मंगलबार, भदौ २, २०८३

बन्दुकसहित पक्राउ

सल्यानमा बन्दुकसहित एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सल्यानले बन्दुकसहित शारदा नगरपालिका १३ स्यानीखालका ४४ वर्षीय देवबहादुर बुढामगरलाई पक्राउ गरेको हो।
 |  बिहीबार, पुस १७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १७, २०७६

सुर्खेत - सल्यानमा बन्दुकसहित एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सल्यानले बन्दुकसहित शारदा नगरपालिका १३ स्यानीखालका ४४ वर्षीय देवबहादुर बुढामगरलाई पक्राउ गरेको हो।

मानसिक सन्तुलन गुमेका उनले परिवारका सदस्यलाई नै मार्न खोजेपछि नियन्त्रणमा लिएको सल्यानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए। परिवारका अनुसार बुढाको दशदेखि मानसिक सन्तुलन गुमेको छ। ‘दश वर्षदेखि मानसिक सन्तुलन गुमेको छ’, डीएसपी खतिवडाले भने ‘केही समय सुधार केन्द्रमा राखिएको रहेछ पछि घर ल्याइएको रहेछ।’

मानसिक उपचारपछि घर आएका बुढाले फेरि मानसिक सन्तुलन गुमाएको प्रहरीको भनाई छ। मानसिक सन्तुलन गुमेपछि उनी परिवारका सदस्यमाथि नै जाइलाग्न थालेका थिए। पक्राउ परेका बुढाले आफूसँग अन्य बन्दुक पनि रहेको बताएको प्रहरीले जनाएको छ। पक्राउ परेका बुढालाई प्रहरीले सल्यान अस्पतालमा उपचारका लागि भर्ना गरेको छ।

प्रकाशित: Jan 02, 2020| 09:52 बिहीबार, पुस १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।