बिहीबार, वैशाख ६, २०८१
  • गृहपृष्ठ
  • भिडियो
  • कारोबार एकलौटी बनाउन तीन साझेदारको हत्या! घट्न थाल्यो ओमिक्रोन संक्रमण [२०७८-१०-२१]

कारोबार एकलौटी बनाउन तीन साझेदारको हत्या! घट्न थाल्यो ओमिक्रोन संक्रमण [२०७८-१०-२१]

कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले खाद्यवस्तुका कारणले मृत्यु भए उद्योगी/व्यवसायीलाई मात्र दोषी मान्ने गरी कानुन बनाउन नहुने बताएका छन्।
 |  शुक्रबार, माघ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २१, २०७८

घट्दै संक्रमण

triton college

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाईरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण दर घट्दै गएको बताएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्रले नेपालमा कोरोना भाईरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण दर घट्दो अवस्था रहेको जानकारी दिइन। उनले पहिले एक जना मान्छेमा भएको भाईरस ३ जनामा सर्ने गरेकोमा अहिले त्यो दर विस्तारै घटिरहेको स्पष्ट पारिन। 

यस्तै नेपाली नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन अभाव नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता मिश्रले नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन कुनै कमी नहुने गरी आवश्यक व्यवस्था गरिएको बताइन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउने र स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न पनि सबै नागरिकलाई पटकपटक अपिल गर्दै आएको छ।

corrent noodles
Metro Mart

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ५२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७३ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा कोरोना पुष्टि भएको हो।  

सोही समयमा ८ हजार ४२५ जना संक्रमणमुक्त भएका छन् भने १६ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ। हाल नेपालमा ५६ हजार  ४५७ जना कोरोनाका सक्रिय संक्रमित छन्।

हालसम्म नेपालमा  १० लाख ९७ हजार ५८९ जना संक्रमित भएकामा ८ लाख ९५ हजार ६ संक्रमणमुक्त भएका छन् भने ११ हजार ७९४ जनाको मृत्यु भएको छ।

तीन साझेदारको हत्या आरोपित पक्राउ

काठमाडौं र मोरङमा तीन जनाको हत्या गरेको आरोपमा तीन जना नै पक्राउ परेका छन्। व्यापारिक साझेदारको हत्या आरोपमा सिरहाका २९ वर्षीय अनिलकुमार मण्डलले काठमाडौंबाट पक्राउ परेका हुन् भने दुई जना मोरङबाट पक्राउ परेका हुन्। मोरङबाट पक्राउ पर्नेमा जहदा-४ सिसवनीका २९ वर्षीय अमित साह भनिने दिननाथ सोनार र धनपालथान-७ कमलपुरका ६२ वर्षीय नसिर आलम छन्। 

व्यापारिक साझेदारको कारोबार एकलौटी बनाउन मण्डलले तीन साझेदारको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। मण्डललाई सोनार र आलमले सहयोग गरेका थिए।  

गत बुधबार र बिहीबार मोरङमा दुई शव भेटिएका थिए। सुनसरीको धरान ३ का ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीको सम्भुनाथ नगरपालिका ४ का ३२ वर्षीय शम्भु चौधरीको शव मोरङको धनपालथान-७ स्थित उखुबारीमा भेटिएको थियो। यस्तै, बिहीबार ललितपुर ठेचोस्थित एक घरको पछाडि खाल्डोमा पुरेको अवस्थामा तेह्रथुमका ६२ वर्षीय मोहन लिम्बूको शव भेटिएको थियो। 

मण्डलको योजनामा भारतीय हत्यारासमेत बोलाएर हत्या भएको प्रहरीले जनाएको छ। हत्यामा संलग्न भारतीय भने पक्राउ परेका छैनन्। पक्राउ परेका तीन जनालाई शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको छ। 

'उद्योगीलाई मात्र दोषी बनाउने गरी कानुन बनाउन हुन्न'

कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले खाद्यवस्तुका कारणले मृत्यु भए उद्योगी/व्यवसायीलाई मात्र दोषी मान्ने गरी कानुन बनाउन नहुने बताएका छन्। शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा 'खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७' को प्रारम्भिक मस्यौदा प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै मन्त्री यादवले यस्तो बताएका हुन्। 

नेपालमा कतिपय मृत्यु असन्तुलित खानाको कारण पनि हुने गरेको भन्दै मन्त्री यादवले खाद्य पदार्थको सेवनका कारण निधन हुँदा उद्योगीलाई अपराधी बनाउन नहुने तर्क गरे। यस्तो भएमा उद्योग, व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आउने उनको तर्क छ। तर उत्पादक कम्पनी  र व्यापारीलाई अनुशासनमा राख्न कारबाही, दण्ड र सजायको स्पष्ट व्यवस्था राख्नुपर्ने उनको भनाइ छ। 

मन्त्री यादवले खाद्यवस्तुको परीक्षण, निरीक्षण तथा बजार अनुगमनको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने पनि बताएका थिए। 

हावाहुरीले मधेशमा तीन जनाको मृत्यु

मधेश प्रदेशमा हावाहुरीका कारण रूख ढल्दा च्यापिएर ३ जनाको मृत्यु भएको छ। धनुषाको सबैलामा २ जना र रौतहटमा १ जनाको मृत्यु भएको हो।

प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसपी तुलबहादुर कार्कीका अनुसार हावाहुरीले रुख ढाल्दा त्यसमा च्यापिएर मृत्यु हुनेमध्ये धनुषा सबैलाका ८ वर्षीया प्रतिमाकुमारी सदा र १२ वर्षीय अरविन्द सदा छन्। 

विद्यालयमा रहेकै बेला त्यहाँको रुख ढल्दा दुवै विद्यार्थीको घटनास्थलमै मृत्यु भएको हो। 

रौतहटमा हावाहुरीले ४५ वर्षीया फूलमती देवीको मृत्यु भएको छ। रुख ढलेर घरमाथि खस्दा घर भत्किएपछि च्यापिएर उनको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ।

गए रातिदेखि जिल्लाका विभिन्न क्षेत्रमा भारी हिमपातका कारण चिसो बढेपछि उच्च पहाडी र हिमाली क्षेत्रको जनजीवन कष्टकर बनेको छ। बाक्लो हिमपातकाका कारण नागरिक घरबाहिर निस्किन सकिरहेका छैनन्।

सामुदायिक वनको स्वायत्तता

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले सामुदायिक वनको स्वायत्तता कायम गर्न माग गर्दै बिरोध प्रदर्शन गरेको छ। 

शुक्रबार बबरमहलस्थित वन परिसरमा सामुदायिक वनको स्वायत्तता कायम गर्न माग गर्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपालले बिरोध प्रदर्शन गरेको हो। प्रदर्शनमा महासंघकी केन्द्रिय अध्यक्ष भारती पाठकले समुदायले संरक्षण गरेको स्रोतलाई संघीय सरकारले आफ्नो नियन्त्रणमा लिने ध्येयबाट नियमावलीको प्रस्ताव ल्याएकाले त्यसको विरोधमा आन्दोलन गर्नु परेको बताइन्। 

अध्यक्ष पाठकले प्रदेश र संघीय सरकारले सामुदायिक वनको अधिकारलाई नियन्त्रण गर्ने गरी ऐनहरु ल्याएकोप्रति महासंघको ध्यानाकर्षण भएको बताइन। 

भूमिहीनलाई लालपूर्जा

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले चितवन जिल्लाको इच्छाकामना गाउँपालिकास्थित गाउँब्लक भूमिहीनलाई लालपुर्जा वितरण गरेकी छन्। 

गाउँब्लकका ३६ भूमिहीन परिवालाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेकी हुन्। 

जग्गा धनी प्रमाण पुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले देशभरका करिब १२ हजार भूमिहीन घरपरिवारलाई जग्गा धनी पूर्जा वितरण गरी सकिएको जानकारी दिइन्। 

भूमिहीनको समस्या समाधान गर्नका लागि विभिन्न स्थानीय तहसँग कार्य सम्झौता गरेर छिटो काम सम्पन्न गर्ने गरी आयोगमार्फत काम अघि बढाइसकिएको बताइन्। लामा र झन्झटिला प्रक्रिया छोट्याएर छिटोभन्दा छिटो काम सम्पन्न गरिने उनको भनाइ छ। 

मन्त्री श्रेष्ठले महोत्तरीको रामगोपालपुर, सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिका र तिरहुत गाउँपालिकाका भूमिहीनलाई पनि जग्गाधनी प्रमाण पुर्जा वितरण गरेकी छन्।

खेलाडीलाई सम्मान

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी सम्मानित भएका छन्।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले अल्मुताइरीलाई नगदसहित सम्मान गरेका हुन्।

कात्तिक १ गते बसेको मन्त्रिपरिषद् बैठकले बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता हुन सफल नेपाली फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको थियो।

१३औं संस्करणको साफ च्याम्पियनसिपमा इतिहास बनाएको नेपाली टोलीका खेलाडीलाई यसअघि नै जनही ५ लाखका दरले पुरस्कृत गरिएको थियो। त्यसबेला अल्मुताइरी नेपालमा नरहेकाले उनलाई शुक्रबार सम्मान गरिएको हो। 

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले बंगबन्धु एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप विजेता महिला भलिबल टोलीका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पनि सम्मान गरे।  पुस ६ देखि १६ गतेसम्म बंगलादेशको राजधानी ढाकामा सञ्चालन भएको प्रतियोगितामा नेपाली महिला टोलीले उपाधि जितेको थियो। 

सम्मानित हुने खेलाडीहरुमा अरुणा शाही (कप्तान), मनिषाकुमारी चौधरी, कामना विष्ट, लक्ष्मी चन्द, उषा भण्डारी, प्रतिमा माली, सलिना श्रेष्ठ, सरस्वती चौधरी, सुनिता खड्का, सफिया पुन, कृपा अधिकारी र शान्तिकुमारी थारु छन्। त्यसैगरी प्रमुख प्रशिक्षक जगदिशप्रसाद भट्ट र प्रशिक्षक भरत यादव तथा व्यवस्थापक ज्योति केसीसमेत छन्। 

कार्यक्रममा प्रधानमन्त्री देउवाले विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ) को विश्व वरीयताको जुनियरतर्फ शीर्ष स्थानमा उक्लिएर इतिहास रचेका प्रिन्स दाहाललाई पनि सम्मान गरे। ब्याडमिन्टनको विश्व वरीयताको शीर्ष स्थानमा पुग्ने प्रिन्स पहिलो नेपाली खेलाडी हुन्।

प्रकाशित: Feb 04, 2022| 20:07 शुक्रबार, माघ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।