शनिबार, कात्तिक ७, २०८३

एनपिएलमा आज लुम्बिनी र चितवन भिड्दै

 |  बिहीबार, मंसिर ४, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ४, २०८२

काठमाडौं- यहाँ जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ। 

रोहित पौडेलको कप्तानीमा लुम्बिनी मैदानमा उत्रन लागेको हो भने कुशल मल्लको नेतृत्वमा चितवन राइनोजले स्पर्धा गर्दैछ। 

पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको चितवन गति कायम राख्दै प्लेअफ पुग्ने लक्ष्यमा छ। लुम्बिनी सुखद् सुरूआत गर्न चाहन्छ।

गत संस्करणमा लुम्बिनीले सातमध्ये एक खेलमात्र जितेको थियो। चितवन राइनोज गत संस्करण प्लेअफसम्म पगेको थियो।  

गत संस्करणको  लिग चरणमा चितवनविरुद्ध लुम्बिनी  ३३ रनले विजयी भएको थियो। आज उक्त हारको बदला लिने दाउमा चितवन रहनेछ भने लुम्बिनी अर्को जित हात पार्ने लक्ष्यमा छ।

प्रकाशित: Nov 20, 2025| 07:38 बिहीबार, मंसिर ४, २०८२
प्रतिक्रिया दिनुहोस्

थप समाचार

चर्चामा एनपीएलको तेस्रो संस्करण, दर्शकमा बढदो क्रेज

नेपालको बहुचर्चित क्रिकेट लिग नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करण प्रारम्भ हुने मिति जतिजति नजिकिँदै छ दर्शकहरुमा प्रतीक्षा समाप्तिको व्यग्रता पनि त्यतिकै बढिरहेको छ।