवस्थामा कसुरको मात्रा हेरी बढीमा रु १० लाखसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने कानूनी व्यवस्था छ।

५० विकेट लिने पहिलो नेपाली खेलाडी बने सन्दीप

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने टी–ट्वान्टी क्रिकेटमा ५० विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन्। 

लामिछानेले २९ खेलमा ५० विकेटको कीर्तिमान पूरा गरेका हुन्। लामिछानेले ओमानमा जारी चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत आयरल्यान्डविरुद्ध विकेट हात पार्दै ५० विकेट पूरा गरे। 

 लामिछानेले टी–ट्वान्टीमा सर्वाधिक छिटो ५० विकेट लिने विश्वकै तेस्रो क्रिकेटर समेत बनेका छन्।  

प्रकाशित: Feb 14, 2022| 20:18 सोमबार, फागुन २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।