शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सरकारलाई ओलीको प्रश्न : दुर्गा प्रसाईंले सार्वजनिक गरेको भिडिओको जवाफ छ कि छैन?

सरकारलाई ओलीको प्रश्न : दुर्गा प्रसाईंले सार्वजनिक गरेको भिडिओको जवाफ छ कि छैन?

 |  बुधबार, मंसिर ३, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ३, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईंले भएकै भिडिओ सार्वजनिक गरेको दाबी गर्दै तत्काल छाड्न माग गरेका छन्।

बुधबार स्थानीय तहका जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रियामा बोल्दै उनले सरकारसँग दुर्गा प्रसाईँले सार्वजनिक गरेको भिडिओको जवाफ छ कि छैन् भनेर प्रश्न गर्दै जवाफ माग गरे।

उनले भने, ‘दुर्गा प्रसाईँले दिउँसो भिडिओ सार्वजनिक गरे, राति पक्राउ गर्‍यो। म सोध्न चाहन्छु यो सरकारसँग त्यस भिडिओको जवाफ छ कि छैन ? दुर्गा प्रसाईंलाई दिने जवाफ प्रधानमन्त्रीसँग छ कि छैन ? गृहमन्त्रीसँग छ कि छैन?यतिकै पुलिस पठाएर समातेर समस्याको समाधान हुन्छ ? दुर्गा प्रसाईँले सोध्दैनन् होलान् त्यसको जवाफ, अरूले त देशभरीका जनताले दुनियाँले सोध्छन् नि। के हो त्यो एआई त होइन होला ?भएकै भिडियो त देखाएको हो ला नि। मुख बन्द गराएर गिरफ्तार गरेर समस्याको समाधान खोज्ने ? म सरकारलाई भन्छु दुर्गा प्रसाईँलाई तुरुन्तै छोड्नु।’

त्यस्तै उनले मानवअधिकार आयोगले बोलेबापत नै थुन्नु मानवअधिकारको उल्लंघन हो भनिसक्दापनि दुर्गा प्रसाईंलाई नछोडेकोप्रति असन्तुष्टि व्यक्त गरे।

‘मानवअधिकार आगोगले भनिसकेको छ, बोलेबापत नै थुन्नु मानवअधिकारको उल्लंघन हो भनेर। सरकारलाई मानव अधिकारको उल्लंघन गर्ने अधिकार छैन भनेर आयोगले भनिसक्यो बुझ्नुपर्छ सरकारले,’ उनले भने

त्यस्तै उनले ओलीले सरकारले आफ्नो पार्टीलाई सभा, सम्मेलन गर्न नदिएको भन्दै आक्रोस पोखेका छन्।

बाराको सिमरा एयरपोर्टमा पार्टीका महासचिव शङ्कर पोखरेल लगायतका नेताहरूलाई युवा भेलामा जानबाट रोकेको घटनालाई लिएर आक्रोश व्यक्त गरेका हुन्।

उनले भने, बोल्न नदिने, सभा, सम्मेलन गर्न नदिने? सिमरा एयरपोर्ट नै बन्द भयो। गुण्डा भन्दा अलि शब्द नराम्रो होला। ५०÷६० जना मान्छे आएर ढुङ्गामुढा गरेर एयरपोर्ट नै बन्द गराइदिने? अनि सरकार भन्छ चुनाव गर्ने रे। सभा गर्न नदिनेले चुनाव कसरी गर्छ?’

प्रकाशित: Nov 19, 2025| 17:17 बुधबार, मंसिर ३, २०८२
प्रतिक्रिया दिनुहोस्