बुधबार, असार ३१, २०८३

ईपीएल नयाँ मितिमा, घरेलु लिग खेलेका विदेशीले स्थान नपाउने

आउँदो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)को नयाँ मिति घोषणा गरिएको छ। काठमाडौंको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिता अब चैत १ देखि १५ गतेसम्म संचालन हुनेछ। नयाँ मिति क्यानले समेत पारित गरिसकेको आयोजकले जनाएको छ।
 |  बिहीबार, पुस १७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १७, २०७६

काठमाडौं - आउँदो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)को नयाँ मिति घोषणा गरिएको छ। काठमाडौंको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिता अब चैत १ देखि १५ गतेसम्म संचालन हुनेछ। नयाँ मिति क्यानले समेत पारित गरिसकेको आयोजकले जनाएको छ।

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै आयोजकले नयाँ घोषाणा गरिएको मिति राखेर आईसीसीलाई प्रतियोगिताको स्वीकृतिका लागि पत्रसमेत पठाइसकिएको जानकारी दिए‍को छ।

यसैबीच आयोजकले सन् २०१८-२० सम्म नेपालको अन्य घरेलु लिगमा सहभागिता जनाइसकेका विदेशी खेलाडीलाई प्रतियोगितामा सहभागी नगराउने भएको छ।

आयोजकले खेलाडी किनबेचको मितिसमेत सार्वजनिक गरेको छ। प्रतियोगितामा सहभागी हुने टोलीहरुले पुष १७ देखि २४ गतेसम्म खेलाडी किनबेच गर्न सक्नेछन्। उक्त मूल्य भने गोप्य राख्नु पर्ने आयोजकले बताएको छ। कुनैपनि खेलाडीलाई यो सिजनका लागि मात्र टिमले भित्र्याउन पाउनेछन्।

आयोजकले ईपीएलको लागि पहिलो श्रेणीको खेलाडीको नामसमेत सार्वजनिक गरेको छ।

जसमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, शरद भेषवाकर, आरिफ शेख, सन्दिप लामिछाने, रोहितकुमार पौडेल, ललित नारायण राजवंशी, कुशल भुर्तेल, सुवास खकुरेल, पवन सराफ, बसन्त रेग्मी, प्रदिप ऐरी, सुसन भारी, अभिनाश बोहोरा र सोमपाल कामी छन्।

पहिलो श्रेणीमा रहेका खेलाडीको न्यूनतम मूल्य दुई लाख रुपैयाँ तोकिएको छ।

प्रकाशित: Jan 02, 2020| 11:59 बिहीबार, पुस १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।