शनिबार, साउन १२, २०८१
  • गृहपृष्ठ
  • भिडियो
  • लिपुलेक र कालापानीमा पनि गरियो जनगणना, १९ मध्ये १८ सिटमा गठबन्धन विजयी [२०७८-१०-१२]

लिपुलेक र कालापानीमा पनि गरियो जनगणना, १९ मध्ये १८ सिटमा गठबन्धन विजयी [२०७८-१०-१२]

राष्ट्रिय सभाका १९ सदस्यका लागि बुधबार भएको मतदानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।
 |  बुधबार, माघ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १२, २०७८

लिपुलेक र कालापानीमा पनि जनगणना

triton college

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ।

केन्द्रीय तथ्यांक विभागले बुधवार राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नेपालको हालको जनसंख्या सार्वजनिक गरेको हो। सार्वजनिक नतिजा अनुसार नेपालमा पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३११ जना र महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ छ। 

त्यस्तै राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार नेपालमा बसोबास गर्ने परिवारको संख्या ६७ लाख ६१ हजार ५९ रहेको छ भने ती परिवारहरु ५६ लाख ४३ हजार ९४५ वटा घरमा बसेको देखिएको छ। त्यसैगरी प्रतिपरिवार ४.३२ जना सदस्य छन्।

सबैभन्दा धेरै जनसंख्या मधेश प्रदेशमा ६१ लाख २६ हजार २८८ जना छन्। सबैभन्दा कम जनसंख्या कर्णालीमा १६ लाख ९४ हजार ८८९ जना छन्।

Metro Mart
vianet

७७ वटै जिल्लाहरु मध्ये सबैभन्दा धेरै जनसंख्या काठमाडौं जिल्लामा रहेको छ। काठमाडौंको जनसंख्या २० लाख १७ हजार ५३२ रहेको छ। सबैभन्दा कम जनसंख्या रहेको मनाङमा ५ हजार ६४५ रहेको छ। 

जनगणनामा लिपुलेक र कालापानीमा भने भौतिक उपस्थिति विनै जनसंख्याको तथ्यांक समेटिएको छ। भारतीय अवरोधका कारण गणक त्यहाँ पुग्न नसकेपनि वैकल्पिक माध्यमबाट जनगणना गरिएको विभागको भनाइ छ। 

राष्ट्रियसभामा गठबन्धनका १८ र एमालेका १ विजयी

राष्ट्रिय सभाका १९ सदस्यका लागि बुधबार भएको मतदानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। अन्तिम मत परिणाम अनुसार सत्तापक्षीय ५ दलीय गठबन्धनबाट १८ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट एक जना उम्मेदवार विजयी भएका छन्। 

प्रदेश १ मा अल्पसंख्यकतर्फ एमालेका सोनाम ग्याल्जेन शेर्पाले विजयी भएका छन् भने अन्यतर्फ सत्ता गठबन्धनका उम्मेदवार गोपाल बस्नेत विजयी भए। गठबन्धनका बस्नेत र एमालेका गुरु बरालको मतभार बराबर भएपछि गोलप्रथा भएको थियो। गोलाप्रथामा गठबन्धनका बस्नेत विजयी भएका हुन्।

मधेश प्रदेशमा पनि गठबन्धनका उम्मेदवार महिला समूहतर्फ माओवादी केन्द्रकी उर्मिला अर्याल विजयी छन्। अन्य तर्फ पनि गठबन्धनकै उम्मेदवार मोहम्मद खादि सिद्धिकी विजयी भएका छन्। 

वाग्मती प्रदेशतर्फको दुवै सिटमा सत्तारुढ गठबन्धन विजयी भएको छ। निर्वाचन परिणाम अनुसार गठबन्धनमा रहेको नेकपा ९एकीकृत समाजवादीकी गोमादेवी तिमल्सिना महिला कोटा र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल विजयी भएका हुन्।

त्यसैगरी गण्डकी प्रदेशबाट गठबन्धनका तीनै जना उम्मेदवार विजयी भए। महिला कोटामा कांग्रेसकी कमला पन्त, अन्य र दलित कोटाबाट माओवादी केन्द्रका सुरेश आलेमगर र भुवनबहादुर सुनार निर्वाचित भएका हुन्। 

लुम्बिनी प्रदेशमा पनि गठबन्धनका उम्मेदवारहरु नै विजयी भएका छन्। महिलातर्फ एकीकृत समाजवादीबाट पाल्पाकी राजेन्द्र लक्ष्मी गैरै, अन्यतर्फ नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्मा र दलिततर्फ राष्ट्रिय जनमोर्चाका तुलबहादुर विक विजयी भएका हुन्।

कर्णालीबाट पनि गठबन्धनका तीनजनै उम्मेदवार विजयी भएका छन्। एमालेका उम्मदवारलाई पराजित गर्दै अन्यतर्फ एकीकृत समाजवादीका उदय बोहोरा, अपांगरआदिवासीतर्फ माओवादी केन्द्रका नरबहादुर विष्ट र  महिलातर्फ कांग्रेसकी दुर्गाकुमारी गुरुङ निर्वाचित भए। 

सुदूरपश्चिममा पनि गठबन्धनले क्लिनस्विप गर्‍यो। महिलातर्फ नेकपा एकीकृत समाजवादीकी मदन कुमारी शाह, दलिततर्फ एकीकृत माओवादी केन्द्रका जगत पार्की र अन्य समूहबाट नेपाली कांग्रेसका उम्मेदवार नारायणदत्त मिश्र विजयी भए।

संवैधानिक व्यवस्था अनुसार निर्वाचन हुन्छ : सरकार

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले संवैधानिक व्यवस्था अनुसार नै सबै तहको निर्वाचन सम्पन्न गर्ने बताएका छन्।

नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले संविधानमा व्यवस्था भए अनुसार नै स्थानीय तह, प्रदेश र संघको निर्वाचन हुने बताएका हुन्। 

बुधबार मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले संविधानमा व्यवस्था भए अनुसार सबै तहको निर्वाचन समयमै सम्पन्न गराउन सरकारले त्यससँग बाझिएका कानुनहरु संशोधनका लागि कानुनविद्हरुसँग छलफल गरिसकेको उल्लेख गरे। 

मन्त्री कार्कीले संसद अवरुद्ध नगर्न पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई पुनः आग्रह गरे। एमालेजस्तो प्रजातन्त्रमाथि विश्वास गर्ने पार्टीले जनताको सार्वभौम अधिकार प्रयोग गर्ने थलो संसदलाई अवरुद्ध पार्न नहुने उनको भनाइ छ। 

यस्तै सरकारले चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउने निर्णय भएको समेत उनले जानकारी दिए। 

उता सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको चुनाव संविधान र कानूनअनुरुप हुनुपर्ने बताएका छन्। 

बुधबार पार्टी कार्यालय शान्तिनगरमा विभिन्न पार्टीबाट आएका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष नेपालले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन संविधानलाई सर्वोपरि राखेर सम्पन्न गर्नुपर्ने बताएका हुन्। उनले सत्तारुढ दलहरुबीच एकैपटक तीन वटा तहको निर्वाचन गराउन सके खर्च कम लाग्ने भएकोले विज्ञहरुसँग बिस्तृत छलफल गरिरहेको बताए। 

अध्यक्ष नेपालले राष्ट्रियसभाको १९ सिटको जितले अन्य चुनावमा पनि तरंग पैदा गर्ने दाबी गरेका थिए। 

भन्सार दिवसको कार्यक्रममा अर्थमन्त्री

अर्थमन्त्री जनार्दशन शर्माले भन्सारलाई स्वचालित प्रणालीमा विकास गनुपर्ने बताएका छन्।

७० औँ भन्सार दिवसको अवसरमा सबै भन्सार कार्यालयहरुमा डिजिटल भुक्तानी कारोबारको उद्घाटन गर्दै भन्सारमा नयाँ–नयाँ प्रविधि जोड्दै आगामी दिन भन्सारलाई स्वचालित प्रणालीमा विकास गर्ने बताएका हुन्। उनले भन्सार विन्दु र बजारको विन्दु दुबै सुधार गर्नु पर्ने अहिलको आवश्यकता भएको बताउका छन्।

अर्थमन्त्री शर्माले भन्सारमा राजश्व चुहावट र तस्करी नियन्त्रण गर्नु सरकारको लागि मुख्य चुनौती रहेको बताए। उनले  राजश्व चुहावट र तस्करी नियन्त्रणको लागि भन्सार विभागले मात्रै गर्न नसक्ने भएकाले राज्यका सबै संयन्त्र लाग्नुपर्ने उनको भनाइ छ। 

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासीनीले भन्सार कार्यालयहरुमा डिजिटल भुक्तानीको शुरुवात भन्सार सम्बन्धि महत्वपूर्ण माइलस्टोन भएको बताएका थिए। 

त्यस्तै भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले भन्सारको इतिहासमा पुरानो परम्परागत प्रणलीबाट डिजिटल भुक्तानी शुरुवात भएकाले सुनौलो दिन भएको बताए। 

प्रलोभन देखाएर अलपत्र पार्ने म्यानपावर र दलाललाई कारबाही हुन्छ : श्रममन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारीको प्रलोभन देखाएर अलपत्र पार्ने म्यानपावर कम्पनी र दलालहरुलाई कानून बमोजिम कारबाही गर्ने प्रतिवद्धता जनाएका छन्। 

बुधवार न्यूज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा मन्त्री श्रेष्ठले रोजगारीको प्रलोभन देखाएर अलपत्र पार्ने म्यानपावर कम्पनी र दलालहरुलाई कानून बमोजिम कारबाही गर्ने प्रतिवद्धता जनाएका हुन। उनले पछिल्लो समय रोजगारीको प्रलोभन देखाएर दलालहरुले विभिन्न देशमा पुर्‍याई नेपाली युवाहरुलाई अलपत्र पार्ने क्रम बढेको भन्दै त्यसतर्फ सचेत रहन पनि आग्रह गरे। मन्त्री श्रेष्ठले ठगीमा परेका नागरिकहरुले आफ्ना गुनासोहरु सिधै मन्त्रालयको सचिवालयमा फोन गरेर टिपाउन पनि आग्रह गरेका छन्। 

मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीमा जानेहरुले प्रचलित कानून बमोजिम श्रम स्वीकृति लिएर मात्र जान पनि आग्रह गरेका छन्।  

थपिए ८ हजार ४५४ संक्रमित

पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ भने आठ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार २० हजार ३५९ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार ४५४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हो। 

पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ भने ४ हजार ४३३ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभरमा ९० हजार ६७ सक्रिय संक्रमित छन्।

नेपाली फुटबलका पूर्वकप्तानविरुद्ध मुद्दा

पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा नेपाली महिला फुटबल टिमका पूर्वप्रशिक्षक हरि खड्काविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। 

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर प्रहरी सहायक निरीक्षक (असई) मा नियुक्त भएको आरोपमा खड्काविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

खड्काले भारतको माध्यमिक शिक्षा परिषद् वाराणसी उत्तर प्रदेशबाट जारी भएको आईएको नक्कली प्रमाणपत्र पेस गरी प्रहरीमा भर्ना भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

 खड्का २०५५ साल कात्तिक १ गते असईमा भर्ना भएका थिए। उनी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान केन्द्रीय खेलकुद गतिविधिमा कार्यरत थिए। खड्का २०५९ साल पुस १४ गते प्रहरी नायब निरीक्षक पदमा बढुवा भएका थिए। अहिले भने उनी सेवानिवृत्त भइसकेका छन्।

उनी गत वर्ष राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को बोर्ड सदस्यसमेत नियुक्त भएका थिए। मन्त्रिपरिषद् बैठकले उनलाई राखेपको सदस्यमा नियुक्त गरेको थियो। खड्का नेपाली राष्ट्रिय महिला फुटबल टिमका पूर्व प्रशिक्षकसमेत हुन्।


प्रकाशित: Jan 26, 2022| 19:38 बुधबार, माघ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।