शुक्रबार, मंसिर २२, २०८०
  • गृहपृष्ठ
  • भिडियो
  • जेठ ४ गते स्थानीय चुनाव गर्ने समझदारी, सभामुख सापकोटालाई कालोझन्डा [२०७८-१०-१८]

जेठ ४ गते स्थानीय चुनाव गर्ने समझदारी, सभामुख सापकोटालाई कालोझन्डा [२०७८-१०-१८]

एमसीए नेपालले कुनै पनि ‍फाइल 'गोप्य' नगराखिएको दाबी गरेको छ। मंगलबार विज्ञप्ति जारी गर्दै अर्थ मन्त्रालयअन्तर्गतको एमसीए नेपालले यस्तो दाबी गरेको हो।
 |  मंगलबार, माघ १८, २०७८
averest bankaverest bank

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १८, २०७८

जेठ ४ मा चुनाव

sagarmatha cement

सरकारले स्थानीय तहको निर्वाचन २०७९ साल जेठ ४ गते एकै चरणमा गर्ने भएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरू र निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा आगामी जेठ ४ गते बुधबार एकै चरणमा गर्ने समझदारी भएको हो। 

छलफलपछि प्रधानमन्त्री देउवाले सरकारले छिट्टै मिति घोषणा गर्ने भन्दै निर्वाचनको तयारी अघि बढाउन आयोगसँग आग्रह गरेका छन्। 

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले सरकार र आयोगबीच जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने समझदारी बनेको बताए। उनका अनुसार सरकारले चाँडै औपचारिक रूपमा मिति तोक्ने भएकाले प्रधानमन्त्री देउवाले तयारी अघि बढाउन आग्रहसमेत गरेका छन्। 

worldlink

आयोगले यसअघि एकै चरणमा भए वैशाख १४ र दुई चरणमा भए वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो। तर, सत्तारुढ गठबन्धन भित्रको मतभेदका कारण सरकारले स्थानीय तहको निर्वाचनको मिति तोक्न सकेको थिएन। 

गत शनिबार बसेको सत्तारुढ गठबन्धनको बैठकले जेठभित्रै स्थानीय तहको निर्वाचन गर्न सहमति जनाएको थियो। 

यसअघि राष्ट्रपति र निर्वाचन आयोगले समयमा नै स्थानीय तहको निर्वाचन गर्न दबाब दिँदै आएका थिए। 

स्थानीय तहका पदाधिकारीको म्याद आगामी जेठ ५ गते सकिँदैछ। त्यसअघि नै निर्वाचन गर्दा ऐन संशोधन गर्नु नपर्ने आयोगको भनाइ छ।

कुनै पनि फाइल गोप्य नराखिएको एमसीए नेपालको दाबी

कुनै पनि ‍फाइल 'गोप्य' नगराखिएको दाबी गरेको छ। मंगलबार विज्ञप्ति जारी गर्दै अर्थ मन्त्रालयअन्तर्गतको एमसीए नेपालले यस्तो दाबी गरेको हो। 

एमसिए-नेपाल हदैसम्म पारदर्शिता अपनाउने संस्था भएको र सम्पूर्ण दस्तावेजहरू आफ्नो वेबसाइट सार्वजनिक गरिएकाले त्यस्ता आरोप निराधार भएको एमसीएको भनाइ छ। कुनै फाइल गोप्य राखिनु वा लुकाउनु पारदर्शिताप्रतिको प्रतिबद्धता विपरीत हुने समेत उसले बताएको छ। त्यस्ता आरोप लगाउनु आफ्नै देशका निकायमाथि प्रश्न उठाउनुसमेत भएको भन्दै एमसीएक ध्यानाकर्षण समेत भएको विज्ञप्तिमा उल्लेख छ। 

यता एमाले नेतासमेत रहेका पूर्वउपप्रधानमन्त्री भीम रावलले डा बाबुराम भट्टराई नेतृत्वको तत्कालीन सरकारले एमसीसीसम्बन्धी फाइल गोप्य राखेको आरोप लगाएका थिए। यसपछि एमसीए नेपालले आफ्नो धारणा सार्वजनिक गरेको हो। 

उता डा भट्टराईले भने रावलको आरोप निराधार रहेको भन्दै उनको विद्यावारिधि उपाधिमाथि नै प्रश्न उठाएपछि बहस सुरु भएको छ। दुवै नेताले आफ्नो उपाधिलाई अब्बल दाबी गरेका छन् भने अर्का नेताले गरेको उपाधिलाई नक्कली हुन सक्ने भन्दै शंका व्यक्त गरेका छन्। 

भोलि सार्वजनिक बिदा

सरकारले बुधबार (भोलि) सार्वजनिक बिदा दिने निर्णय गरेको छ। 

सोमबार बसेको मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोनाम ल्होसारको अवसरमा बुधबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको बताएका हुन् ।

त्यस्तै सरकारले विश्व बैंकबाट ‘फाइनान्स फर ग्रोथ डेभलपमेण्ट पोलिसी क्रेडिट’ बापत प्राप्त हुने १५० बिलियन अमेरिकी डलर (करिब १८ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण सहायता सम्बन्धी दस्ताबेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गरेको छ । 

यस्तै, नेपाल खुला विश्वविद्यालयको उपकुलपति पदमा प्राध्यापक शिलु मानन्धरलाई नियुक्त गर्ने, चितवनको भरतपुरमा शिक्षक अस्पताल स्थापना प्रक्रिया अघि बढाउने, कच्चा दूधको न्यूनतम मूल्य ५६ रुपैयाँ ४ पैसा निर्धारण गर्ने निर्णय लगायतका निर्णय भएको उनको भनाइ छ। 

पुँजीगत खर्च गर्न बारम्बार दबाब दिनु राम्रो होइन : अर्थमन्त्री 

अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च गर्न बारम्बार दबाब दिनु राम्रो नहुने टिप्पणी गरेका छन्। 

मंगलबार अर्थ मन्त्रालयमा भएको आर्थिक वर्ष २०७८–०७९ को हालसम्म भएको पुँजीगत खर्चको समीक्षा बैठकमा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन्।

खर्च गर्नुहोस् भनेर सचिवहरूलाई भनिरहनु नपर्ने र भनिरहँदा राम्रो सन्देश नजाने उनको भनाइ छ। 

मन्त्री शर्माले सबै मन्त्रालय र जिम्मेवार व्यक्ति आ–आफ्नो ठाउँबाट जिम्मेवार भएर लागे पुँजीगत खर्च समयमा नै गर्न सकिने विश्वास व्यक्त गरे। हरेक मन्त्रालयका सचिवले खर्च हुन सक्ने–नसक्ने योजनाहरूको स्पष्ट विवरण दिन मन्त्री शर्माको निर्देशन छ। 

केही दिनमै नेविसंघको महाधिवेन तोकिन्छ : महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिन भित्रै नेपाल विद्यार्थी संघको महाअधिवेशन गराउनेबारे पार्टीले आवश्यक निर्णय लिने बताएका छन्। 

महामन्त्री थापाले यही हप्ताको शुक्रबार पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने तयारी भएको र त्यसले नेविसंघको महाधिवेशनबारे आवश्यक निर्णय लिने बताएका हुन्। 

नेविसंघ महाधिवेशन सम्पन्न गराउने वातावरण बनाउने काममा लाग्न महामन्त्री थापाको निर्देशन छ। मंगलबार नेपाल विद्यार्थी संघका नेता, कार्यकर्तासँग पार्टी कार्यालय सानेपामा भएको भेटमा महामन्त्री थापाले नेविसंघभित्र देखिएको समस्या समाधान गर्ने काम सोही संगठनको भएको उल्लेख गरेका थिए। 

महामन्त्री थापाले विगतमा पार्टीले निर्णय गर्दा पनि नेविसंघ भित्रकै समानान्तर गतिविधिका कारण महाधिवेशन हुन नसकेको पनि स्मरण गराएका थिए। 

उपसभापति धनराज गुरुङले पार्टीको भातृ संस्थाहरुको महाधिवेशन गर्ने विषयलाई मुख्य एजेण्डा बनाइने उनले बताए। 

वामदेवको दाबी

वामपन्थी नेता वामदेव गौतमले आफूले नयाँ पार्टी गठन गरे कांग्रेस एमाले र माओवादीका नेताहरू आउने दाबी गरेका छन्। 

नेपाल समयसँग छोटो कुराकानी गर्दै पूर्वएमाले नेतासमेत रहेका राष्ट्रियसभा सदस्य गौतमले आफूले देशव्यापी भ्रमणपछि नयाँ दल गठनका विषयमा सोच्ने बताए। 

आफूलले कम्युनिष्ट आनदोलनमा ६० वर्ष बिताएको दाबी गरेका गौतमले जनता र सहयोद्धाको मत बुझेर निर्णय लिने उल्लेख गरे। 

नयाँ पार्टीमा युवाहरूलाई पनि जोड्नुहुन्छ? भन्ने प्रश्नमा गौतमले देशभरिका युवाहरू पनि जोडिने बताए। नयाँ कामको योजना दिमागमा रहेको उनको भनाइ छ। 

स्वास्थ्यमन्त्रीविरुद्ध अख्तियारमा उजुरी

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। 

कोरोना खोप हिनामिना गरेको आरोपमा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले मंगलबार अख्तियारमा उजुरी दर्ता गराएको हो।

२४ लाख डोज भ्याक्सिन हिनामिना गरी करिब २ अर्ब ४० करोड राज्यकोषको रकम हिनामिना गरेको भन्दै राष्ट्रिय युवा संघले मन्त्री खतिवडामाथि छानबिन गरी हदैसम्मको कारबाही माग गरेको छ।

सभामुखलाई कालोझन्डा

सभामुख अग्निप्रसाद सापकोटालाई काभ्रेको बनेपामा कालो झण्डा देखाइएको छ।

गृहजिल्ला सिन्धुपाल्चोक जाने क्रममा बनेपामा उनलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट अनेरास्ववियूले कालो झण्डा देखाएको हो। 

सोमबार साँझ मसाल जुलुस निकालेको अनेरास्ववियू काभ्रेले मंगलबार बिहान सभामुख सापकोटालाई कालो झण्डा देखाएको हो। 

एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले सभामुखको राजीनामा माग्दै आएको छ। यही विषयलाई लिएर एमालेले लामो समयदेखि संसद् पनि अवरुद्ध गर्दै आएको छ।

युक्रेन संकटबारे विवाद चर्कियो 

युक्रेन संकटलाई लिएर अमेरिका र रुसबीचको विवाद चर्किएको छ। 

संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद बैठकमा अमेरिका र रुसबीच चर्काचर्की भएको छ। अमेरिकी राजदूत ग्रीनफिल्डले अमेरिकाले कूटनीतिक समाधानमा विश्वास जारी राखेको बताउँदै रूसले युक्रेनमा आक्रमण गरे अमेरिकाले निर्णायक कदम चाल्ने र त्यसको नतिजा भयानक हुने उनले चेतावनी दिएकी थिइन्।

शीर्ष अमेरिकी र रुसी कूटनीतिज्ञहरू बीचको फोनवार्ता अघि मस्कोले युक्रेनका विषयमा अमेरिकी प्रतिबन्धको धम्कीको सामना गर्ने र पछि नहट्ने वासिङ्टनस्थित रुसी दूतावासले मंगलबार जनाएको छ।

आइपीएल अक्सनका लागि छानिए सन्दीप

नेपालका सन्दिप लामिछाने मात्र इन्डियन प्रिमियर लिग(आईपीएल)  अक्सनका लागि छानिएका छन्। 

नेपाल बाट १५ जनाको नाम पठाइएको भएपनि सन्दीप मात्रै अक्सनमा परेका हुन्। सन्दिप पछिल्लो अक्सनमा पनि सहभागी बनेका थिए। तर सोअक्सनमा उनलाई कुनै पनि टिमले अनुबन्ध गरेका थिएनन्। त्यसअघि भने उनले तीन सिजन आईपीएल खेलिसकेका छन्। 

आईपीएलमा सहभागी बन्ने टिमको संख्या यो पटक १० पुगेको छ। यस्तोमा थप नेपाली खेलाडीले अवसर पाउने आकलन गरिएको थियो।

नेपालबाट नाम दार्ता गराएका खेलाडीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, आशिफ शेख, रोहित पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, पवन सर्राफ, सन्दीप जोरा, सुशन भारी, अभिनास बोहरा, शरद भेषावकर, कुशल मल्ल, करण केसी र दिपेन्द्र सिंह ऐरी थिए। 

प्रकाशित: Feb 01, 2022| 19:19 मंगलबार, माघ १८, २०७८
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यसरी तयार हुन्छ रोटे पिङ [भिडियो]

यसरी तयार हुन्छ रोटे पिङ [भिडियो]

रोटे पिङःले गाउँमा रौनक ल्याएको छ।
स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...