मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • एमसीसीबारे झन् बढ्यो अन्योल, लगातार दोस्रोपटक मच्छिन्द्र च्याम्पियन [२०७८-११-४]

एमसीसीबारे झन् बढ्यो अन्योल, लगातार दोस्रोपटक मच्छिन्द्र च्याम्पियन [२०७८-११-४]

प्रतिनिधिसभाको बुधबारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले अवरोध कायमै राखेको छ।
 |  बुधबार, फागुन ४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ४, २०७८

एमालेको अवरोध कायमै

प्रतिनिधिसभाको बुधबारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले अवरोध कायमै राखेको छ।

प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले नाराबाजीसहित अवरोध कायमै राखेको हो। एमालेको अवरोधकाबीच सुरु भएको संसद बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गरेका थिए। 

बैठकको प्रारम्भमै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा भएको अवरोधका कारण सभाको गतिशिलतामा असर परेको भन्दै सभा सञ्चालनमा सहयोग गर्न अनुरोध गरेका थिए। 

प्रतिनिधिसभामा राज्य सञ्चालनका लागि आवश्यक पर्ने ४२ वटा विधेयकहरु सभामा विचाराधिन रहेकाले सो विधेयकहरुलाई पारित गरी राज्य सञ्चालनमा सहयोग गर्नुपर्ने उनको भनाइ थियो। 

बैठकमा एमाले सांसदहरुले संसदीय मर्यादा कायम गर, गैर सांसदलाई प्रवेश निषेध गर, सवैधानिक सर्वोच्चता कायम गर, हाम्रो बिरोध जारी छ, पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद, पक्षपातपूर्ण व्यवहार बन्द गर– लगायतका नाराबाजी गरेका थिए। एमालेको निरन्तरको अवरोधपछि सभामुख सापकोटाले प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते शुक्रबार दिनको १ बजेसम्मका लागि स्थगित भएको घोषणा गरे। 

६ गते संसद्‍मा पेस गरिँदै एमसीसी

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले एमसीसी सम्झौंता शुक्रबार (६ गते) बोलाइएको प्रतिनिधिसभा बैठकमा टेबल हुने बताएका छन्।

नेपाली काँग्रेसका नेता समेत रहेका मन्त्री बडुले दलहरुबीचको सहमतिमै सो सम्झौंता अघि बढाउन आवश्यकता महसुस गरेरै सरकारले आज र भोली (२ दिन) को समय दिएको पनि स्पष्ट पारे। बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले एमसीसीलाई टुंगो लगाउने सार्वभौम संस्था संसद भएकाले त्यही छलफल गरेर टुंगो लगाउन सरकारले चाहिरहेको उनको भनाइ छ। मन्त्री बडुले सो सम्झौतामा सहमती जुटाउन सरकारले सबै दलहरुलाई आह्वान गरिरहेको पनि स्मरण गराए। 

मन्त्री बडुले विगतमा बनेका सबै पार्टी नेतृत्वको सरकारले आवश्यक्ता बोध गरेको एमसीसीलाई वर्तमान सरकारले संसदबाट पारित गराउन पहल गरेको उल्लेख गरे। २ दिन भित्र सो सम्झौंता संसदबाट पारित गराउन दलहरुबीच सहमती हुने विश्वास समेत व्यक्त गर्नु भयो। 

एमसीसीको विपक्षमा माओवादी

सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले एमसीसी सम्झौताको अनुमोदनको विपक्षमा मतदान गर्ने भएको छ। बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारले एमसीसी परियोजना संशोधन नगरी संसदमा पेश गरे त्यसको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो। माओवादीले एमसीसी परियोजनालाई संशोधन र परिमार्जन नगरी यथास्थितिमा संसदबाट पारित गर्न नसकिने निर्णय गरेको पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङले बताए। 

सत्तारुढ दलको सहमतीबिना एमसीसी परियोजना संसदबाट पारित भएमा गठबन्धन स्वत्ः तोडिने प्रमुख सचेतक गुरुङले बताए। गठबन्धन तोडेर एमसीसी अगाडी बढाइए माओवादी केन्द्र सरकारबाट बाहिरिने उनको भनाइ थियो। 

यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता भीम रावलले एमसीसी सम्झौता राष्ट्रघाती भएकोले संसदबाट पास गर्न नहुने उल्लेख गरेका छन्। 

नेकपा (एकीकृत समाजवादी)का सांसद जीवनराम श्रेष्ठले कार्यव्यवस्था परामर्श समितिमा प्रमुख प्रतिपक्ष एमाले उपस्थित नहुनु आश्चर्यको कुरा भएको बताए। 

माओवादी केन्द्रका अर्का सांसद कार्कीले एमसीसीलाई लिएर अहिले शीतयुद्ध शुरु भइसकेको भन्दै नेपाल असंलग्न परराष्ट्र नीतिमा तटस्थ बस्नुपर्ने बताए। 

बानेश्वरमा तनाव

एमसीसीविरुद्ध प्रर्दशन उग्र बनेपछि प्रहरीसँग झडप भएको छ। बुधबार दिउँसो १ बजे संसद्‍ भवनमा बैठक सुरु हुनुअघिदेखि नै सुरु भएको प्रदर्शन संसद्‍ बैठक चल्दा तनावपूर्ण बनेको थियो। 

एमसीसी संसदमा टेबल नगर्न दबाब दिँदै आएका सत्तारुढ माओवादी केन्द्र र नेकपा ९एकीकृत समाजवादी०का भातृ संगठनहरु एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएका हुन्। 

एमसीसीको विरोधमा नयाँबानेश्वर(बबरमहल(माइतीघर सडकखण्डमा प्रर्दशनकारीहरुले एमसीसी संसदमा टेबल नगर्न दबाब दिँदै सरकारविरुद्ध चर्का नाराबाजी गरेका छन्। नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, राप्रपा र नागरिक समाजका अगुवाहरुको समेत उपस्थितिमा विरोध प्रर्दशन भइरहेको छ। 

प्रहरीले आन्दोलन नियन्त्रणमा लिन अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरी प्रहरीले पटकपटक आन्दोलन तितरबितर पार्ने प्रयास गरेको थियो। सो क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। झडपमा केही प्रहरी पनि घाइते भएका थिए। 

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेस भने एमसीसी संसदबाट तत्काल पास गर्नुपर्ने पक्षमा छ।

वैदेशिक रोजगारीमा घटेन ठगी

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा वैदेशिक रोजगारीमा जान खोज्नेहरुलाई ठगी गरेको आरोपमा प्रहरीले ६१ जनालाई पक्राउ गरेको छ। वैदेशिक राजगार विभागका अनुसार ७ सय २१ वटा व्यक्तिगत उजुरी परेकोमा प्रहरीले ६१ जनालाई पक्राउ गरेको हो। ५७ वटा मिलापत्र र १३८ वटा मुद्दा अदालत पुगेका छन् भने बाँकी उजुरीमाथि विभागले अनुसन्धान गरिरहेको छ। व्यक्तिगत उजुरीमा तर्फबाट ५० करोड ९१ लाख मागदाबी गरिएको छ। 

यस्तै, संस्थागततर्फ ठगी भएको भन्दै विभिन्न म्यानपावर कम्पनीविरुद्ध १२३ वटा उजुरी परेका छन्। यी उजुरीमार्फत ५ करोड ३१ लाख रुपैयाँ ठगी भएको दाबी गरिएको छ। विभागका अनुसार व्यक्तिगत र संस्थागत उजुरीमा ५६ करोड २२ लाख ठगी भएको दाबी गरिएको छ।

विभागका प्रवक्ता कृष्णप्रसाद भुसालका अनुसार कोभिड महामारीपछि म्यानपावर कम्पनी र यसको आडमा बिचौलियाको काम गर्ने दलालबाट सयौं नेपाली ठगिएका हुन्। कोरोना महामारअघि दैनिक २–३ वटा उजरी दर्ता हुने गरेकोमा हाल दैनिक ५–६ वटासम्म उजुरी दर्ता हुने गरेको विभागको तथ्यांक छ। महामारीका कारण बेरोजगार बनेका व्यक्तिहरु नै दलाल बनेर ठगी धन्दामा सक्रिय भएको हुन सक्ने विभागको आकलन छ। अहिले देशभर ८५५ वटा म्यानपावर कम्पनी सञ्चालनमा छन्।

३८ किलो सुन तस्करीका अर्का अभियुक्त पक्राउ

मोरङको उर्लाबारीका सनम शाक्यको हत्या तथा करिब ३८ क्विन्टल सुन तस्करी मुद्दाका एक अभियुक्त पक्राउ परेका छन्। उनलाई प्रहरीले मंगलबार काठमाडौंबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका–३ घर भएका ३९ वर्षीय सन्दीप खड्का रहेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताए। 

बुधबार बिहान जहाजमार्फत विराटनगर ल्याइएका खड्का दुवईमा बसेर नेपालतिर तस्करीको सुन पठाउने गिरोहका सदस्य रहेको अनुसन्धानबाट खुलेको थियो। उनलाई काठमाडौंको गौशालाबाट पक्राउ गरेर मोरङ लगिएको हो। खड्कासँग अदालतले बिहीबार बयान लिने भएको छ। 

यो प्रकरणमा जोडिएका उच्च प्रहरी अधिकारीसहितका ५६ अभियुक्त बनाइएको थियो। ती मध्ये ८ जनालाई दोषी ठहर भएका छन् भने ४८ जनाले सफाइ पाएका छन्। अदालतले कर्तव्य ज्यान मुद्दामा ८ जनालाई दोषी ठहर गर्दै ६ जनालाई जन्मकैदको सजाय सुनाएको थियो। 

दुई खेल अगावै मछिन्द्र च्याम्पियन

मछिन्द्र फुटबल क्लबले लगातार दोस्रो पटक सहिद स्मारक ुएु डिभिजन लिग फुटबलको उपाधि जितेको छ। बुधबार भएको खेलमा सातदोबाटो युथ क्लबलाई १(० गोल अन्तरले हराउँदै मछिन्द्र दुई खेल अगाबै च्याम्पियन बनेको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन ५३औँ मिनेटमा नोर्लान नोभ्रुजोभले निर्णायक गोल गरे।

मछिन्द्रले लगातार दोस्रो पटक शीर्ष डिभिजन लिगको उपाधि जितेको हो। मछिन्द्रले पछिल्लो पटक २०७६ सालमा अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै उपाधि चुमेको थियो।

यस जितसँगै शीर्ष स्थानको मछिन्द्रले ११ खेलमा २९ अंक जोडेको छ।

मछिन्द्र दोस्रो स्थानको मनाङ मर्स्याङ्दीभन्दा ९ अंकले अघि छ। सातदोबाटोले ११ खेलमा १५ अंक जोडेको छ। सातदोबाटो छैटौं स्थानमा रहेको छ।

प्रकाशित: Feb 16, 2022| 19:23 बुधबार, फागुन ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।