डेढ महिनापछि १४ पुषमा बोलाइएको प्रदेशसभा बैठक ४० मिनेट बसेर अवरुद्ध भयो। त्यसको भोलिपल्ट १५ पुषमा बोलाइएको अर्को बैठक मुस्किलले पाँच मिनेट चल्यो। प्रतिपक्षी दलका साथै सत्तापक्षका केही सांसदहरुको विरोधपछि...
नेपाल भ्रमण वर्ष २०२० सुरु भएको दोस्रो दिन भारत सरकारका संस्कृति एवं पर्यटन राज्यमन्त्री प्रह्लाद पटेल जनकपुर पुगेका छन्। बिहीबार जनकपुर पुगेका मन्त्री पटेलले जानकी मन्दिरमा पूजाअर्चनासमेत गरेका छन्।
आउँदो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)को नयाँ मिति घोषणा गरिएको छ। काठमाडौंको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिता अब चैत १ देखि १५ गतेसम्म संचालन हुनेछ। नयाँ मिति क्यानले...
घुससहित पक्राउ परेका नेपाल प्रहरीका नायव निरीक्षक र नक्कली शैक्षिक प्रमाण पत्रलबाट जागिर खाने शिक्षकसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
सल्यानमा बन्दुकसहित एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सल्यानले बन्दुकसहित शारदा नगरपालिका १३ स्यानीखालका ४४ वर्षीय देवबहादुर बुढामगरलाई पक्राउ गरेको हो।
सडक दुर्घटनामा परी हाल विराटनगर नसिङ होममा उपचारत रहेका सिराहाका जितेन्द्र कुमार कामतीले एनसेलको ‘रिचार्जमा चमत्कार’ योजनामा नगद पुरस्कार रु. १० लाख जितेका छन् ।