सोमबार, असोज ८, २०८०
  • गृहपृष्ठ
  • भिडियो
  • जनप्रतिनिधिले राजीनामा दिए मात्रै उम्मेदवार बन्न पाउने, एमालेतर्फ माधव नेपालको शब्दवाण [२०७८-१२-३]

जनप्रतिनिधिले राजीनामा दिए मात्रै उम्मेदवार बन्न पाउने, एमालेतर्फ माधव नेपालको शब्दवाण [२०७८-१२-३]

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नै तागतमा निर्वाचन लड्ने कुरालाई पहिलो प्राथमिकतामा राखेको बताएका छन्।
 |  बिहीबार, चैत ३, २०७८
averest bankaverest bank

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ३, २०७८

जनप्रतिनिधिले राजीनामा दिए मात्रै उम्मेदवार बन्न पाउने

sagarmatha cement

स्थानीय तहमा आउँदो निर्वाचनमा उम्मेदवार बन्न चाहने जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने भएको छ। 

स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गतेका लागि राजपत्रमा प्रकाशित आचारसंहितामा यस्तो व्यवस्था गरिएको जानकारी निर्वाचन आयोगले दिएको हो। 

पदमा बसेर चुनाव लड्दा सरकारी स्रोतको दुरुपयोग गर्न सक्ने भन्दै निर्वाचन आयोगले नयाँ आचारसंहितामा यस्तो प्रावधान राखिएको जानकारी गराएको हो। यसरी उम्मेदवार बन्ने जनप्रतिनिधिले बेरुजु फर्स्योटसमेत गर्नुपर्नेछ।

यस्तै निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दल बाहेकका ७३ वटा राजनीतिक दलहरुलाई आफ्नो दलको निर्वाचन चिन्ह प्रदान गर्ने निर्णय आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। यसअघि स्थानीय तहको निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दल बाहेकका प्रतिनिधिहरुले स्वेच्छिक चिन्ह लिएर उठ्नुपर्ने प्रावधान थियो। उनले ७३ वटा राजनीतिक दलहरुलाई आफ्नो दलको निर्वाचन चिन्ह प्राप्त गर्नका लागि जिल्ला स्तरको संगठन संरचना जिल्ला समितिको विवरण २०७८ को चैत्र ६ गतेभित्र पेस गर्न पत्राचार गरिएको पनि जानकारी दिए।

स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने मतदाता नामावली, मतदाता परिचयपत्र लगायतका निर्वाचन सामग्रीहरु छपाइका लागि आजबाट ६ वटा प्याकेजमा इ बिडिङको माध्यमबाट खरिद गर्न पनि आयोगले आग्रह गरेको छ। निर्वाचन आयोगले चैत १३ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्नेसमेत जानकारी गराएको छ। 

मनाइयो होली

काठमाढौं उपत्यकासहित देशका पहाडी र हिमाली जिल्लामा रंगहरूको पर्व होली हर्षोल्लासका साथ मनाइएको छ। फागुन शुक्ल पूर्णिमाका दिन एक आपसमा रंग खेलेर होली मनाइएको हो। तराईमा भने शुक्रबार मात्र होली मनाइँदैछ। 

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश अभिवृद्धि गर्न रङ र लोला खेली होली मनाउने परम्परा छ। विगतका तुलनामा यस वर्षको फागु तुलनात्मक रूपमा सभ्य बन्दै गइरहेको प्रहरीले जानकारी दिएको छ। कोरोनाको जोखिम कायमै रहेकाले फागु पर्वमा पानी र रङ प्रयोग नगर्न प्रशासनले आह्वान गरेको थियो। 

काठमाडौंको बसन्तपुरमा उपस्थित सर्वसाधारणले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै उल्लासका साथ होली खेलेका थिए। 

यस्तै विधिपूर्वक चिर ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाइएको छ। चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाउने चलन छ। फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु पर्व सुरु भएको मानिन्छ। 

उता एन्फा मैदान सातदोबाटोमा पनि फुटवल खेलाडीहरूले मैदानमा नै होली मनाएका छन्। नेपाली राष्ट्रिय फुटबल टिम एन्फा कम्लेक्समा बन्द प्रशिक्षणमा रहेका खेलाडीले होली मनाएका हुन्। यस्तै नेकपा एसले पनि कार्यालयमा नै होली मनाएको छ। 

खिसिट्युरी गर्नको हरिबिजोक!

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले  नेकपा एमालेतर्फ लक्षित गर्दै चुनावमा आफूहरूलाई खिसिट्युरी गर्नेहरुको हरिबिजोक देखिने बताएका छन्। 

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा फागु पूर्णिमाको अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले  यस्तो बताएका हुन्। चुनावी मैदानमा पार्टीको शक्ति देखिने भन्दै उनको तर्क छ। पार्टीको चुनाव चिन्ह कलमले कमाल देखाउनेसमेत उनले टिप्पणी गरेका छन्। 

अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा प्रगतिशील भूमिका खेल्नेहरु पुरस्कृत र प्रतिगामी भूमिका खेल्नेहरु दण्डित हुनुपर्ने धारणा राखेका थिए। प्रतिगामी भूमिका खेल्नेहरु पुरस्कृत भए समाज बाँच्न लायक पनि नहुने उनको तर्क छ। 

अध्यक्ष नेपालले युट्युबरले झुठा समाचार र सूचना सम्प्रेषण गरेको गुनासो आएको भन्दै त्यसतर्फ सचेत हुन आग्रह गरेका थिए। अध्यक्ष नेपालले मिडियाले जनचेतना जगाउन, देशभक्तिको भावना विस्तार गर्न र लोकतन्त्रका मूल्य, मान्यतालाई आत्मसात् गर्नलाई अभिप्रेरित गर्नुपर्ने जिम्मेवारी भएको स्मरण गराएका थिए। 

प्रचण्डका कुरा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नै तागतमा निर्वाचन लड्ने कुरालाई पहिलो प्राथमिकतामा राखेको बताएका छन्।

प्रेस सेन्टर नेपाल लुम्बिनीले विहिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टीको पहिलो प्राथमिकता आफ्नै तागतमा चुनाव लड्ने र दोस्रोमा गठबन्धनबाट चुनावमा जाने रहेको बताएका थिए। ‘तोकिएकै मितिमा निर्वाचन हुन्छ, त्यसमा कन्फयूजनमा नरहन आग्रह गर्छु, चुनाव हुन्छ’ उनले भने। 

गठबन्धन गर्ने सवालमा प्रमुख नेतृत्व पंक्तीका विचमा विमती नरहेको उनले बताएका थिए। कांग्रेसले लखेटेको अवस्थामा मात्रै अन्य दलसँग गठबन्धन हुने उनको टिप्पणी छ। यद्यपि तत्काल एमालेसँग तालमेल वा गठबन्धनको सम्भावना नरहेको पनि गम्भीर समस्या आएपछि माओवादीले निकास दिने गरेको भन्दै राजनीतिमा जे पनि हुनसक्ने बताए। 

प्रधानन्यायधिशको महाअभियोग संविधान र कानुनको व्यवस्था अनुसार नै संसदमा दर्ता भएकाले अधिवेशन अन्त्य हुँदैमा कुनै असर नगर्नेसमेत उल्लेख गरेका थिए। महाभियोग छानविन समिति बनिसकेको र दर्ता पनि भइसकेकाले संसदीय समितिमा छलफल हुने उनको भनाइ छ। 

दूधलगायत खानेकुरामा गुणस्तर कायम नगरे कारबाही

डेरी उद्योग तथा पसलहरुले दुधमा जथाभावी सोडा,चिनी, साल्टहरुको प्रयोग गरेर बिक्रि गरेको पाइएमा सरकारले कारबाही गर्ने चेतावनी दिएको छ। 

खाद्य प्रविधि तथा गुण नियन्त्रक महानिर्देशक डा.मतिना जोशी वैद्यले  दूध लगायतका खाद्यवस्तुको गुणस्तर कायम नगर्नेहरूमाथि कडा कारबाही गरिने चेतावनी दिएकी हुन्। 

दुध,पानी,खानेतेल लगायत दैनिक उपभोग्य बस्तुमा गुणस्तर कायम गर्नको लागि निरन्तर रुपमा विभाग लागिपरेको उनको दाबी छ। खाद्यवस्तुको गुणस्तर कायम राख्न सरसफाईमा ध्यान दिनुसमेत उनले सम्बन्धित सबैलाई आग्रह गरिन्। 

महानिर्देशक वैद्यले दुग्ध जन्य पदार्थमा गुणस्तर कायम गर्ने ऐन परिमार्जन गर्नुपर्ने भएकाले 'खाद्य स्वच्छता तथा गुणस्तर विधेयक' राष्ट्रिय सभाबाट पास र चाँडै प्रतिनिधि सभाबाट पनि पारित भइ कार्यान्वयनमा आउने विश्वास व्यक्त गरिन्। 

युक्रेनका २० लाख मानिस पोल्यान्डमा 

युक्रेनमा युद्ध सुरु भएपछि झन्डै २० लाख मानिस युक्रेनबाट पोल्यान्ड छिरेको जानकारी पोलिश सीमा सुरक्षा निकायले दिएको छ। 

पोल्यान्ड आएका झन्डै ५ लाख मानिस अन्यत्र गइसकेको वार्सा विश्वविद्यालयमा कार्यरत आप्रवासनसम्बन्धी अनुसन्धानकर्ता प्राध्यापक माचे दुश्चकले बताए। बुधबार मात्र ६० हजार मानिसले सीमा पार गरेको सीमा सुरक्षाबलले जनाएको छ। उक्त सङ्ख्या मङ्गलवारको भन्दा ११ प्रतिशत कम हो। पोल्यान्ड छिरेका अधिकांश शरणार्थीहरू वार्सा, क्राको र व्रोक्लाजस्ता ठूला सहरमा गएका छन्।

युद्धका कारण युक्रेनका बालबालिका बेचबिखनको जोखिममा परेको भन्दै अधिकारवादी संस्थाले चिन्ता व्यक्त गरेका छन्। अनाथालय तथा विभिन्‍न असहाय केन्द्रहरुमा रहेका करिब दुई लाख बालबालिकाहरु बेचबिखनको जोखिममा रहेको बताइएको छ। 

अमेरिकी सैन्य भेटरान्स जेरेमी लोकीका अनुसार युद्ध प्रभावितहरुलाई उद्धार गर्ने नाममा बालिबालिकाहरुको तस्करी तथा बेचबिखन हुनसक्ने जोखिम बढेको बताए। यसको फाइदा विभिन्‍न आपराधिक समूहहरुले उठाउन सक्ने भन्दै चिन्ता व्यक्त गरिएको हो। 

प्रकाशित: Mar 17, 2022| 19:25 बिहीबार, चैत ३, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।