मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • एक वर्षभित्र तीनै तहको चुनाव गर्न प्रधानमन्त्री प्रतिबद्ध, लुम्बिनी गठबन्धनमा असन्तुष्टि [२०७८-१०-७]

एक वर्षभित्र तीनै तहको चुनाव गर्न प्रधानमन्त्री प्रतिबद्ध, लुम्बिनी गठबन्धनमा असन्तुष्टि [२०७८-१०-७]

प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्ष भित्रमा तीन वटै तहको निर्वाचन गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्।
 |  शुक्रबार, माघ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ७, २०७८

एक वर्षमा तीनै तहको निर्वाचन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता 

प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्ष भित्रमा तीन वटै तहको निर्वाचन गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्।

शुक्रबार अपरान्ह राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एक वर्ष भित्रमा तीन वटै तहको निर्वाचन गर्न सरकार प्रतिवद्ध रहेको बताए। प्रधानमन्त्री देउवाले संसदमा भएका सबै राजनीतिक दलहरुसँग संवाद र सहमतिका माध्यमबाट संसदको गतिरोध अन्त्य गरी विचाराधीन विषयलाई निस्कर्षमा पु¥याइने पनि स्पष्ट पारे।

प्रधानमन्त्री देउवाले कोरोना भाइरसको जोखिम बढीरहेकोले सबैले जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्दै सुरक्षित जीवन यापनका लागि उनले अपील गरे।सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्डको इमान्दारिता पूर्वक पालना गरी यस रोगको रोकथाम नियन्त्रण, निदान र उपचारमा सरकारलाई सहयोग गर्न प्रधानमन्त्रीको अनुरोध छ। 

प्रधानमन्त्री देउवाले आगामी चैत्र मसान्तसम्म खोप लगाउन यौग्य सबै नेपालीहरुलाई निःशुल्क खोपको पूर्ण मात्रा उपलब्ध गराउने पनि बताए।

फेरि सर्‍यो १६ जिल्लाको कांग्रेस अधिवेशन

सत्तारुढ दल नेपाली कांग्रेसका १६ जिल्लाको अधिवेशन पुनः स्थगित भएको छ। 

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण बढेको भन्दै तत्कालका लागि जिल्ला अधिवेशन स्थगित गरिएको कांग्रेसले जानकारी दिएको हो। नेपाली कांग्रेसले सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुर जिल्ला कार्यसमितिको अधिवेशन गर्न बाँकी छ। यसअघि माघ १५ गतेका लागि तोकिएको थियो। 

यसअघि पनि २७ पुसका लागि तोकिएको जिल्ला अधिवेशन सार्ने निर्णय भएको थियो। कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशन २४–२७ मंसिरमा सम्पन्न भइसकेको छ। 

तर, क्रियाशील सदस्यता विवादका कारण १६ जिल्लामा भने अधिवेशन हुन सकेको थिएन।

यसैबीच नेपाली काँग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य बस्तुहरुको मूल्य वृद्धि तत्काल खारेज गर्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन गरेका छन्। 

शुक्रबार नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थीहरुले काठमाडौंको कोटेश्वर, मिन भवन, माईतीघर मण्डलालगायतका स्थानमा भेला भई पेट्रोलियम पदार्थसहितको दैनिक उपभोग्य बस्तुहरुमा वृद्धि गरिएको मूल्य तत्काल खारेज गर्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन गरेका हुन। 

विरोध प्रर्दशनमा नेपाल विद्यार्थी संघ, अस्कल क्याम्पसका ईकाई समिति, नेपाल कमर्श क्याम्पसका ईकाई समिति, कोटेश्वर बहुमुखी क्याम्पसका इकाई समिति र प्राविधिक विद्यार्थी परिषदले नेतृत्व लिएका छन्। 

भिड रोक्न जोरबिजोर प्रणाली

जिल्ला प्रशासन कार्यालय काठमाडौंले भीडभाडजन्य गतिविधिहरुलाई निरुत्साहित गर्नका लागि सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरिएको बताएको छ।

काठमाडौं उपत्यकाका तिन जिल्लाहरु काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले शुक्रवार रातिदेखि उपत्यकामा चल्ने सवारी साधनहरुमा जोरबिजोर प्रणाली लागु गरेका छन्। 

प्रशासनले दिएको आदेशलाई प्रभावकारी कार्यान्वयनका निम्ति निरन्तर अनुगमन गरिरहेको सहायक प्रजिअ अधिकारीको भनाई छ। आदेशको पालना गर्ने पहिलो जिम्मेवारी र भुमिका नागरिककै हुने भएकाले आदेश पालना गर्न पनि उनले आग्रह गरे। 

उता यातायात व्यवसायीले भने जोरबिजोर प्रणालीले सवारी साधनको संख्या कम हुने भन्दै जोरबिजोर प्रणाली लागू नगर्न सरकारलाई आग्रह गरेको छ। सार्वजनिक सवारीको साटो निजी सवारी साधनलाई रोक्नुपर्ने उनको भनाई छ।

यो प्रणालीले सवारी साधन जरिवानाको निशानामा पर्ने उनले बताएका थिए। 

पर्यटन व्ययसायीहरुले कोरोना महामारीलाई मध्यनजर गर्दै व्यवसायीहरुले सरकारले स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नेगरी व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गरे।

लुम्बिनी सरकार उपलब्धिविहीन

लुम्बिनी सरकार गठन भएको पाँच महिना पूरा भएको छ। यो अवधिमा सरकारको काम भने भद्रगोल  भएका छन्। सरकार कसरी चलाउने हामी देखाउँछौं भनेको गठबन्धन सरकारले पाँच महिना उपलब्धिविहीन भएर बिताएको हो। 

सरकारका कामप्रति सत्तारुढ दल नै सन्तुष्ट छैनन्। सत्तारुढ नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक फकरुद्धिन खानले सरकारको पाँच महिना अपेक्षित हुन नसकेको स्वीकारे। नेपाली कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनले गठबन्धनको सरकार भए पनि मुख्यमन्त्री केसीले एकलौटी गर्दा सरकारले गति लिन नसकेको टिप्पणी गरे। 

जनतासँग जोडिएको विषयमा सरकार मौनप्रायः छ। बरु मुख्यमन्त्री केसी सत्ता टिकाउन जम्बो मन्त्रिमण्डल बनाउन र आफ्ना कार्यकर्ता भर्ती गर्नमै केन्द्रित भएका छन्। मन्त्री केसीले राज्यमन्त्री, सहायक मन्त्री सरहको सुविधा सहित दोभाषे सम्म रहने गरी आफ्नो सचिवालय बनाएका छन्। मुख्यमन्त्री केसीको १९ जनाको सचिवालय छ। 

सरकार टिकाउन जम्बो मन्त्रिमण्डल बनाएर केसी सरकारले रेकर्ड नै तोडेको छ। १७ सदस्यीय जम्बो मन्त्रिमण्डल बनाएका छन्।

थपिए १० हजार ७०३ संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ६१८ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ८१५ तथा ४ हजार ४७४ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ८ सय ८८ जना गरी १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ भने ७६६ जना निको भएका छन्। शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १० लाख ६ हजार ५९१ पुगेको छ। योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ६३५ पुगेको छ भने ८ लाख १९ हजार ५७५ जना संक्रमणमुक्त भएका छन्। 

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६५ हजार ३७४ जना रहेका छन्। 

सातामा ७३ अंकले बढ्यो नेप्से

पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक ७३.५९ अंकले वृद्धि भएको छ। 

गत साताको बिहीबार अन्तिम कारोबारको दिन परिसूचक १६५.२८ अंकले बढेर २ हजार ८५७.७५ विन्दुमा पुगेर रोकिएको थियो। यो साताको पाँचै दिन कारोबार भएको नेप्से परिसूचक तीन दिन बजार उकालो लाग्दा दुई दिन भने गिरावट आएको छ। 

यो साताको पाँच दिनको कारोबारमा नेप्से परिसूचक ७३.५९ अंकले बढेर २ हजार ९३१.५९ विन्दुमा पुगेर रोकिएको छ। अघिल्लो साता  १६५.२८ अंकले बढेको नेप्से परिसूचक यो साता ७३.५९ अंकले बढेको हो। गत साताभन्दा पछिल्लो यो साता नेप्से परिसूचक गिरावट आएको छ। 

साताको पहिलो दिन शेयर बजार मापक नेप्से परिसूचक आइतबार उच्च अंकले बढेर ४ महिना यताकै उच्च विन्दुमा पुगेको थियो।  

लाहोर विस्फोटमा तीन जनाको मृत्यु

पाकिस्तानको लाहोरस्थित लोहारी गेट क्षेत्रमा भएको शक्तिशाली बिस्फोटमा कम्तिमा तीन जनाको मृत्यु भएको छ। बिस्फोटमा २० जनाभन्दा बढी घाइते भएका छन्।

बिस्फोटपछि साढे १ फिट गहिरो खाडल परेको प्रहरीले जनाएको छ। बिस्फोटको कुनै समूहले जिम्मा लिएको छैन।

बिस्फोटबारे थप अनुसन्धान भइरहेको छ। बिस्फोटपछि सवारीसाधन जलेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएका छन्।

प्रकाशित: Jan 21, 2022| 19:36 शुक्रबार, माघ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।