सोमबार, मंसिर १८, २०८०
  • गृहपृष्ठ
  • भिडियो
  • एमसीसीबारे देउवा, ओली र प्रचण्डबीच छलफल, कर्णालीमा नेकपा एस सत्ताबाहिरै [२०७८-१०-२३]

एमसीसीबारे देउवा, ओली र प्रचण्डबीच छलफल, कर्णालीमा नेकपा एस सत्ताबाहिरै [२०७८-१०-२३]

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले पीडितको गुनासो समयमै सम्बोधन गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएका छन्।
 |  आइतबार, माघ २३, २०७८
averest bankaverest bank

नेपाल समय

नेपाल समय

आइतबार, माघ २३, २०७८

देउवा, ओली र प्रचण्डबीच छलफल
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका प्रचण्डसँग छलफल गरेका छन्। 

sagarmatha cement

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा एमसीसी र स्थानीय तहको चुनावबारे छलफल भएको बताइएको छ। गत असार २९ मा आफू प्रधानमन्त्रीबाट हटेपछि ओली पहिलोपटक बालुवाटार प्रवेश गरेका हुन्। 

आज मात्रै प्रधानमन्त्री देउवा र प्रचण्डले एमसीसीलाई संसद्‍बाट पारित गराउन चार महिनाअघि नै प्रतिबद्धता व्यक्त गरेको पत्र सार्वजनिक भएको थियो।

देउवा र प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेसनलाई संयुक्त रूपमा प्रतिबद्धतापत्र गत सेप्टेम्बरमै पठाएका थिए। पत्रमा फेब्रुअरी २८ अर्थात् आगामी फागुन १६ गतेभित्रै एमसीसी पारित गराउने उल्लेख छ। सोही पत्रबारे स्मरण गराउँदै गएको शुक्रबार एमसीसीले सरकारलाई पत्र पठाएको छ।

शुक्रबार नै उक्त पत्र प्रधानमन्त्री देउवा, अध्यक्ष प्रचण्ड र एमसीसी परियोजना अघि बढाउन गठन गरिएको एमसीए नेपालका अध्यक्ष एवं अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी समक्ष पुगिसकेको छ। पत्रमा नेपालले प्रतिवद्धता जनाएको समय नजिकिएको उल्लेख गर्दै एमसीसीलाई चाडै अनुमोदन गर्न भनिएको छ।

अनुगमनमा श्रममन्त्री 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले पीडितको गुनासो समयमै सम्बोधन गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएका छन्।

आइतबार काठमाडौंको बुद्धनगरस्थित विभागको कार्यालयमा अनुगमन गर्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगार पीडित व्यक्तिहरुको गुनासो बुझ्न र समस्या समाधानका लागि ढिलो नगर्न विभागलाई निर्देशन दिएका हुन्। विभागका कर्मचारीहरुले पीडितको समस्या समाधानमा चासो नदेखाएको आफूले पाएको भन्दै उनले कर्मचारीहरुले कार्यशैलीमा सुधार गर्न निर्देशन दिए। 

अनुगमनपछि मन्त्री श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशिने श्रमिकलाई सहजीकरण गर्न केही दिनमै श्रमिक सहायता कक्ष सञ्चालन हुने जानकारी दिए। 

मन्त्री श्रेष्ठले वैदेशिक रोजगार विभागको सुधार र पीडितको गुनासो सम्बोधन सम्बन्धी योजना मन्त्रालयमा पेस गर्न विभागलाई निर्देशनसमेत दिएका थिए। 

मनाइयो बसन्तपञ्चमी

आज श्रीपञ्चमी अर्थात् बसन्त पञ्चमी । विद्याकी देवी सरस्वतीको पूजा आराधना गरेर आज देशभरका विभिन्न स्थानमा श्रीपञ्चमी पर्व मनाइएको छ। 

देशका अधिकांश विद्यालयमा सरस्वतीको पूजा, प्रार्थना र अक्षरारम्भ गरी सरस्वतीको आराधना गरिएको छ। यस दिन कापीकलम, किताब, मसी, अक्षर र कागजको पूजा गरिन्छ। संगीत, ज्ञान र विद्याकी देवी सरस्वतीलाई पूजा गरे शुरु गरेका काम सम्पन्न हुने र विद्या, ज्ञान र संगीत प्राप्त हुने शास्त्रमा उल्लेख छ। 

श्रीपञ्चमीका दिन बालबालिकाहरुलाई अक्षारारम्भ गर्ने प्रचलन छ। आफ्ना बालबालिकाहरुलाई सरस्वतीको पूजा आराधना गर्न लगाएर अक्षरारम्भ गर्न अभिभावकहरु मन्दिर पुगेका छन्।

बसन्त पञ्चमीकै दिन काठमाडौंको स्वयम्भूनाथ मन्दिरमासहित देशका विभिन्न शक्तिपीठहरुमा पूजाअर्चना गर्न श्रद्धालुहरुको भीड लागेको छ। 

राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त पञ्चमीकै अवसरमा बसन्तश्रवण गरेकी छन्। काठमाडौंका वसन्तपुरस्थित हनुमानढोकाको नासाल चोकमा उनले बसन्तश्रवण गरेकी हुन्। बसन्तश्रवणमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना पनि सहभागी थिए। 

राजा प्रतापमल्लको पालोदेखि बसन्त श्रवणको परम्परा बसेको विश्वास गरिन्छ।  वसन्त पञ्चमीका दिनबाट बसन्त ऋतु शुरु भएको मानिन्छ।

शाहीले गरे तेस्रो पटक मन्त्रिपरिषद् विस्तार

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। नेपाली कांग्रेस र माओवादी केन्द्रका दुई–दुई जना सांसदलाई मन्त्री बनाउने तयारी भइरहेको मुख्यमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ।

नेपाली कांग्रेसबाट सुर्खेतका यज्ञबहादुर बुढाक्षेत्री र दैलेखका हिमबहादुर शाहीलाई मन्त्री बनाउने तयारी छ। बुढा अघिल्लो सरकारमा पनि सामाजिक मन्त्री थिए भने शाही संसदीय दलका सचेतक हुन्। मुख्यमन्त्री कार्यालयका अनुसार बुढालाई सामाजिक विकास र शाहीलाई आन्तरिक मामिला तथा कानुन मन्त्री बनाउने लागिएको हो।

माओवादीले जाजरकोटका गणेशप्रसाद सिंह र हुम्लाका छिरिङ दमदोल लामा ‘कार्चेन लामा’लाई मन्त्री बनाउने तयारी गरेको छ। सिंह प्रदेशसभाको अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष हुन् भने लामा गैरसंसद हुन्। सिंह ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री र लामा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बन्दैछन्।

सत्तारुढ गठबन्ध दल नेकपा (एकीकृत समाजवादी) सरकारमा मन्त्री पठाउने कि नपठाउने भन्नेमा अन्योलमा छ। समाजवादीले तीन मन्त्रालय नपाएको भन्दै रुष्ट छ। केही दिनअघि केन्द्रीय नेतृत्वले गरेको भागबन्डाअनुसार कांग्रेसले मुख्यमन्त्रीसहित ३, माओवादीले ३ र समाजवादीले २ मन्त्रालय लिने सहमति भएको थियो। तर केन्द्रीय गठबन्धनले गरेको निर्णयप्रति समाजवादी सहमत छैन।

गत कात्तिक १६ गते सरकारको नेतृत्व सम्हालेका मुख्यमन्त्री शाहीले यसअघि कात्तिक ३० गते समाजवादीका चन्द्रबहादुर शाहीलाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री र मंसिर १४ गते माओवादीका विन्दमान विष्टलाई आर्थिक मामिला तथा योजनामन्त्री बनाइसकेका छन्। तेस्रो पटक विस्तार भएपनि कर्णाली क्याबिनेटले पूर्णता नपाउने निश्चित जस्तै छ। 

पार्टीमा असन्तुष्टि छैन : लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र कोही पनि असन्तुष्ट नरहेको दाबी गरेका छन्। आइतबार पार्टीको केन्द्रीय कार्यालयमा आफूले पार्टीको विधान बमोजिम मनोनयन गरेका पदाधिकारीहरुलाई स्वागत गरेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ अध्यक्ष लिङ्देनले पार्टी भित्र कुनै सदस्य पनि असन्तुष्ट नरहेको दाबी गरेका हुन्। निवर्तमान अध्यक्ष कमल थापाले उठाएको विषयमा छलफल भइरहेको भन्दै उनले सो विषयलाई निकट भविष्यमै टुंगोमा पुर्‍याउने बताएका थिए। 

आइतबार मनोनित २४ जना पदाधिकारीमध्ये केही पदाधिकारी भने उपत्यका बाहिर भएकाले उनीहरुले पछि पत्र बुझ्ने पनि अध्यक्ष लिङ्देनले जानकारी दिए। 

मूल्यवृद्धि फिर्ताको माग

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन र स्थानीय चुनावको मिति तत्काल घोषणा गर्न एमाले निकट राष्ट्रिय युवा संघले सरकारलाई दवाव दिँदै आईतबार पनि विरोध प्रर्दशन गरेको छ । 

सिंहदरवार छेउमा कालो बेलुन उडाएर राष्ट्रिय युवा संघ नेपालले मूल्यवृद्धि फिर्ता गर्न र स्थानीय तह निर्वाचनको मिति तत्काल घोषणा गर्न दवाव दिएको हो। संविधान विपरित स्थानीय तहलाई रिक्त बनाउने नियतका साथ सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा नगरेको युवासंघको आरोप छ। 

प्रर्दशनका क्रममा युवा संघ, नेपालमा आबद्ध आधा दर्जन नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारलाई दवाव दिनका लागि मन्त्रीहरुलाई कालो झण्डा देखाउनेलगायत विरोध प्रदर्शनलाई निरन्तरता दिइने युवा संघले बताउँदै आएको छ।

अस्ट्रेलियाको पोल्टामा उपाधि

इंग्ल्यान्डलाई पाँच विकेटले हराउँदै महिला एसेज सिरिजको उपाधि इंग्ल्यान्डले जितेको छ। आइतबार दिउँसो अष्ट्रेलियाको मेलबर्नमा सम्पन्न खेलमा जित निकाल्दै अष्ट्रेलियाले घरेलु मैदानमा सिरिज जितेको हो।

आजको खेलमा टस हारेर ब्याटिङको निम्ता पाएको इंग्ल्यान्डले ४५ ओभर दुई बलमा सम्पूर्ण विकेट गुमाएर १२९ रन बनाएको थियो। १३० रनको लक्ष्यका साथ मैदान पसेको अष्ट्रेलियाले ३५ ओभर दुई बलमै पाँच विकेट बचाएर लक्ष्य पूरा गर्‍यो।

अष्ट्रेलियाको जितमा एल्सी पेरीले ४० रन बनाइन् भने एलिसा हेलीले २२ रनको योगदान दिइन्। असले गार्डेनसले भने अविजित ३१ रन बनाइन्। त्यसक्रममा इंग्ल्यान्डकी काटी क्रससले दुई विकेट गिराएकी थिइन्।

त्यस्तै, पहिलो पारीमा इंग्ल्यान्डकी सोफी एक्लेस्टोनले ३२ रन बनाइन् भने एमी जोन्सले २८ रनको योगदान दिइन्। इंग्ल्यान्डविरुद्ध अष्ट्रेलियाकी पेरी र ताहिया म्याग्रथले समान ३–३ विकेट गिराउँदा जेस जोनासनले दुई विकेट गिराइन्।

यससँगै तीन खेलको सिरिजमा अष्ट्रेलियाले लगातार दुई जित निकालेर सिरिज कब्जा गरेको हो। तेस्रो खेल मंगलबारका लागि तय भएको छ। 


प्रकाशित: Feb 06, 2022| 20:30 आइतबार, माघ २३, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यसरी तयार हुन्छ रोटे पिङ [भिडियो]

यसरी तयार हुन्छ रोटे पिङ [भिडियो]

रोटे पिङःले गाउँमा रौनक ल्याएको छ।
स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...